Monday, January 25, 2021
Home अर्थ अर्थमन्त्री पौडेलले ल्याए सरकारको खर्च घटाउने योजना

अर्थमन्त्री पौडेलले ल्याए सरकारको खर्च घटाउने योजना

अनावश्यक खर्चमा कठोर नीति लिइने

काठमाडौं । फजुल खर्च नियन्त्रण गर्ने नीति लिएको सरकारले ‘सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड–२०७७’ पारित गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा सो मापदण्ड पारित गरेको हो ।

कोरोना महामारीका कारण मुलुकको अर्थतन्त्र समस्यामा परेको भन्दै अर्थमन्त्री विष्णुप्रसाद पौडलको पहलमा सार्वजनकि खर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड अघि बढाइएको हो ।

कोरोना भाइरस संक्रमणको प्रभावका कारण मुलुकको व्यापार व्यवसायमा समस्या परेको, पर्यटन क्षेत्र उठ्नै नसक्ने गरी थला परेको जस्ता जटिलतालाई मध्यनजर गर्दै अर्थ मन्त्रालयले यस्तो मापदण्ड बनाएको हो ।

अर्थमन्त्री पौडेलले कोरोनाले राजस्व आम्दानी घटेको र अन्य दायित्व बढेर आर्थिक स्रोतमा चाप बढिरहेको बेला अर्थतन्त्रलाई सबल बनाई फजुल खर्च घटाउने लक्ष्यसाथ मापदण्ड ल्याइएको र त्यसको सशक्त कार्यान्वयन गरिने बताए ।सरकारले पारित गरेको यो मापदण्डअनुसार अब सबै सार्वजनकि निकायमा कठोरताका साथ फजुल खर्च कटौती गरिनेछ ।

अर्थ मन्त्रालयले तयार पारेको मापदण्डअनुसार सार्वजनिक निकायले वार्षिक स्वीकृत कार्यक्रममा परेकोबाहेक आर्थिक दायित्व सिर्जना हुने विषयमा निर्णय गर्दा वा त्यस्तो विषयमा सरकार, मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्दा अर्थ मन्त्रालयको सहमति लिनुपर्नेछ ।

अब सरकारको स्रोत वा वैदेशिक ऋणबाट खर्च बेहोर्ने गरी वैदेशिक अवलोकन, तालिम वा अध्ययन भ्रमणमा जान पाइनेछैन ।

यसैगरी, सार्वजनिक निकाय तथा सार्वजनिक पद धारण गरेको व्यक्तिले सरकारी कामको सिलसिलामा खर्च गर्दा कार्यालय सामान, मसलन्द, पानी, बिजुली, इन्धनजस्ता खर्चमा मितव्ययिता कायम हुने गरी खर्च गर्नुपर्ने व्यवस्था सो मापदण्डमा गरिएको छ ।

नवनियुक्त अर्थमन्त्री पौडेलले सुधार थालेलगत्तै सेयर बजारमा समेत सकारात्मक प्रभाव परेको छ । मापदण्डअनुसार संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको सहलगानी वा साझेदारीमा सञ्चालन हुने कार्यक्रम वा आयोजनाबाहेकको कार्यक्रम एवं आयोजना सञ्चालन गर्दा एक आपसमा दोहोरो नपर्ने गरी सञ्चालन गर्नुपर्नेछ ।

यदि कुनै कारणले केही कार्यक्रम तथा आयोजना दोहोरो परेको भए सरकारबाट सञ्चालित कार्यक्रम वा आयोजना सञ्चालन गर्ने जिम्मा पाएको सम्बन्धित निकायले अर्थ मन्त्रालयमा लेखी पठाउनुपर्ने व्यवस्था मापदण्डमा गरिएको छ । त्यसैगरी, सार्वजनिक निकायले कार्यालय, कार्यकक्ष वा सरकारी आवासको सजावटसम्बन्धी खर्च गर्नुपर्दा सहरी विकास मन्त्रालयले बनाएको सरकारी आवास वा कार्यालय कार्यकक्ष सजावटसम्बन्धी मापदण्डबमोजिम गर्नुपर्नेछ भने त्यस्तो मापदण्ड तयार नभएसम्म सजावटमा खर्च गर्न पाइनेछैन ।

यस्तो मापदण्डबारे अर्थमन्त्री पौडेलको सचिवालयले उपलब्ध गराएको विवरणअनुसार विकास समिति, आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद् र कम्पनीको पुनरावलोकन गरी कार्य जिम्मेवारीमा दोहोरोपन देखिएका, प्रदेश र स्थानीय तहमा कार्य जिम्मेवारी हस्तान्तरण भइसकेका वा सञ्चालन गरिरहन आवश्यक नदेखिएमा पुनर्संरचना वा खारेज प्रक्रिया अघि बढाइनेछ ।

यसअघि अर्थविद् डा. डिल्लीराज खनालको संयोजकत्वमा रहेको सार्वजनिक खर्च पुनरावलोकन आयोगले समेत सरकारलाई यस्तै प्रकारका सुझव दिएको थियो । सोही सुझावका आधारमा अर्थमन्त्री पौडेलले फजुल खर्च कटौतीको मापदण्ड अघि बढाएका हुन् ।

यो पनि पढ्नुहोस   निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन

यस मापदण्डअनुसार अब सरकारको स्रोत वा वैदेशिक ऋणबाट खर्च बेहोरिने गरी वैदेशिक अवलोकन, तालिम वा अध्ययन भ्रमणमा मनोनयन नगरिने भएको छ । यसैगरी, द्विपक्षीय तथा बहुपक्षीय वार्ता, अन्तर्राष्ट्रिय संगठनबाट आयोजना हुने बैठकमा मुलुकको प्रतिनिधित्व हुनुपर्ने विषय एवं कुनै अत्यावश्यक कामका लागि वैदेशिक भ्रमणमा मनोनयन गर्नुपरेमा अर्थ मन्त्रालयको पूर्वसहमतिमा मात्र मनोनयन गर्नुपर्नेछ । त्यसैगरी, विदेशस्थित गैरसरकारी संस्थाबाट प्राप्त निमन्त्रणाका आधारमा वैदेशिक भ्रमण गर्दा नेपाल सरकारको स्रोतको उपयोग गर्न नपाइने भएको छ ।

यस नयाँ मापदण्डअनुसार निजी सवारी चालक, भान्छे, निजी सहायकलगायतका कानुनबमोजिम प्राप्त हुने सुविधाबापतको रकम सम्बन्धित पदाधिकारीलाई उपलब्ध गराउनुपर्ने अवस्थामा त्यस्तो सुविधाबापतको रकममा सुरु पारिश्रमिकबाहेक महँगी भत्ता, पोसाक, चाडपर्व खर्चलगायत अन्य कुनै प्रकारको सुविधा उपलब्ध नगराइने भएको छ ।

कोरोना भाइसर (कोभिड–१९) को संक्रमण रोकथामका लागि प्रत्यक्ष रूपमा संलग्न भई अग्रपंक्तिमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीबाहेक सार्वजनिक निकायमा कार्यरत पदाधिकारी वा कर्मचारीलाई साविकमा प्रदान गरिँदै आएको पोसाक खर्च, महँगी भत्ता र स्थानीय भत्ताबाहेकका प्रोत्साहन भत्ता, अतिरिक्त समय काम गरेबापतको भत्ता, जोखिम भत्ता, विशेष भत्ता, खाना वा खाजा खर्चलगायतका कुनै प्रकारको भत्ता नदिने व्यवस्था पनि यस मापदण्डमा उल्लेख गरिएको छ ।

यसैगरी, कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीमध्ये कुल कार्यरत संख्याको १० प्रतिशतमा नबढ्ने गरी गत १६ चैतदेखि बन्दाबन्दी कायम रहेको समय गत ६ साउनसम्मको प्रोत्साहन रकम गत १६ चैतको निर्णयअनुसार सुरक्षाकर्मीको जोखिम वर्गीकरणसहितको अभिलेख सम्बन्धित सुरक्षा निकायबाट प्रमाणित गरी प्राप्त भएपछि अर्थ मन्त्रालयले स्रोत उपलब्धताका आधारमा निकासा दिने छ । त्यसमा कुनै पनि बाधा नहुने मापदण्डमा समेटिएको छ ।

यो मापदण्ड कार्यान्वयमा आएको खण्डमा आगामी दिनमा सरकार वा वैदेशिक ऋणको स्रोतबाट सवारी साधन खरिद गरिनेछैन । अत्यावश्यक अवस्था परी कुनै सवारी साधन खरिद गर्नुपर्ने भएमा अर्थ मन्त्रालयको सहमति लिएर मात्र खरिद गर्नुपर्नेछ । सार्वजनिक निकायको पदाधिकारीले एकभन्दा बढी सरकारी सवारी साधन प्रयोग गर्न पाउने छैनन् । हाल उच्च पदका कर्मचारीले एकभन्दा बढी सवारी साधन राख्दै आएका छन् ।

त्यसैगरी, सरकारी घर वा भवन भत्काई नयाँ भवन बनाउनेसम्बन्धी खरिद कार्य गर्दा त्यस्तो घर वा भवन भत्काउने र नयाँ भवन बनाउने दुवै कार्य एउटै प्याकेजमा गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।

(Visited 237 times, 1 visits today)
Loading comments...

आजको समाचार

घर बनाउने सपना बोकेर बिदेशिएका कुर्मी जब बाकसमा फर्किए…

रौतहट । नयाँ घर बनाउने सपना बुन्दै रौतहट बृन्दावन नगरपालिका वाड नं. ४ हर्दियाका ३८ वर्षीय बिरेन्द्र राउत कुर्मी गत सन २०१८ जुलाइमा मलेसिया...

ओली-दाहाल अध्यक्ष र पौडेल महासचिव भएको नेकपा आधिकारिक : प्रमुख निर्वाचन आयुक्त

आयोगले गरेको खास निर्णय के हो ? नेकपाका दुई समूहले आधिकारिता दाबी गर्दै पेस गरेको कागजात अध्ययन गर्दा कानुनी रूपमा दुवै पक्षको दाबी नपुगेकाले दुवै...

नारायण प्रधानको नेतृत्वमा द्वन्द्व कलाकारमा नयाँ नेतृत्व

काठमाडौं । नेपाली चलचित्रमा फाइट आर्टिस्टको रूपमा काम गर्दै आएका द्वन्द्व कलाकारको संस्थाले नयाँ नेतृत्व पाएको छ । द्वन्द्व निर्देशक तथा द्वन्द्व कलाकारहरूको छाता...

इतिहासमा सीमित हुँदै माओवादी

नेपालका कम्युनिस्टहरूको राजनीतिक इतिहासमा धेरै उतारचढाव यसले पार गर्दै गर्दा पटकपटक विभाजित भई नेपालका कम्युनिस्टहरू फुटको पर्याय बनेका छन् । प्रायः सबै साना साना...

फागुनको अन्तिम राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने

स्व देवसुन्दर स्मृति प्रथम राष्ट्रिय भारत्तोलन प्रतियोगिता यही फागुनको अन्तिम सातादेखि राजविराजमा आयोजना हुने भएको छ । भारत्तोलन सङ्घ सप्तरीका अध्यक्ष महेशप्रसाद यादवका अनुसार...

साताका लोकप्रिय समाचार

नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै

काठमाडौं । सरकारले १७ र २७ वैशाखमा गर्ने गरी घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सबै सुरक्षा निकायले तयारी अघि बढाएका छन् । निर्वाचनका लागि नेपाल...

सुनसरीमा सवारी दुर्घटनामा ४ जनाको मृत्यु

इटहरी । सुनसरीमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सुनसरीको दुहवी १० मा माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ...

टेलिकमको कर्मचारी हुँ भन्दै ब्याट्री चोर्ने पक्राउ

सप्तरी, राजविराज । नेपाल टेलिकमको टावरमा जडान गरिएको ब्याट्रि लगायतका महँगो उपकरण लगेर बिक्रि गर्ने धन्दामा संलग्न तथा मोटरसाइकल लुटपाटमा संलग्न दुईसहित ६ जनालाई...

लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

चौंथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले जितका लागि ६३ रनको लक्ष्य पाएको छ । सुदूरपश्चिम प्रदेशले पहिला ब्याटिङ गर्दै ६२...

घमिरको वडा कार्यालयमा तेस्रो पटक तोडफोड

गुल्मी । गुल्मीको मालिका गाउँपालिका –७ घमिरको वडा कार्यालयमा तेस्रो पटक तोडफोड भएको छ । सिसिटिभिको भिडियोअनुसार बुधबार राति १० बजेर १९ मिनेटमा एकजना...

ट्रेन्डिङ

उपत्यका वरिपरी ५ लाख पर्यटक अट्ने पूर्वाधार तयार गर्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले काठमाडौ उपत्यका वरिपरी पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल...

नपोली कोपा इटालिया च्याम्पियन

रोमा । चिरपरिचित प्रतिद्वन्द्वी युभेन्टसलाई पराजित गर्दै नपोलीले कोपा इटालिया च्याम्पियन बनेको छ । रोमामा बुधबार राति भएको फाइनलमा युभेन्टसलाई पेनाल्टी सुटआउटमा ४–२ ले...

कसलाई अख्तियारको आयुक्त बनाउने ?

संवैधानिक परिषद्ले लामो समयदेखि विभिन्न संवैधानिक निकायका पदाधिकारी नियुक्त गर्न नसक्दा ती निकायले प्रभावकारी रूपमा काम गर्न सकिरहेका छैनन् । सत्तारूढ दल नेकपामा लामो...

सबै उडान जेठ मसान्तसम्म बन्द

काठमाडौं । सरकारले आन्तरिक तथा बाह्य हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । यसअघि १८ जेठसम्म बन्द गर्ने निर्णय गरिएकामा पुनः...

हेम र जमुनाको नयाँ तीज भाका

काठमाडौं । गायक हेम श्रेष्ठले विगतका वर्षझैं यसपटक पनि तीजलाई लक्षित गरेर नयाँ तीज भाका बजारमा ल्याएका छन् । यसपटक गायिका जुमना श्रीपालीसँग हेमले...

सैनिकलाई दशैं बिदा : आफ्नै जहाज र बसमा घरसम्मै पुर्याइने

काठमाडौं । कोरोना महामारी सुरु भएपछि सैनिकलाई बिदा रोक लगाएको नेपाली सेनाले सकेसम्म कम जनशक्तिलाई आवश्यकता हेरेर दशैंमा आफ्नै जहाज, हेलिकप्टर र बस मार्फत...

गुण्डा नाईके रमेश बाहुनलाई १० वर्ष कैद

काठमाडौं । गुण्डा नाइके सुजन पौडेल रमेश बाहुनलाई १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सजायको फैसाला भएको छ ।
यो पनि पढ्नुहोस   प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन

खेलअघि मैत्रीपूर्ण खेल्न अनुमति

लन्डन । कोरोना महामारीपछि झन्डै तीन महिनापछि सुरु हुन लागेको इंग्लिस प्रिमियर लिग पुनः सुरु हुनुअघि प्रिमियर लिग आयोजकले इंग्लिस प्रिमियर लिगको खेलअघि क्लबलाई...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी : गृहमन्त्री

मान्म । गृहमन्त्री रामबहादुर थापाले विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालिकोटमा गरेको जनसभालाई सम्बोधन...

प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आज सिंहदरबारस्थित कार्यकक्षमा ध्यानाकर्षण पत्र लिएर आएका अन्तरपार्टी...

थप ३३९ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौँ । गत २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३९ जना थपिएसँगै हालसम्म कोरोना सङ्क्रमित...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेको नेपाली कांग्रेसले जनाएको छ । फरक...

भर्खरै

विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी : गृहमन्त्री

मान्म । गृहमन्त्री रामबहादुर थापाले विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालिकोटमा गरेको जनसभालाई सम्बोधन...

प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आज सिंहदरबारस्थित कार्यकक्षमा ध्यानाकर्षण पत्र लिएर आएका अन्तरपार्टी...

घर बनाउने सपना बोकेर बिदेशिएका कुर्मी जब बाकसमा फर्किए…

रौतहट । नयाँ घर बनाउने सपना बुन्दै रौतहट बृन्दावन नगरपालिका वाड नं. ४ हर्दियाका ३८ वर्षीय बिरेन्द्र राउत कुर्मी गत सन २०१८ जुलाइमा मलेसिया...

थप ३३९ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौँ । गत २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३९ जना थपिएसँगै हालसम्म कोरोना सङ्क्रमित...

धेरै पढिएका

समुदायमा प्रभावकारी सेवा दिँदै प्रहरी, चुस्त बन्दै सिन्धुपाल्चोकको शान्ति सुरक्षा

सिन्धुपाल्चोक । भौतिक सम्पन्नतासँगै जनशक्तिको पनि व्यवस्थापन हुँदै गएपछि जिल्ला प्रहरी कार्यालयले जिल्लाको शान्ति सुरक्षालाई चुस्त र सुदृढ बनाउँदै लगेको छ । भुकम्पमा ढलेका...

अझै हिउँदे वर्षा भएन

काठमाडौँ । यस वर्ष हिउँदयाममा पानी नपर्दा हिउँदे बालीनालीका उत्पादनमा असर पुग्नेभएको छ । गत वर्षको मङ्सिर, पुस र माघमा वर्षा भएको थियो ।...

सप्तरीमा तीन जना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु

सप्तरी । सप्तरीको बोदे बरसाइन नगरपालिकामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा आज एकको मृत्यु भएको छ । जिल्लाको बिसनपुरबाट बोदे बरसाइनतर्फ जाँदै गरेको...

राजधानीकर्मी चौलागाईसहित तीन पत्रकारलाई सम्मान

दोलखा । भीमेश्वर नगरपालिकाले आफ्नो २५ औँ स्थापना दिवसको अवसरमा ३ जना पत्रकारलाई नगद सहित सम्मान गरेको छ । नगरको विकास निर्माण, सेवा प्रवाह...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 105 times, 3 visits today)