Tuesday, December 1, 2020
Home अन्तराष्ट्रिय बैध भोट मात्रै गनिए आफूले जित्ने ट्रम्पको दावी, अदालतद्वारा उजुरी खारेज

बैध भोट मात्रै गनिए आफूले जित्ने ट्रम्पको दावी, अदालतद्वारा उजुरी खारेज

वासिङटन । अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।

राष्ट्रपतिका उम्मेदवार समेत रहनु भएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न माग गरेकाले विवाद भएको हो ।

पूर्व उपराष्ट्रपति जो वाइडेनले बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मतगणनामा लगातार पछाडि पारिरहनु भएको छ ।

अमेरिकामा अहिलेसम्म ५० मध्ये ४४ राज्यबाट मतपरिणाम आइसकेको छ । निर्वाचनमा धाँधली भएको आरोप लगाउनु भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतबाट मागेको सहारा पनि पाउन असफल भएका छन् । मतगणना तत्काल रोक्न माग गर्दै उहाँले संघीय अदालतमा दिएका उजुरीहरु अदालतले खारेज गरिदिएका छन् ।

ट्रम्पले आफ्नो मतान्तर कम भएका वा बाइडेनले अग्रता लिएका राज्यहरूमा धाँधली र चुनावी अनियमितता भएको आरोप लगाएका हुन् ।

बाइडेन झिनो मतले अगाडि रहेको नेभाडा राज्यमा यसअघिसम्म ट्रम्पको पक्षमा मत आउने आशामा उनका समर्थकहरूले मतगणना रोक्ने माग गरेका थिएनन् ।

ट्रम्पले विस्कन्सिन, मिचिगन, पेन्सिल्भेनिया र जोर्जिआ राज्यहरूमा मतगणनालाई कानुनी चुनौती दिँदै उजुरी दिनुभएको हो ।

उनले लगाएको आरोप पुष्टि गर्नेगरी प्रमाणहरु नपुगेकोले ट्रम्प पक्षधरद्वारा दर्ता गरिएको उजुरी खारेज गरिएको अदालतले जनाएको छ ।

जोर्जिआमा ढिलोगरी आएका ५३ वटा मतपेटिकालाई नोभेम्बर ३ मा भएको निर्वाचनको मतपेटिकासँग मिसाइएको दावीसहित मुद्दा दायर भएको थियो । मिचिगनमा भने मतगणना रोक्न माग गर्दै मत गन्तीको प्रकृयामा पहुँचको माग गरिएको थियो ।

राष्ट्रपति ट्रम्पले पेन्सिल्भेनियामा मतगणना रोक्न गरेको कानुनी अनुरोधलाई पनि अस्वीकार गरिएको छ । राज्यका अधिकारीहरूले रिपब्लिकनलाई मतगणना निरीक्षण गर्न दिइएको बताउँदै एक जना प्रतिनिधिले सामाजिक दूरीको नियम पालना नगरेको बताएका थिए ।

ती राज्यका न्यायाधीशले उजुरी खारेज गरिदिएको र मतगणना रोक्न आवश्यक नभएको फैसला सुनाएका थिए । अदालतले उजुरी खारेज गरिदिएपछि राष्ट्रपति ट्रम्पलाई अर्को धक्का भएको छ ।

राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीले नेभाडाको मतदानमा पनि धाँधली भएको भन्दै उजुरी दर्ता गरेको छ । शुक्रबार दर्ता गरिएको उजुरी ट्रम्पको तर्फबाट अन्य राज्यमा दर्ता गरिएको जस्तै रहेको समाचारमा जनाइएको छ । प्रमाण नदिइएको सो मु्द्दामा क्लार्क काउन्टीमा हुलाकमार्फत् आएका मतपत्र जाँचमा अनियमिता र ३,००० भन्दा बढी फर्जी मतदान भएको दाबी गरिएको छ ।

अमेरिकामा अहिले मतगणना भइरहेका पेन्सिल्भेनिया, नेभाडा, एरिजोना, जोर्जिआ र नर्थ क्यारोलाइनामा स्पष्ट विजेता देखापरिसकेका छैनन् ।

पेन्सिल्भेनियामा मात्र जितेमा वा बाँकी चारमध्ये दुई वटामा मात्र जितेमा पनि बाइडेन राष्ट्रपतिमा निर्वाचित हुनेछन् । ट्रम्पले जित्नका लागि भने पेन्सिल्भेनियासहित बाँकी चारमध्ये तीनवटा राज्यमा जित्नैपर्ने हुन्छ ।

यसअघि ट्रम्पको अग्रता पेन्सिल्भेनियामा खुम्चँदै थियो भने अब अर्को राज्य जोर्जिआमा पनि उस्तै स्थिति देखा परिरहेको छ । अमेरिकामा अहिले मतगणना र मुद्धामामिला भइरहेका बेला दुवै उम्मेदवारले विभिन्न प्रतिक्रिया दिएका छन् ।

यो पनि पढ्नुहोस   कुकुरसँग खेल्दा बाइडेनको खुट्टा मर्कियो

प्रतिस्पर्धामा रहनु भएका वर्तमान राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दावी गर्दै आएका छन् भने अर्का प्रतिस्पर्धी तथा पूर्व उपराष्ट्रपति जो बाइडेनले संयमित हुन सवैलाई आह्वान गरेका छन् ।

राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दावी गरेपछि उहाँका समर्थक र विपक्षी दुवै पक्षले विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् ।

मतदान सकिएपछि पत्रकार सम्मेलनमार्फत पहिलो पटक राष्ट्रपति ट्रम्पले धारणा सार्वजनिक गर्ने क्रममा हुलाक मार्फत गरिएको मतदान एकतर्फी भएको दावी गरेका थिए ।

उनले भने, यदि तपाईँ वैध मतहरू मात्रै गणना गर्नुहुन्छ भने म सजिलै जित्छु । यहाँ धेरै अवैध मतदान भएको छ । मतदानअघि सञ्चार माध्यमहरूले गरेको जनमत सर्वेक्षणलाई राष्ट्रपति ट्रम्पले चुनावी हस्तक्षेपको संज्ञा दिए ।

यसअघि ट्रम्पको चुनावी प्रचार अभियान समूहका एक अधिकारीले सीबीएस टेलिभिजनसँग कुरा गर्दै विजयी भएको बाइडनले घोषणा गर्दैमा राष्ट्रपति ट्रम्पले त्यसलाई नस्वीकार्ने बताएका थिए ।

अन्तिम नतिजा आउनै लाग्दा उनले दिएका अभिव्यक्तिका कारण धेरै अमेरिकीहरुले उनको आगामी कदमको बारेमा आशंका र चिन्ता व्यक्त गरेका छन् ।

अर्का प्रतिस्पर्धी बाइडेनले भने विरोध प्रदर्शनमा उत्रिएका तथा त्रसित र उत्तेजित भएकाहरुलाई संयमता अपनाउन आह्वान गरेका छन् ।

‘लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छ,’ उनले भने, ‘तर प्रक्रियाले काम गरिरहेको छ ।’ प्रत्येक मतको गणना हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘अमेरिकामा मतदान गर्ने काम पवित्र हुन्छ । त्यसलाई मानिसहरुले कसरी व्यक्त गरेका छन भन्ने हेरौँ ।’

मतगणना सकेपछि आफू र आफ्नो समूहकी उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिस विजयी हुने कुरामा “कुनै शङ्का नरहेको” पनि बाइडेनले बताएका छन् ।

त्यस बाहेक अमेरिकामा यसपालि झन्डै १० करोड मतदाताले हुलाकमार्फत अग्रिम मतदान गरेका छन् । त्यसको गणनाका लागि समय लाग्ने भएकाले अन्तिम नतिजा आउन अझै केही दिन लाग्न सक्ने अनुमान गरिएको छ ।

हुलाकबाट आएको मत गणनापछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने छ । तर हुलाकबाट आएको मतले भने नतिजालाई उल्ट्याउने संभावना कम हुने गरेको छ ।

नेपाली समय अनुसार मंगलबार राती अबेरसम्म भएको मतदान सकिएपछि बुधबार बिहानदेखि मत गणना शुरु भई परिणाम सार्वजनिक हुन थालेको हो ।

अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्वका साथ हेर्ने गरिएको छ ।

अमेरिकामा हरेक चार चार बर्षको नोभेम्बरमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने गर्दछ। त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरी २० मा शपथ ग्रहण गर्दै ह्वाईट हाउस प्रवेश गर्ने परम्परा रहेको छ ।

(Visited 119 times, 1 visits today)
Loading comments...

आजको समाचार

चेल्सी र टोटनह्याम बराबरी, युनाईटेडको जीत

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको टोटनह्याम हट्सपर र तेस्रो स्थानको चेल्सीले गोलरहित बराबरी खेलेका छन् । गएराति चेल्सीको मैदानमा भएको लण्डन...

साग आयोजना र पूर्वधारमा चार अर्बभन्दा बढी खर्च

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले झन्डै एक वर्षपछि १३औं दक्षिण एसियाली खेलकुद (साग)को खर्च विवरण सार्वजनिक गरेको छ । राखेप सदस्यसचिव रमेशकुमार सिलवालले...

प्रतितोला ७०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ । यही...

एकता मजबुत हुने आशामा नेकपाका नेता कार्यकर्ता

भजनी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला तल्लो तहका नेता भने अझै पार्टीको आन्तरिक विवादको समाधान हुने आशामा देखिएका...

पहुँचका आधारमा विकास हुँदैन, आवश्यकताका आधारमा हुन्छ : मन्त्री अर्याल

स्याङ्जा । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पहुँचका आधारमा विकास नहुने भन्दै आवश्यकताका आधारमा विकास हुने बताएकी छन् । सोमबार गल्याङ–१...

साताका लोकप्रिय समाचार

भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघ्यो

नयाँदिल्ली । भारतमा शुक्रबार थप ४१ हजार ३२२ जनामा कोभिड–१९ संक्रमण भएपछि कुल संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण...

अलिबाबा सहित ४३ वटा मोबाइल एप्स भारतमा प्रतिबन्धित

नयाँदिल्ली । भारतले मंगलबार ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्धित गरेको छ । प्रतिबन्धित एप्सहरुमा सीमा विवाद जारी रहेका चीनका एप्सहरु पनि रहेका छन् ।...

सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रिया शुरु गर्न निर्देशन दिएका छन् । सरकारी उच्च अधिकारीहरुलाई सोमबार उनले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता...

बायर्न म्युनिख र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा

लन्डन । जर्मनी क्लब बायर्न म्युनिख र इंग्ल्याण्डको म्यान्चेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेका छन् । समुह ‘ए’ को खेलमा...

वर्तमान सरकार देशकै लागि घातक : नेता भण्डारी

जनकपुरधाम । जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीले उतर केहि नदेख्ने तर दक्षिणको कुरालाई राष्ट्रवादको मुद्दा बनाउने वर्तमान संघिय सरकार देशकै लागि घातक रहेको...

ट्रेन्डिङ

निजामती विधेयकको माखेसांलो

एउटा भनाइ छ, राजनीति गर्ने व्यक्ति चलाख हुन्छ तर त्योभन्दा ज्यादा चलाख सरकारी नोकरी गर्ने व्यक्ति हुन्छ । राजनीतिक नेतृत्वले कर्मचारीसँग जबरजस्ती गर्न सक्ला...

नगर प्रमुखलाई हातपात गर्नेलाई रिहाई गर्न माग गर्दै सप्तरी कांग्रेसको प्रदर्शन

राजविराज । आफ्ना निर्दोष कार्यकर्तालाई झुठा मुद्दा लगाई पक्राउ गरिएको भन्दै आईतवार नेपाली काँग्रेस सप्तरीले राजविराजमा विरोध प्रदर्शन गरेको छ ।
यो पनि पढ्नुहोस   कुकुरसँग खेल्दा बाइडेनको खुट्टा मर्कियो

बिहार विधानसभाको चुनाव : एनडिएलाई झिनो अग्रता

पटना । भारतको बिहारमा सम्पन्न विधानसभाको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले अपराह्न सार्वजनिक गरेको विवरणमा भारतीय जनता पार्टी र जनता दल युनाइटेडको...

राष्ट्रकविको निधनकाे खबरले भरियो सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनपछि सामाजिक सञ्जाल राष्ट्रकवि घिमिरेको तस्विरले सजिएकोे छ । सर्वसाधारणदेखी राष्ट्रपति, प्रधानमन्त्री एवं विभिन्न दलका नेताहरुले सामाजिक सञ्जालबाटै राष्ट्रकवि...

अनशनकारीलाई केहि भए जिम्मेवारी प्रधानमन्त्रीले लिनु पर्छ : साझा पार्टी

 काठमाडाैं । कोभिड १९ महामारीको प्रभावकारी व्यवस्थापनको माग गर्दै 'इनफ इज इनफ' अभियान सम्बद्ध युवाहरूकाे दोस्रो पटक अनशनमा साझा पार्टीले एेक्यवद्धता जनाएकाे छ । केही...

प्रदेश ५ लाई हक्कीको उपाधि

विराटनगर ।  दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि प्रदेश ५ ले जितेको छ । नेपाल हक्की संघले विराटनगस्थित शहीद रंगशालामा आयोजना...

धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको काेराेना परिक्षण हुँदैछ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको मृत्युको कारण कोभिड–१९ को परीक्षणपछि मात्र थाहा हुने बताएको छ । मन्त्रालयले आज गरेको नियमित...

कालोबजारी गर्नेलाई कारबाही : मन्त्री भट्ट

काठमाडौं । सरकारले कोरोना भाइसरको त्रास देखाएर उपभोक्ताबाट बढी मूल्य लिने व्यापारीलाई कारबाही गर्ने चेतावनी दिएको छ । बजारमा दैनिक उपभोग्य वस्तु प्राप्त हुँदाहुँदै...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बीर अस्पताल अगाडीको ढलपोखरीले महानगरको इज्जत जाँदैन ? (फोटोफिचर)

काठमाडौं । नेपालकै जेठो अस्पताल बीर अस्पतालको मुख्य गेटवाहिर सडकमा पानीको आहाल (ढलपोखरी) जमेको एक महिना पुग्न लाग्यो । सडकमा फोहोरको पोखरी वनेको दृष्य सामान्य...

इलाममा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

इलाम । इलामको फाकफोकथुम गाउँपालिका ५ लुम्देमा पिकअप दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको अवस्था जटिल...

पशुपतिनाथ पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने

काठमाडौँ । गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य...

थप १ हजार ४७४ जना कोरोना संक्रमित पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा एक हजार ४७४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ९...

भर्खरै

नेकपाको ‘दस्तावेज युद्ध’

मौसम चिसिँदो छ । महामारीको त्रास कायमै छ तर खोपको अनुसन्धान र परीक्षणमा भएको हालसम्मको प्रगतिले आशा जगाएको छ । छिमेकी मुलुकहरू भारत र...

आर्थिक सुशासनलाई कमजोर हुन नदेऊ

‘म पनि भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिने छैन’ भन्ने वर्तमान सरकारको मुख्य नारा थियो । प्रधानमन्त्री ओलीले आर्थिक सुशासनका लागि आफ्ना मन्त्रीहरूलाई...

फराकिलो बन्दै नेपाली कूटनीतिक आयाम

चिनियाँ रक्षामन्त्रीको भ्रमणसँगै नेपाली कूटनीतिक आयाम फराकिलो बन्दै गएको महसुस हुन थालेको छ । यसअघि भारतीय पक्षबाट भएको कूटनीतिक भ्रमणले नेपाल भारतबीचमा उच्चस्तरीय कूटनीतिक...

घरको इज्जत फाली भन्दै छोरीको हत्या गर्ने बाबु आमा पक्राउ

रौतहट । छोरीको हत्या गरेको आरोपमा बाबु आमा पक्राउ परेका छन् । गत कात्तिक २६ गते जिल्लाको माधवनारायण नगरपालिका–७ लौकाहा टोलमा १७ वर्षीया अमृता...

धेरै पढिएका

पार्टी एकताको महत्व र नेकपाको अभिभारा

यतिबेला नेकपाभित्र सैद्धान्तिक, वैचारिक, कार्यशैलीका कारण समस्या उत्पन्न भएको छ । यी समस्यालाई पार्टीको विधि पद्धतिबाट समाधान नगरिँदा असामान्य अवस्था सिर्जना भएको छ ।...

ध्रुव बिस्को ‘झन झन माया’ सार्वजनिक

काठमाडौं । गायक ध्रुव बिस्को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘झन झन माया’ बोलको गीतमा कृष्ण केसीको शब्द तथा गायक बिस्कोको संगीत...

धनुषामा देखियो अनौठो नाग, स्थानीयवासीको भीड

जनकपुरधाम । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकाको पौर्ताहामा नाग (सर्प) फेला परेको छ । नाग हेर्न स्थानीयवासीको भीड लागेको छ । पोर्ताहा ८ स्थित...

विकी कौशलसँग जोडिइन् सारा अली खान

मुम्बई । अभिनेत्री सारा अली खान यतिबेला नयाँ फिल्म ‘द इम्मार्टल अश्वत्थामा’मा नायिकाको रूपमा आबद्ध भएकी छन् । यो फिल्ममा अभिनेता विकी कौशलको जोडी...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)