पार्टीको हित विपरित काम गर्नेलाई ठाउँको-ठाउँ कार्वाही गर्छौं : अध्यक्ष बोगटी

सुर्खेत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटीले सरकार र जनप्रतिनिधिको अनुगमन तथा निगरानी गर्ने भएको छ । नेकपाको दोस्रो पूर्ण बैठकमा स्थानीय र प्रदेश सरकारका ’boutमा कडा आलोचन आउन थालेपछि नेकपाले निगरानी गर्ने भएको हो ।

जनताका गुनासो बढ्दो क्रममा पार्टीमा आएपछि औपचारिक रुपमै दुवै तहका सरकार र जनप्रतिनिधिको निगरानी गर्ने नेकपा कर्णाली प्रदेशका अध्यक्ष गोरख वागटीले बताए । पार्टीले औपचारिक निर्णयबाटै निगरानी समूह गठन गर्ने भएको अध्यक्ष बोगटीले सुनाए । उनले जनताको चाहान विपरित नराम्रा काम गरेको भेटिएमा ठाउँको–ठाउँ कार्वाही गर्ने चेतावनी दिएका छन् ।

गत फागुन ६ र ७ गते प्रदेश विरेन्द्रनगर सुर्खेतमा सम्पन्न प्रदेश कमिटी बैठकले गरेका निर्णय पत्रकार सम्मेलनद्धारा सार्वजनिक गर्दै अध्यक्ष वोगटीले सो कुरा बताएका हुन् । विशेष गरी स्थानीय जनप्रतिनिधिको गुनासो निकै बढी आएको अध्यक्ष बोगटीले बताए । सरकारका गतिविधि जनताका पक्षमा भएको वा नभएको पार्टीको तर्फबाट प्रदेश र स्थानीय सरकारमा सहभागी नेता तथा कार्यकर्ताले राम्रो काम गरेको वा नगरको ’bout निगरानी गर्न समिति गठन गरिने अध्यक्ष बोगटीले बताए ।

जनप्रतिनिधिहरुले जनताको विकास निर्माणभन्दा आफ्नो फाइदा हेर्ने गरेको भन्दै पार्टीको औपचारिक बैठकबाटै कुरा उठेको नेकपाले बताएको छ । सरकार र जनप्रतिनिधिको चर्को आलोचना गरेपछि त्यसको रेखदेख गर्न पार्टीले निगरानी समिति गठन गर्ने अध्यक्ष बोगटीको तर्क छ । ‘हामीले वडास्तरसम्मका सरकारको कामका विषयमा जानकारी लिन निगरानी समिति बनाउनेछौं ।’ प्रदेश अध्यक्ष बोगटीले भने, ‘यसले गर्दा जनप्रतिनिधिले गरेको अनियमिता लगायतका सबै काम कारबाहीको निगरानी तथा नियन्त्रण हुनेछ ।’

जनप्रतिनिधि स्थानीय तहमा आफैँ डोजर चलाउन लागेको, कमिसन खान थालेका भन्ने जनगुनासा आउने गरेको भनाई अध्यक्ष बोगटीको थियो । जनप्रतिनिधिहरुले पार्टी हित विपरीत काम गरे पार्टीबाट निष्कासनसहित जनप्रतिनिधिबाट बर्खास्तसम्मका कारबाही गरिने उल्लेख गरेका बोगटीले भने, ‘पहिलो पटक सम्बन्धित जनप्रतिनिधिलाई कमजोरी सुधार्ने मौकाका लागि चेतवानी दिइनेछ । यदि त्यसले पनि गतिविधिमा नियन्त्रण नभए पार्टीबाट र प्रचलित कानूनअनुसार कारबाहीका लागि प्रक्रिया पार्टीले नै अघि बढाउने छ ।’ प्रदेश कमिटीको बैठकले अनियमितको आरोप लागेका जाजरकोट जिल्लाको जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्ण केसीलाई निलम्बन गरिएको नेकपाले बताएको छ ।

प्रदेश सरकारको तिव्र आलोचना

कर्णाली प्रदेश सरकारका विषयमा अपेक्षा भन्दा धेरै आलोचना भएको नेकपा कर्णाली प्रदेश कमिटिले जनाएको छ । जनअपेक्षा अनुसार काम गर्न प्रदेश सरकारले नसकेको भन्दै पछिल्लो समय बढी नै आलोचना भएको नेपका कर्णाली प्रदेश अध्यक्ष बोगटीले जानकारी दिए ।

‘जनताका अपेक्षा धेरै छन् । त्यसअनुसार प्रदेश सरकारले काम गर्न सकेन भनेर बाहिर हल्ला धेरै छ ।’ सरकारको बचाउ गर्दै उनले भने, ‘यो सरकार जादुको छडीको हैन । सबै काम एकै पटक हुने ।’ कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरु पार्टीका नेताहरु नै भएकाले पार्टीको निर्देशनअनुसार नै काम गर्नुपर्ने दावी गरेका बोगटीले सरकारमा गएका मुख्यमन्त्री, मन्त्रीहरु पार्टीले नै निर्णय गरेर पठाएको अध्यक्ष वोगटीले बताए ।

अहिले सरकारलाई सबै तहका पार्टी नेतृत्वले नजिकबाट सहयोग गर्ने तर पार्टीले दिएको निर्देशनलाई नमाने मुख्यमन्त्री, मन्त्रीदेखि अन्य जनप्रतिनिधिलाई बर्खास्त गर्ने वा सरकार परिवर्तनका विषयमा पार्टीले आवश्यक निर्णय लिने अध्यक्ष वोगटीले सुनाए । पार्टीको दोस्रो केन्द्रीय कमिटीको निर्णय अनुसार, नेकपाको कर्णाली प्रदेश कमिटीले आगामी चैत एक गतेदेखि तीन महिने ‘पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेशका दश वटै जिल्लाका, ७९ वटै स्थानीय तहमा अभियान सञ्चालन गरिने नेकपा प्रदेश कमिटीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 335 times, 1 visits today)

epaper

ताजा समाचार

शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति