दिल्ली पहिलो पटक आइपीएलको फाइनलमा

युएइ । दिल्ली क्यापिटल्स युएईमा जारी इन्डियन प्रिमियर लिग टी ट्वान्टी क्रिकेटको फाइनलमा पुगेको छ । आईपीएलको १३ औं संस्करणमा आइपुग्दा दिल्ली पहिलो पटक फाइनलमा पुगेको हो ।

आबुधाबीमा आइतबार राति भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली फाइनलमा पुगेको हो । अब दिल्लीले उपाधिका लागि साविक विजेता मुम्बई इण्डियन्ससँग भोलि बुधबार खेल्नेछ ।

दिल्लीले दिएको १ सय ९० रनको लक्ष्य हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रनमा सीमित भयो । उसलाई जीतका लागि १७ रन पुगेन ।

हैदराबादका लागि केन विलियम्सनले ६७ रनको अर्धशतकीय इनिङ्स खेले यस्तै अब्दुल समादले ३३ रन जोड्दा राशिद खानले ११ रन बनाए । मनिस पाण्डे २१ रनमा आउट हुँदा प्रियान गार्गले १७ रन बनाए ।

हैदराबादलाई सस्तैमा समेट्न दिल्लीका कागिसो राबडाले ४ विकेट लिए । मार्कुस स्टोनिसले ३ तथा अक्षर पटेलले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवनले ७८ रनको अर्धशतकीय इनिङ्स खेले । शिम्रन हिटमायर ४२ रनमा अविजित रहे । यस्तै मार्कुस स्टोनिसले ३८ रन जोड्दा कप्तान श्रेयस एयरले २१ रन बनाए ।

हैदराबादका जासन होल्डर, सन्दीप शर्मा र राशिद खानले १ १ विकेट लिए । यससँगै दिल्ली आईपीएलको इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 160 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आज पनि विहानैदेखि मान्यजनवाट टीका र जमरा लगाउन जानेहरुको चहलपहल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमाल ७ हजार मतले अगाडी