राजदूत दुबसु म्युजिक भिडियोमा

काठमाडौं । बेलालयका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी दुबसुले म्युजिक भिडियोमा अभिनय गरेका छन् । उनले दुख्ने मुटु…गीतमा अभिनय गरेका हुन् । गायिका अन्जु पन्तको स्वरमा रहेको यो गीतमा आलोकश्रीको संगीत सिर्जना रहेको छ भिडियोमा राजदूत दुबसुसँगै उनकी पत्नीलाई पनि देख्न पाइन्छ । आफ्नै शब्द रहेको यो गीतमा उनकी पत्नी पुनम सुवेदीको अभिनय पनि राम्रो छ ।

भिडियोको छायांकन बेलायतमा गरिएको हो । राजदूत दुबसु दम्पत्तिका अलावा नायिका मिरुना मगर र अभिनेता ध्रुव दत्तको अभिनय यसमा रहेको छ ।

भिडियोको छायांकन सम्पादन र निर्देशन सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका हुन् । यस्तै, भिडियोमा सरदराज आरन, सम्झना आरन, तेजेन्द्र रेग्मी, सुधा शर्मा, राजकुमार गिरीको अभिनय रहेको छ । भिडियोमा अभिनय गर्ने कलाकारहरूमा मिरुना र ध्रुवबाहेकका तीन जोडी नै वास्तविक जोडी हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

epaper

ताजा समाचार

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा