Saturday, April 4, 2020
Home प्रदेश प्रदेश ४ जनता र जनप्रतिनिधिलाई जोड्दै सकियो ‘जनतासँग जनप्रतिनिधी’

जनता र जनप्रतिनिधिलाई जोड्दै सकियो ‘जनतासँग जनप्रतिनिधी’

बागलुङ । चुनावी एकतासँगै पार्टी एकीकरणमा जुटेको तत्कालीन एमाले र माओवादी केन्द्रबीचको पार्टी एकीकरणले लामो समयसम्म मूर्त रुप लिन सकेन ।

पार्टी एकीकरणले पूर्णता नपाए पनि केन्द्र, प्रदेश र स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वर्चश्व रह्यो । तीनै तहको सरकारमा नेतृत्व गरेको नेकपाको पार्टी संगठन तल्लो तहसम्म गठन नहुँदा पार्टी गतिविधि शुन्य जस्तै भए ।

आफ्नो पार्टीले सरकारको नेतृत्व गरेपनि सरकारका गतिविधि र सरकारका काम जनतासँग पुग्न सकेका थिएन । जनता र जनप्रतिनिधिबीच लामो समय रिक्तता रहयो । यही रिक्तताको बीच जनप्रतिनिधिको चर्काे विरोध हुन थाल्यो, तीनै तहका सरकारले जनताको मर्म नबुझेको होकी भन्ने प्रचार भई रह्यो ।

नेकपाको पार्टी एकताले केन्द्र, प्रदेश र स्थानीय तहमा पूर्णता पाए लगतै तीनै तहका पार्टी कमिटीले वडातहसम्मका गतिविधि तयार गरेर आफ्नो पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई उत्तरदायी बनाउन ‘जनतासँग जनप्रतिनिधि’ अभियान सञ्चालन गरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी बागलुङले पनि जिल्लाको सबै पालिकाको वडा तहमा पुगेर जनताका गुनासा सुन्न र विकास योजना तथा सेवा प्रवाहसम्बन्धी माग सुनवाइका लागि सघाउन थाल्यो ।

नेकपा बागलुङ नगर कमिटीले नगरपालिकाको चौधवटै वडामा ‘जनतासँग जनप्रतिनिधि’ अभियान सम्पन्न गरेको छ । ‘चुनावमा भोट माग्यौँ, आश्वासन बाँड्यौँ, चुनाव भएको पनि दुई वर्ष बितिसक्यो तर जनतामा र गुनासा, आक्रोश बढिरहेको थियो’ नेकपा बागलुङ नगर कमिटीका अध्यक्ष धनबहादुर परिायारले भने’ अभियानले जनता र जनप्रतिनिधिबीच रहेको रिक्तता पुरा गरेको छ ।

अभियानको क्रममा जनताले आफ्ना प्रतिनिधिलाई स्थानीय समस्या, आवश्यक सुझाव तथा माग राखेका थिए । जनप्रतिनिधिलाई जिम्मेवार र उत्तरदायी भएर जनताको सेवामा लाग्ने वातावरण बनाउन पार्टी अभियानले सहजीकरण गरेको अध्यक्ष परियारको भनाई छ । ‘गाउँ नफर्केको, जनतालाई बिर्सेको, सुविधाभोगी भएको, चुनावी वाचाअनुसार काम नगरेको जस्ता आरोप जनप्रतिनिधिमाथि लाग्ने गरेको थियो’, अध्यक्ष परियारले भने । जनताको पीर, मर्का बुझ्न र गुनासा सम्बोधनका लागि अभियान प्रभावकारी बनेको नेकपा जिल्ला सचिव ज्ञामनाथ गेरै ‘अनिल’ ले बताए ।

बागलुङ नगरपालिकासँगै काठेखोला र बडिगाड गाउँपालिकामा पनि उक्त अभियान सञ्चालन भइरहेको उहाँको भनाइ थियो । अभियानमा संघीय, प्रदेश सांसद, स्थानीय तहका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरुको उपस्थितीमा जनताले आफ्ना गुनासो राखेका थिए भने जनप्रतिनिधिले तत्कालीन र दीर्घकालिन रुपमा गर्न सकिने समस्या समाधान र गुनासो सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए ।

‘स्थानीय तहको काम, कारवाहीप्रति जनताको धारणा र गुनासा थाहा पाउने अवसर बन्यो बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले भने– ‘अभियानले जनतासँग खाली रहेको दुरी मेटिएको छ ।’ अभियान स्थानीय तह र जनप्रतिनिधिको विषयमा फैलिएको भ्रमात्मक प्रसारलाई चिर्ने अवसर बनेको उनले बताए ।

‘जनता र जनप्रतिनिधिबीच ठूलो रक्त संचारको काम भयो’ मेयर पौडेलले भने ‘जनताका सुझाव र गुनासोलाई क्रमश पुरा गर्दै लैजाने हाम्रो प्रतिबद्धता छ ।’ अभियानले पार्टीलाई पनि जनस्तरमा स्थापित गर्न सघाउ पु¥याएको नेकपा बागलुङका कार्यालय सदस्य लालबहादुर थापाको भनाई छ ।

उक्त अभियानमा जनताका गुनासा मात्र सुन्ने नभई समाधानका लागिसमेत पार्टीले पहल गर्ने कार्यालय सदस्य थापाले बताए । कार्यक्रममा बढीजसो सडक, खानेपानी, सार्वजनिक निकायबाट हुने सेवा प्रवाहको सुधारजस्ता विषयमा नागरिकले प्रश्न र गुनासा गर्ने उठेको थियो ।

(Visited 111 times, 1 visits today)
Loading comments...

HAMRO PATRO

प्रमुख

नेपालभित्रै पहिलोपटक कोरोना संक्रमित भेटियोे, संक्रमितको संख्या ९ पुग्यो

काठमाडौं । नेपालमा नै बस्दै आएका व्यक्तिमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि विदेशबाट आएका व्यक्तिमा मात्र कोरोना संक्रमण...

अब लकडाउन बढ्छ कि बढ्दैन ? आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकमा मुलुकभर लगाइएको...

कोरोनाबाट भारतमा एकै दिन १६ को मृत्यु, संक्रमणको उच्च जोखिम

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या...

स्वास्थ्य सेवा विभागका महानिर्देशकसँग अख्तियारको सोधपुछ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्यजन्य उपकरण खरिदमा अनियमितता भएको विषयमा छानबिन प्रक्रिया अघि बढाउँदै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठसँग...

भर्खरै

आफ्नो नेतामाथि भएको सांघातिक आक्रमणको नेकपा प्रदेश २ द्वारा भर्तसना

रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ ले पार्टीका रौतहट जिल्ला कमिटी सदस्य रामएकवाल मुखिया...

कोरोना संक्रमित कोरियाली चिकित्सकको मृत्यु

सउल । कोरोना भाइरसबाट संक्रमित एक कोरियाली चिकित्सकको शुक्रबार बिहान मृत्यु भएको छ । दक्षिण कोरियाको थेगुस्थित एक अस्पतालमा कार्यरत...

नेपालभित्रै पहिलोपटक कोरोना संक्रमित भेटियोे, संक्रमितको संख्या ९ पुग्यो

काठमाडौं । नेपालमा नै बस्दै आएका व्यक्तिमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि विदेशबाट आएका व्यक्तिमा मात्र कोरोना संक्रमण...

थप ३ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं । कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेका छन् । आज शनिबार ३ जनामा संक्रमण भएको पुष्टि भएको हो ।...

धेरै पढिएका

ई-पेपर

(Visited 23 times, 1 visits today)