बलात्कार अभियोगमा मजदुर पक्राउ

पोखरा । किशोरी बलात्कार अभियोगमा स्याङ्जा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ जिल्लाको राप्ती गाउँपालिका वडा ७ घर भइ स्याङ्जा बिरुवा गाउँपालिका वडा ३ मा ज्याला मजदुरी गर्ने २१ वर्षीय युवक हुन् ।

उनले गत कात्तिक २८ गते दिउँसो २ बजेको समयमा १४ वर्षीया किशोरीलाई जबर्जस्ती बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी गरेपछि सो अभियोगमा चौधरी पक्राउ परेका हुन् ।

निजलाई जबर्जस्ती करणी मुद्दामा मुद्दा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट थप अनुसन्धानका लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 317 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

पत्रकार संघको संयोजकमा वर्मा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेन शाहले पाए स्थापितले भन्दा १२ सय बढी मत