सृष्टि चप्पल उद्योग सञ्चालनमा

बाजुरा । जिल्लामा पहिलोपटक सृष्टि प्लास्टिक चप्पल उद्योग सञ्चालन आएको छ । उद्योग बडीमालिका नगरपालिका–२ घागरका कर्ण महत र मनबहादुर महतको संयुक्त लगानी र पिसविन बाजुराको सहयोगमा सञ्चालनमा आएको हो । उद्योग सञ्चालनको लागि महत दुवैको ५ लाख र पिसविन बाजुराको १ लाख लागतमा जिल्लामै पहिलोपटक सञ्चालनमा आएको हो ।

हरेक हिसाबले देशकै पुच्छारमा रहेको बाजुरा जिल्लाका जनता पछिल्लो समय व्यवसायी बन्दै गएका छन् । त्यसैको उपज बडिमालिका नगरपालिका–२ घागरमा सृष्टि प्लास्टिक चप्पल उद्योग सञ्चालनमा आएको हो । उद्योगको सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले एक कार्यक्रमका बिज उद्घाटन गरेका हुन् ।

सुरदूरपश्चिम प्रदेश त्यसैमा बाजुरा जिल्ला, विकासको गतिमा योभन्दा अघि ढिलाइ भए पनि अबका युवाको जोस जाँगरले अरू ठाउँको प्रगतिमा टक्कर गर्न सकिन्छ तर पहिला विकासले गति ढिलो लिएका कारण अब छिटो प्रतिस्पर्धामा आउन सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले जोड दिएका छन् ।

उद्घाटन कार्यक्रममा मन्त्री शाहले सातवटा प्रदेशमा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये बाजुरा जिल्लाले अन्य जिल्लाको विकाससँग जोडिन दगुर्नुपर्ने समय आएको बताए । अन्य जिल्लाले ८ घण्टा काम गरे भने बाजुराले १६ घण्टा काम गरे मात्र अरू जिल्लासँगको विकासमा प्रतिस्पर्धा गर्न सकिने बताए ।

जिल्लालाई विकासको मार्गमा लिन विभिन्न उद्योग, व्यवसाय, तालिम र क्षमता अभिवृद्धिका लागि प्रदेश सरकारले प्राथामिकतामा राखेको उनको भनाइ छ । आफ्नो मुख्य उद्देश्य भनेको बाजुरा जिल्लाको गरिबी, अशिक्षा, स्वास्थ्य, कुरीतिविरुद्ध रहेको उनले उद्घाटन कार्यक्रममा भने ।

प्रदेश सरकारका मातहतमा रहेका कर्मचारी तथा कार्यलयलाई यसतर्फ ध्यान केन्द्रित गराएको उनले बताए । दुई जनालाई भए पनि रोजगारी सिर्जना भयो । विदेश धाउनुपरेन लगानीकर्ताले पनि उद्योग स्थापनापछि बाजुराका जनतालाई दुई रुपैयाँ भए पनि सस्तो पर्नेे मन्त्री शाहले विश्वास व्यक्त गरे ।

त्यस्तै, चप्पल उद्योगको शुभकामना दिँदै संविधान सभाका पूर्वसांसद पेम्बा गुरुङ भोटेले युवामा आयातीत सामान बन्द गर्न सक्ने क्षमता रहेको घागरवासीले प्रमाणित गरेको बताए । उनले जिल्लाकै स्थानीय चिजवस्तु सदुपयोग गरी चप्पल उद्योगले बजार लिन सक्नुपर्ने बताए । भोटेले बाजुरा जस्तो दुर्गम स्थानमा उद्योग स्थापना गरेकामा बधाई दिए । चप्पल बजारीकरण गर्न उद्योगलाई बाजुरा सदरमुकाममा स्थापना गरेको भए सुनमा सुगन्ध हुने बताए । बाजुरामा बजार सीमित भए पनि बजारीकरणमा गाह्रो नहुने बताए ।

चप्पल निर्माणका लागि कच्चा पदार्थ बाहिरबाट आउने भए पनि तयारी भने घागरमै हुनेछन् । जसले गर्दा बाजुराको बजारमा चप्पलको माग सम्बोधन हुने र रोजगारी सिर्जना हुने आशा सबैले लिएका छन् । उद्योगको निरन्तरता र व्यावसायिकताका लागि उद्योग वाणिज्य महासंघका जिल्ला उपाध्यक्ष गोरखबहादुर बोहराले पनि शुभकामना दिएका छन् । बेरोजगार युवाका समस्या सम्बोधन गर्दै उनीहरूको आयआर्जनमा विभिन्न खाले टेवा पु¥याइरहेको पिसविन बाजुराद्वारा सञ्चालित युवा सशत्तीकरण बुलगारी परियोजनाले उद्योगका लागि आर्थिक सहयोग गरेको हो ।

जिल्लामा चप्पल बन्ने भएपछि जिल्लावासी तथा स्थानीय खुसी छन् । सबैले चप्पल निर्माण गर्दा लाग्ने कच्चा पदार्थ पनि बाजुराबाटै बनाउँदा राम्रो हुने सुझाव दिएका छन् । पिसविन बाजुरा युवा सशक्तीकरण बुलगारी परियोजनाकले बेरोजगार युवा लक्षित सहयोग कार्यक्रम आयोजना गर्दा युवाहरू उद्योग तथा विभिन्न सीपमूलक काममा सक्रिय छन् ।

तपाइको प्रतिक्रिया
(Visited 320 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीमा गठबन्धनका हेमकर्ण पौडेल विजयी