अन्तर्राष्ट्रिय महोत्सवमा नेपाली चलचित्र ‘आइसक्रिम’

काठमाडौं । केही वर्षयता नेपाली लघु चलचित्रहरू अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा चयनसँगै पुरस्कृत हुँदै आएका छन् । यता संगीता श्रेष्ठको लघु चलचित्र ‘आइसक्रिम’ यतिबेला अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल २०२०’ मा छनोटमा परेको छ ।
यो फेस्टिभल नोभेम्बर ३ देखि ८ सम्म आयोजना हुँदै छ । यो चलचित्र फेस्टिभलको पहिलो दिन नोभेम्बर ३ मा प्रदर्शन हुँदै छ । यो चलचित्र बाल यौनशोषणमाथि आधारित छ ।

कोरोना महामारीका कारण भर्चुअल रूपमा हुने फेस्टिभलमा पहिलो दिन नै आफ्नो चलचित्र प्रदर्शन हुने भएको श्रेष्ठले बताइन् । श्रेष्ठका अनुसार यो चलचित्र अमेरिकाको ‘बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल’, युकेको ‘फस्ट टाइम फिल्ममेकर सेसन्स’, इटालीको इन्टिमलेन्ट फिल्म फेस्टिभल र नेपालको मानवअधिकार फिल्म फेस्टिभल २०२० मा छनोट भइसकेको छ । यद्यपि, पहिलो प्रदर्शन भने अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभलमा हुने भएको हो ।

यसै प्रसंगमा उनले भनिन्, ‘अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शनका लागि छनोट हुँदा एकदम खुसी छु । मैले उठान गरेको विषय संसारभर पुग्दै छ, त्यसैले निकै उत्साहित पनि छु ।’

सडकमा पैसा माग्दै हिँड्ने एक बालिकाको कथा यो चलचित्रमा समेटिएको पनि उनले बताइन् । समाजको अँध्यारो पक्षलाई समेटेर आफूले चलचित्र बनाएको बताउँदै श्रेष्ठ भन्छिन्, ‘यो फेस्टिभलले पनि समाजको अँध्यारो पाटो उजागर गर्ने चलचित्रहरू खोजेको थियो । आइसक्रिमले हाम्रो समाजका छोरीहरू बलात्कार, यौनशोषणमा कसरी पर्छन् भन्ने देखाएको छ ।’

नौ मिनेट लामो चलचित्रमा भूमिका योगिशा खत्रीले मुख्य भूमिका निभाएकी छन् । निर्देशक श्रेष्ठ सञ्चारकर्मी हुन् । उनले चलचित्र ‘कथा काठमान्डू’ निर्देशन गरिसकेकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुढानीलकण्ठ नगरपालिका वडा नं. १० मा नेकपा एमालेका नवराज भट्टराई विजयी