Sunday, May 9, 2021
Home प्रदेश प्रदेश १ उडिरहेको हेलिकप्टरले सामान झारेपछि गठित छानबिन समिति सोलुखुम्बुमा

उडिरहेको हेलिकप्टरले सामान झारेपछि गठित छानबिन समिति सोलुखुम्बुमा

,

सोलुखुम्बु । उडिरहेको हेलिकोप्टरले जस्तापातासहितको सामग्री खसालेको विषयमा अध्ययन गर्न बनेको छानबिन समितिले स्थलगत निरीक्षण गरेको छ । पाइलट गुञ्जमान लामाको नेतृत्वमा गठित तीन सदस्यीय टोलीले आइतबार हेलिकोप्टरमार्फत टाक्सिन्दु पुगेर अवलोकन गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले जानकारी दिए ।

छानबिन समितिका संयोजक लामासहित सदस्य एरोनोटिकल प्राविधिक रिकेश पन्त, कैलाश एयरका सेफ्टी म्यानेजर वरुण ज्ञवाली, प्रहरी नायब उपरीक्षक टेकुनन्द इवा लिम्बु, लुक्ला विमानस्थल प्रमुख इमनाथ अधिकारी, फाप्लु विमानस्थलका प्रमुख प्रकाश शर्मासहितको टोलीले त्यस क्षेत्रको स्थलगत अवलोकन गरेको हो ।

तेञ्जिङ हिलारी विमानस्थल लुक्लाका प्रमुख अधिकारीका अनुसार काठमाडौँबाट हवाई जहाजमार्फत लुक्ला आएको टोलीले घटनास्थल पुग्न कैलाश एयरकै हेलिकोप्टर प्रयोग गरेको थियो । घना जङ्गल भएकाले हेलिकोप्टर अवतरण गर्ने ठाउँ नभएकाले आकाशबाटै जस्तापाता झरेको स्थानको अवलोकन गरेको टोली पुनः लुक्ला फर्केर बसेको छ । टोली आज काठमाडौँ फर्केर केही दिनमा प्रतिवेदन बुझाउने नेपाल नागरिक उड्डयन प्रधिकरणका प्रवक्ता राजकुमार क्षेत्रले जानकारी दिए ।

घटनाको विषयमा आफूहरु गम्भीर भएको भन्दै उनले प्रतिवेदनका आधारमा प्राधिकरणले थप निर्णय गर्ने बताए । बारम्बार यस्ता घटना घट्नुले हवाई उडानको समयमा असुरक्षित महसुस भएको स्थानीयको भनाइ छ । शनिबार सोलुदूधकुण्ड नगरपालिका–१ को टाक्सिन्दुबाट खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ दिङ्बोचेका लागि डोरीमा झुण्ड्याएर निर्माणका सामग्री लाँदै गर्दा केही मिनेटपछि लुङ्दीङ जङ्गलमा झरेको थियो ।

यस विषयमा कैलाश एयर प्रालिका अपरेसन म्यानेजर प्रतापजङ्ग पाण्डले कमजोरीको बचाउ गर्न खोज्दै आफूलाई केही पनि जानकारी नभएको जवाफ दिए । उनले नेपाल बाहिर रहेको भन्दै सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर उपलब्ध गराउने भने पनि अन्तिममा फोनसमेत ‘रिसिभ’ गरेनन् ।

किन झर्छ बारम्बार सामग्री

कैलाश एयरको हेलिकोप्टरले सामान झार्दै उडेको यो पहिलो घटना होइन । यसअघि गत भदौ १९ गते पनि सोही एयरको हेलिकोप्टरले सोलुदूधकुण्ड नगरपालिका–२ फेरामा सिरकको पोकोसहितको सामग्री झारेको थियो । यस विषयमा नियमनकारी निकाय मौन बस्यो ।

विभिन्न सञ्चारमाध्यममा नियमविपरीत हेलिकोप्टर कम्पनीको उडान शीर्षकमा समाचार प्रकाशन प्रसारण भएको भए पनि निमयनकारी निकायले कुनै कदम चालेन । स्थानीय प्रशासनको समन्वयमा सुरक्षा ग्यारेण्टी गरी उडान भर्नुपर्ने हेलिकोप्टरले हाल सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुको एकान्त ठाउँबाट सेवा प्रवाह गरिरहेको छ । यहाँ न त नागरिक उड्डयन प्राधिकरणका कर्मचारी नै पुग्छन् न त प्रहरी प्रशासन नै, त्यसैले के कति कसरी काम भइरहेको छ भन्नेबारेमा यहाँका प्रशासनलाई थाहा हुने कुरा पनि भएन ।

टाक्सिन्दु पुगेएका सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लिम्बुले अव्यवस्थित ढङ्गबाट मालसामान ढुवानी भएको पाइएको बताउनुभयो । उनका अनुसार कार्गो ढुवानीमा प्रयोग गरिने जाली च्यातिएपछि सामग्री खसेको हो । घटनालाई सामान्य रूपमा लिन नहुने भन्दै उनले तत्कालका लागि टाक्सिन्दुको प्रहरीले अनिवार्यरूपमा निगरानी राख्ने बताए ।

प्रहरीले जाँच नगरी कार्गो ढुवानी गर्न नपाउने व्यवस्था गर्न सकिने उनको भनाइ छ । ‘छानबिन समितिको प्रतिवेदन केही दिनमा आउला, त्यो कस्तो आउँछ हेर्न बाँकी छ’, प्रहरी प्रमुख लिम्बुले भने, ‘नागरिक उड्डयनको पाटोबाट गर्ने एउटा होला हाम्रो तर्फबाट तत्काल सुरक्षा समितिको बैठक बसेर निर्णय गर्छौँ ।’ सानो ठाउँमा निर्माणका सामग्री अव्यवस्थित ढङ्गबाट कार्गो ढुवानी भएकाले विमानस्थलबाटै ढुवानी गराउँदा सहज हुने बताइएको छ ।

मनोमानी ढङ्गबाट जथाभावी उडान तथा अवतरण गर्दा गैरकानुनी गतिविधि बढ्ने स्थानीयवासीको भनाइ छ । प्राधिकरण र मन्त्रालयबाट जारी गरिने उडान अनुमतिमा कुन, कुन वस्तु कुन क्षेत्रमा दैनिक कति पटक गर्न पाउने स्पष्ट खुलाएको हुन्छ तर नागरिक उड्डयन प्राधिकरण र स्थानीय प्रशासनको उपस्थितिबिना गरिने ढुवानीले नियमको पालना नगरेको स्पष्ट हुने स्रोतको भनाइ छ ।

(Visited 142 times, 2 visits today)
Loading comments...

आजको समाचार

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

टर्निङ प्वाइन्ट : जो धरहरासँगै पुरिएकी थिइन्

६ वर्ष बितिसक्यो । दिमागबाट ‘त्यो दिन’ मत्थर हुन सकिरहेकै छैन । ‘सपनाको हो कि विपना ?’ बेलाबेला आफैंसँग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । दिदी घुमाउन...

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

साताका लोकप्रिय समाचार

राजनीतिमा सामाजिक–आर्थिक क्षेत्रका सन्दर्भ

नेपालमा विभिन्न समयमा देखापरेका संघर्ष पछि गएर जातीय र धार्मिक आन्दोलन भई पर्वते, नेवार, मधिसेबीच हिन्दू–मुसलमानबीच संघर्षमा परिणत हुन्छ भनी सोच्नुहँुदैन । नेपालको २०३६...

चरम शुल्क असुल्दै निजी अस्पताल

काठमाडौं । गम्भीर प्रकृतिका कोरोना संक्रमित बढ्न थालेको मौका छोप्दै केही निजी अस्पतालले विभिन्न शीर्षकमा चरम शुल्क असुल्न थालेको पाइएको छ । विरामीका आफन्तका अनुसार...

कास्कीमा एकै दिन भेटिए अहिलेसम्मकै धेरै ३१० संक्रमित

पोखरा । कास्कीमा एकै दिन ३ सय १० जना संक्रमित भेटिएका छन् । यो संख्या एकै दिनमा भेटिएका संक्रमितमध्ये उच्च हो । प्रदेश स्वास्थ्य निर्देशनालय,...

झापामा आज मध्यरातदेखी निषेधाज्ञा

दमक । झापामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिएपछि त्यसको नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय झापाले पूर्ण निषेधाज्ञाको आदेश जारी गरेको छ । बुधवार मध्यरातिदेखि...

पौडेल र यादव गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख नियुक्त

काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र...

ट्रेन्डिङ

उपनिर्वाचनका लागि पाँच दल दर्ता

पहिलो क्रमसंख्या एमालेलाई काठमाडौं । राष्ट्रिय सभातर्फको एक पदका लागि ६ जेठमा हुने तय भएको उपनिर्वाचनका लागि पाँचवटा दल दर्ता भएका छन् । बाग्मती प्रदेशतर्फको...

संस्कारविहीन नेता र विकल्परहित राजनीति

सरकारले दुई अध्यादेश जारी गरी खारेजीसमेत गराएपछि नेपालको राजनीति एकपटक तरंगित बन्न पुग्यो । लामो समयदेखि नेपालको राजनीति अस्थिर भइराखेको अवस्थामा स्थिर सरकारको चाहना...

स्मार्ट सिटीको आधार स्तम्भ तयार गर्दै अमरगढी नगरपालिका

डडेल्धुरा । जिल्ला सदरमुकाम रहेको अमरगढी नगरपालिकाले विकासका आधार स्तम्भहरु निर्माण गर्दै गएको छ । अमरगढी नगरपालिका डडेल्धुरा जिल्लाको सदरमुकाम मात्रै नभई सुदूरपश्चिमका ७...

डा. डीआर उपाध्यायको गिनिज अफ वल्डमा नयाँ कीर्तिमानी

काठमाडौं । गीति विधाबाट नेपालको नाममा फेरि एउटा गिनिज अफ वल्र्ड रेकर्ड थपिएको छ । गीत लेखनबाट पहिलोपटक गिनिज अफ वल्र्ड रेकर्ड थपिएको हो...

विकास निर्माणले गति किन लिएन ? समीक्षा गरौँ : मन्त्री पुन

बनेपा । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विकास हुन नसकेको कारण खोज्न आवश्यक रहेको बताएका छन् । जलस्रोत तथा सिँचाइ विभागद्वारा काभ्रेपलाञ्चोकको...

निगमको वाइड बडी जहाज आज अष्टे्लिया उड्दै

काठमाडाैं । चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउदैँ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज अष्टे«लिया उड्दैछ । राष्ट्रिय ध्वजावाहक...

प्रदेश १ मा थपिए ४२ जना काेराेना संक्रमित

मोरङ ।  प्रदेश १ मा बिहिबार ४२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा १३ जना महिला र २९ जना पुरुष छन् । ती...

कीर्तिपुरका चार जनाको आरडिटी पोजेटिभ

कीर्तिपुर । कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा कर्मचारीको आरडिटी परीक्षणमा चार जना पोजेटिभ देखिएको छ । फ्रन्टलाइनमा कार्यरत १३६ जनप्रतिनिधि तथा कर्मचारीको सोमबार र...

राष्ट्रिय गौरवका आयोजनाप्रति प्रधानमन्त्रीको गम्भीर चासो

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको काम प्रभावकारी रूपमा सम्पन्न हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले काममा तीव्रता ल्याउन आफ्ना प्रतिनिधिमार्फत देशव्यापी अनुगमन थालेका छन् ।...

मेलम्चीको पानी आज पूजाआजा गरी टनेलमा राखियो, ७ साउनमा काठमाडौं आइपुुग्ने

काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आज आइतबारबाट टनेलमा पठाइएको छ । विहान साढे ८ बजे मेलम्चीको मुहानमा पूजा गरी पानी टनेलमा हालिएको...

सामाजिक सेवा दिवस मानाइयो

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषद्को सयुंक्त आयोजना तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था संघ (एआइएन) र गैरसरकारी संस्था महासंघको...

पाल्पामा ४८ विद्यार्थी एसइई दिनबाट वञ्चित

रामपुर । चैत ६ गतेबाट १७ गतेसम्म हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिनबाट पाल्पामा ४८ विद्यार्थी वञ्चित हुने भएका छन् । परीक्षा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)