Friday, June 18, 2021
Home Breaking News नेकपा विवाद : बालुवाटारमा घोचपेच शैलीमा संवाद हुँदा बैठक अनिश्चित

नेकपा विवाद : बालुवाटारमा घोचपेच शैलीमा संवाद हुँदा बैठक अनिश्चित

,

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेको बेला पार्टी बैठक अनिश्चित बनेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीको सचिवालय बैठक बस्न अर्का अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका पाँच नेताले गरेको आग्रहपश्चात् समेत सहमति जुट्न नसक्दा बैठक अनिश्चित बनेको हो ।

अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले सामूहिक रूपमा अध्यक्ष ओलीसँग बैठकका लागि लिखित रूपमै आग्रह गरेका छन् । भेटका क्रममा नेताबीच ‘घोचपेच’ शैलीमै छलफल सुरु भएपछि बैठक बस्ने विषयमा सहमति जुट्न नसकेको नेकपा स्रोतको भनाइ छ ।

शनिबार अध्यक्ष दाहालसहितका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेर लिखित रूपमै बैठकका लागि आग्रह गरेका हुन् । शनिबार र शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अनौपचारिक छलफलपश्चात् अध्यक्ष दाहालसहितका नेताले सामूहिक रूपमै बैठक बस्न आग्रह गर्ने निष्कर्ष निकालेका थिए ।

नेकपा प्रवक्ता श्रेष्ठका अनुसार पार्टी एकताको रक्षा एवं समग्र विषयमा छलफलका लागि सचिवालय बैठक बस्नुपर्ने बताए । अध्यक्ष दाहालसहित सचिवालयका पाँचै जना नेताले सामूहिक रूपमै अर्का अध्यक्ष ओलीसँग भेटेरै बैठकका लागि आग्रह गरिएको उनले बताए ।

गत २६ भदौमा सकिएको स्थायी कमिटीको निर्णय कार्यान्वयनमा समस्या देखिएपछि अध्यक्ष दाहालसहितका नेताले प्रधानमन्त्री ओलीलाई सचिवालय बैठकका लागि दबाब दिएका छन् । आफूविरुद्ध गुटबन्दी भएको बताउँदै ओलीले बैठक बोलाउन नचाहेको बताइएको छ ।

बैठकको आवश्यकताबारे स्पष्ट गर्दै अध्यक्ष दाहालले विगतका कुरासमेत गरेका छन् । भदौमा सम्पन्न स्थायी कमिटीको निर्णय कार्यान्वयन नभएको बताउँदै अध्यक्ष दाहालले यसबीच थप समस्यासमेत भएकाले बैठक बसेर छलफल गर्नुपर्ने मत राखेको नेकपा स्रोतले जनाएको छ ।

‘पार्टीका निर्णय कार्यान्वयनसहित यसबीचमा देखिएका समस्यालगायतका विषयमा छलफल गरौं । बैठक बसौं भनेर मैले भन्दा तपाईं (ओली)ले मान्नुभएन,’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मैले बैठक राख्छु भन्दा तपाईं पार्टी फुटेको मान्छु र अर्को बैठक राख्छु भन्नुहुन्छ । त्यसैले अनौपचारिक बैठक राखें र सबै साथीको सुझावसहित यहाँ आएको छु । म फेरि पनि आग्रह गर्छु, बैठक राखौं र छलफल गरौं ।’

दाहालको आग्रह सुनेपछि ओली पनि आक्रमक रूपमा प्रस्तुत भएको बताइएको छ । ‘तपाईंको कुरा पनि यस्तै हो । सधैँ गुटबन्दी गर्ने र गुटका कुरा सुनेर जालझेल गर्नुहुन्छ । यसरी कसरी हुन्छ ? मैले बैठक नराख्ने कहिले भनेको छु र ? छलफल गरौं । सहमति गरेरै बैठक बसौं,’ ओलीले भने ।

लगत्तै अन्य नेताहरूले ‘आइतबार या सोमबार नै बैठक बसौं’ भनेका थिए । तर, ओलीले भोलि या पर्सि नै नभई छलफल गरेर बस्नुपर्ने जवाफ दिएका थिए । गुटबन्दी गरेको ओलीको भनाइप्रति प्रतिवाद गर्दै अन्य नेताले एकै स्वरमा भनेका थिए, ‘तपाईंले भेला गर्दा हुने, जुम बैठक गर्दा हुने तर अरूले छलफल गर्दा गुटबन्दी हुने ।’

यसअघि दाहालसँगको छलफलमा ओलीले औपचारिक बैठक बोलाए त्यही नै पार्टी विभाजनको बिन्दु हुने चेतावनी दिएपछि सचिवालयका पाँच नेताले सामूहिक रूपमा भेटेका हुन् ।

छलफलका क्रममा वरिष्ठ नेता नेपालले ओलीको कार्यशैलीको विरोध गरेको स्रोतले जनाएको छ । ‘तपाईंकै कार्यशैलीका कारण यति धेरै साथीले विरोध गर्ने ठाउँमा पुगेको हो तर तपाईंले गल्ती स्वीकार गरेर आत्मालोचना नै गर्नु नपर्ने ? तपाईंमा भ्रम छ, सबै राम्रै गरेको छु । आफू ठीक अरू गलत भन्ने भ्रम छ तपाईंमा । अब बैठक राखेर खुला रूपमा छलफल गर्नुपर्छ,’ नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

अर्का वरिष्ठ नेता झलनाथ खनालले पार्टी निर्णय, विधि र प्रक्रियाअनुसार चल्नुपर्ने बताए । पार्टी बैठकका निर्णय नै कार्यान्वयन नहुने, आफूखुसी हिँड्न खोजेकाले समस्या भएको उनले बताए । पार्टी बैठकका निर्णय सबैले कार्यान्वयन गर्नुपर्ने बताउँदै उनले बैठक बस्नमा ढिलाइ नगर्न आग्रह गरे ।

उपाध्यक्ष गौतमले समेत ओलीमाथि आरोप लगाउँदै बैठकमा छलफल र भएका निर्णय मानेर अगाडी बढनुको विकल्प नभएको बताए । विगतका निर्णय कार्यान्वयन नभएको बताउँदै उनले छिटोभन्दा छिटो बैठक बस्नुपर्ने बताए । विगतमा सहयोग गर्दै आएको भए पनि कार्यशैलीमा सुधार आउन नसकिएकाले अब सहयोग गर्न नसकिने गौतमले बताए ।

नेकपाभित्र स्थायी र सचिवालय कमिटीको निर्णय कार्यान्वयन, मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियुक्ति, कर्णाली प्रदेश, पर्साका नेता महेश चौरसिया हत्याकाण्ड, प्रधानमन्त्री ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलसँगको गोप्य भेटघाटलगायतका विषयमा अध्यक्षद्वय ओली र दाहालको मतभेद हुँदा विवाद झन् चर्किएको हो ।

(Visited 142 times, 3 visits today)
Loading comments...

आजको समाचार

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

आरआरआरमा आलियाले पाइन् अहिलेसम्मकै धेरै पारिश्रमिक

  मुम्बई । ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ आम दर्शकका लागि चासोको विषय बनेको छ । कोरोना संक्रमणले फिल्मको सुटिङमै अवरोध भएपछि फिल्म कहिले...

उपभोक्ता ठग्ने ९७ व्यवसायीलाई कारबाही

काठमाडौँ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्ड विपरीतका गतिविधि गरी ठगी गर्ने...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

साताका लोकप्रिय समाचार

डक्टर बन्न पैसा नभएपछि कुटो समाउन पुगेका किसानको कथा

  ३७ वर्षिय रमेश वैद्यको प्राय समय खेतबारीमै बित्छ । सँधै झै हामी पुग्दा भक्तपुरको चाँगुनारायण वडा नम्बर २ स्थित ख्वप एग्रो कन्सर्न एण्ड रिसर्च...

प्रदेश २ मा ३३ अर्ब ७९ करोडकाे बजेट

जनकपुरधाम । प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८÷०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको छ । प्रदेश...

कोरोना संक्रमण दर घटेकै हो त ?

काठमाडौं । पछिल्लो एक साताको संक्रमण दरलाई आधार मान्दा अहिले दैनिक ३ हजार ३ सय ७४ जनामा संक्रमण देखिएको छ । गत बिहीबारदेखि बुधबारसम्म...

चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई...

ट्रेन्डिङ

राजस्व छलीका घटना धमाधम बाहिरिँदै

काठमाडौं । संसद् विघटनपछि मुलुकमा देखिएको राजनीतिक अस्थिरताको मौका छोपेर अहिले विभिन्न व्यापारिक फार्मले राजस्व छली गर्ने क्रम बढाएसँगै १ अर्ब ३४ करोड ९६...

भीमेश्वर मन्दिरमा ४ वटा बोकाको बली, प्रसाद राष्ट्रपतिलाई

दोलखा । भीमेश्वर मन्दिरमा गृहमन्त्रालय र स्थानिय सरकारले चार वटा कालो बोकाको वली पुजा गरी क्षमापूजा गरेका छन् । पूजा गरेको प्रसाद बुधबार राष्ट्रपति...

कोरोनाको उच्च जोखिममा प्रदेश २, सीमावर्ती क्षेत्रका नागरिकलाई सजग हुन आग्रह

जनकपुरधाम । प्रदेश नं २ कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा देखिएको छ । भारतबाट लुकीछिपी प्रवेश गर्ने र कतिपय क्वारेन्टाइनमा नबसी आफ्नो घरमा बस्ने...

बर्दियामा कोरोना संक्रमितको संक्रमितको संख्या १ सय १० पुग्यो

बर्दिया । बर्दियामा पछिल्लो समयमा कारोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण देखिन थालेको हो । बैशाखको...

गोवामा अर्का एक नेपालीको मृत्यु, मृतकको पहिचान हुन सकेन

गोवा । भारतको गोवामा एक नेपाली नागरिक मृत भेटिएका छन् । मृतकको साथबाट बिमल खड्का नाम गरेको भारतीय पहिचान कार्ड फेला परेको छ । सोही...

काेराेना संक्रमणबाट अफ्रिकामा एक नेपाली युवाको मृत्यु

कोरोना संक्रमणबाट अफ्रिकामा एक नेपाली युवाको मृत्यु भएको छ । अफ्रिकाको युगाण्डामा कार्यरत पर्वतका यजेन्द्र (अर्जुन) प्रताप सेन ठकुरीको मृत्यु भएको हाे । विगत १४...

संविधान संसोधन विधेयक दुई तिहाई बढी मतले पारित

काठमाडौं । संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकले उक्त विधेयक दुई तिहाई भन्दा बढी मतले पारित गरेको हो...

एनआरएन यूके अध्यक्ष पदमा रोजीना प्रधान राईले उम्मेदवारी दिने

लन्डन । एनआरएनए यूकेको नयां नेतृत्वका लागि आकांक्षीहरु मैदानमा उत्रने क्रम सुरु भएको छ । सदस्यता आवेदन खुलेपछि सम्भावित उम्मेदवारहरु ‘मेम्बरसीप ड्राइभ’ मा लागिसकेका...

कोरोना बिमामा प्रतिव्यक्ति १ लाख पाइने

काठमाडौं । नेपालमा कोभिड–१९ को संक्रमण बढेसँगै चार साताभित्र ५७ हजार ९ सय जनाले कोरोना बिमा गरेका छन् । गत ४ वैशाखदेखि नेपाल बिमा...

अमेरिकी संसदमा घाइते भएका एक प्रहरीको मृत्यु

वासिङ्टन । अमेरिकी संसद भवनभित्र बुधबार प्रवेश गरेका ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका एक प्रहरीको मृत्यु भएको छ । बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटपूर्ण...

नेकपामा बेथिति : कार्यकर्तामा असन्तुष्टि बढ्दो

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व तहमा नै पार्टी एकताको बाँकी काम टुंग्याउन उदासीनता देखिएको छ । शीर्ष नेताहरू नै शक्ति र...

सीमामा अलपत्र परेकालाई स्वदेश फर्काउन अपिल

जनकपुरधाम । संवैधानिक कानून व्यवसायी मञ्चले कोरोना भइरस (कोभिड —१९) को सम्भावित जोखिम हुन नदिन सरकारले लकडाउन गरेको अवस्थामा सीमामा अलपत्र परेका नागरिकलाई स्वदेश...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)