पुनः लकडाउन गरे ठूलो क्षति : वायुसेवा सञ्चालक संघ

काठमाडौं । वायुसेवा सञ्चालकहरूले आगामी तिहार र छठ पर्वपछि काठमाडौं उपत्यकामा पुनः लकडाउन गर्न उपत्यका मेयर फोरमले दिएको सुझावप्रति आपत्ति जनाउँदै फेरि लकडाउन गरिए देशको आर्थिक गतिविधिमा ठूलो धक्का पुग्ने बताएका छन् ।

कोरोना महामारीबाट बच्न यसअघि भएको ६ महिना लामो लकडाउन र निषेधाज्ञाका कारण देशको अर्थतन्त्र धराशायी भएको अवस्थामा तिहार र छठपछि थप लकडाउन गरिएमा मुलुकले थेग्न सक्ने अवस्था नरहेको भन्दै वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)ले आगामी लकडाउनप्रति आफ्नो पूर्ण असहमति रहेको जनाएको हो ।

संघका प्रवक्ता योगराज कँडेलले लकडाउन र निषेधाज्ञा खुकुलो भएपछि पर्यटन, यातायात तथा हवाई सेवालगायत अन्य व्यवसायलाई फेरि ठप्प बनाउने काम न्यायोचित नभएको बताए । सरकारले १ मंसिरबाट सबै प्रकारका पर्यटकीय गतिविधि सुचारु गर्ने निर्णय गरेको छ । यसले पर्यटन, होटेल र हवाई व्यवसायीलाई आशावादी बनाएको भन्दै संघले अहिले होलिडे प्याकेज तथा ट्रेकिङको बुकिङसमेत आउन सुरु भइसकेको जनाएको छ ।

मास्कको प्रयोग, सामाजिक दूरीको ख्याल गर्दै कोरोनाबाट बच्न सकिने भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेलाई भने कारबाहीको दायरामा ल्याउन हवाई व्यवसायीले माग गरेका छन् । लकडाउनका बीचमा समेत संक्रमित बढिरहेको भन्दै संघले लकडाउन मात्र कोरोना नियन्त्रणको उपाय नभएको समेत स्पष्ट पारेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 353 times, 1 visits today)

epaper

ताजा समाचार

श्रीमानले बँदेल नियन्त्रणका लागि राखेको करेन्ट लागेर श्रीमतिको मृत्यु