Friday, November 20, 2020
Home अर्थ ५० अर्बको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह खाता खोलिने

५० अर्बको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह खाता खोलिने

व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी

काठमाडौं । सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ । कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढंगले कर्जा उपलब्ध गराउन कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरिएको हो । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट पारित कार्यविधिअनुसार सहुलियत कर्जा उपलब्ध गराई व्यवसायलाई निरन्तरता दिन सरकारले कर्जा प्रवाह गर्न नेपाल राष्ट्र बैंकमा आवश्यक रकमको व्यवस्था गर्नेछ ।

सरकारले राष्ट्र बैंकबाट सञ्चालन हुने गरी राष्ट्र बैंकको बैंकिङ कार्यालयमा ५० अर्ब रुपैयाँको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह शोधभर्ना खाता खोल्नेछ । जसमा नेपाल सरकारले उपलब्ध गराएको रकम, सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेका संस्थाबाट मन्त्रालयको समन्वयमा जम्मा हुने रकम र विदेशी संघसंस्थासँग नेपाल सरकारले गरेको सम्झौताबमोजिम प्राप्त हुने रकम जम्मा गरिने कार्यविधिमा उल्लेख छ ।

मन्त्रालयले खातामा पटक पटक गरी आवश्यकताका आधारमा रकम जम्मा गर्ने, खातामा रहेको रकम प्रयोजन समाप्त भएपछि राष्ट्र बैंकले नेपाल सरकार तथा सम्बन्धित संस्थालाई फिर्ता गर्ने व्यवस्था गरिएको छ ।

कोभिड–१९ बाट प्रभावित भई श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी गर्न नसकी कर्जाको अभावमा उद्योग व्यवसाय सञ्चालन गर्न समस्या परेका घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन व्यवसायलाई सहुलियत कर्जा प्रदान गरिनेछ ।

अति प्रभावित क्षेत्र, मध्यम प्रभावित क्षेत्र र न्यून प्रभावित क्षेत्र गरी कर्जालाई तीन किसिमले वर्गीकरण र सीमा निर्धारण गरिएको छ । जसमा अति प्रभावित क्षेत्रमा श्रमिक र कर्मचारीको वार्षिक पारिश्रमिक तथा सोको ५० प्रतिशत थप गरी कुल रकम वा अधिकतम १० करोड रुपैयाँसम्म रहेको छ ।

यसैगरी मध्यम प्रभावित क्षेत्रमा श्रमिक र कर्मचारीहरूको वार्षिक पारिश्रमिक तथा सोको ५० प्रतिशत थप गरी कुल रकम वा अधिकतम ७ करोड रुपैयाँसम्म रहेको छ । न्यून प्रभावित क्षेत्रमा श्रमिक र कर्मचारीहरूको वार्षिक पारिश्रमिक तथा सोको ५० प्रतिशत थप गरी कुल रकम वा अधिकतम ५ करोड रुपैयाँसम्म रहेको छ । यसरी प्रवाह गरिने कर्जाको ५ प्रतिशत अति प्रभावित क्षेत्रमा, ३० प्रतिशत मध्यम प्रभावित क्षेत्रमा र २० प्रतिशत न्यून प्रभावित क्षेत्रमा प्रवाह गरिने पनि कार्यविधिमा उल्लेख छ ।

राष्ट्र बैंकले कर्जा सुविधा दुरुपयोग गर्नेे व्यवसायीलाई सबै प्रकारको बैंकिङ सुविधाबाट वञ्चित गराउन वा कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रमा लेखी पठाउन सक्ने व्यवस्था कार्यविधिमा उल्लेख

कार्यविधिअनुसार यसरी प्रवाह गरिने कर्जाको ब्याजदर पहिलो वर्षका लागि पाँच प्रतिशत र दोस्रो वर्षका लागि ६ प्रतिशत कायम गरिएको छ । यसैगरी कर्वा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाहरूलाई पहिलो वर्ष दुई प्रतिशत र दोस्रो वर्ष तीन प्रतिशत ब्याजदरमा खाताबाट रकम उपलब्ध गराइनेछ । यस खातामा सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेको संस्थाबाट लिने रकमका लागि त्यस्तो संस्थालाई बढीमा पाँच प्रतिशत ब्याज उपलब्ध गराइनेछ । यस्तो खाताबाट प्रदान गरिने भुक्तानी अवधि बढीमा दुई वर्षको हुने कार्यविधिमा उल्लेख छ ।

कार्यविधिअनुसार व्यवसाय कोभिड–१९ बाट प्रभावित भएको, सरकारको कुनै निकायमा दर्ता भई प्रमाणपत्र प्राप्त गरेको र नियमित नवीकरण भएको, श्रमिक वा कर्मचारी संख्या न्यूनतम पाँच जना भएको, श्रमिक वा कर्मचारीलाई आर्थिक वर्ष २०७६÷०७७ को श्रावणदेखि फागुन मसान्तसम्म नियमित ज्याला वा तलब भुक्तानी गरेको र प्रचलित कानुनबमोजिम अग्रिम आयकर कट्टी गरी दाखिला गरेकालाई कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरेको छ । सरकारी निकाय, बैंक तथा वित्तीय संस्थाहरू र दातृ निकायबाट सहुलियत ब्याजदरमा कर्जा वा सहायता उपभोग गरिरहेका ऋणीहरू यो कार्यविधिबमोजिम प्रदान गरिने कर्जाका लागि योग्य हुनेछैन ।

यो पनि पढ्नुहोस   सेयर खरिदबिक्रीमा ऐतिहासिक कीर्तिमान, ६ अर्व ११ करोडको कारोबार

कार्यविधिअनुसार कोभिड–१९ बाट उद्योग वा व्यवसायमा परेको प्रभाव मूल्यांकन गरी समस्यामा परेका ऋणीको व्यावसायिक आवश्यकता तथा व्यवसायलाई निरन्तरता दिन पुँजीको अभाव, श्रमिक वा कर्मचारीको रोजगारीको निरन्तरता, भविष्यको सञ्चालन सम्भाव्यता, कर्जा फिर्ता गर्न सक्ने व्यावसायिक योजनासमेतका आधारमा बैंक तथा वित्तीय प्राथमिकता निर्धारण गर्नुपर्नेछ ।

व्यवसायीले कर्जाका लागि पेस गरेको निवेदन, पारिश्रमिक रकम प्रमाणित हुने लेखापरीक्षण गरिएको पछिल्लो आर्थिक वर्षको वित्तीय विवरण र आन्तरिक राजस्व कार्यालयमा पेस गरेको आय विवरण, पछिल्लो आर्थिक वर्षको कर चुक्ता वा कर दाखिला प्रमाणपत्र, ऋणीले अन्य इजाजतपत्र प्राप्त संस्थाबाट यस्तो सुविधा नलिएको स्वघोषणा लगायत हेरी इजाजतपत्र प्राप्त संस्थाले व्यवसायीलाई कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था पनि गरिएको छ ।

कर्जाको सदुपयोग भएको नपाइएमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम कारबाही गरिने

इजाजतपत्र प्राप्त संस्थाले निवेदन प्राप्त भएको मितिले १५ दिनभित्र निवेदनको मूल्यांकन गरी कर्जा प्रवाह गरिसक्नुपर्नेछ । कर्जा अस्वीकृत भएमा सोको कारण खुलाई सोही अवधिभित्र निवेदकलाई लिखित जानकारी दिनुपर्नेछ ।

सम्बन्धित व्यवसायीको आफ्ना कर्मचारीलाई कर्जा अवधिभर रोजगारीबाट हटाउन नहुने, कर्जा लिन इच्छुक व्यवसायीले तोकिएको समयभित्र कर्जाका लागि निवेदन दिने, कर्मचारी वा श्रमिकको तलब भत्ता भुक्तानी र व्यवसायको निरन्तरताका लागि बाहेक बोनस, इन्सेन्टिभ, बिदाको रकम भुक्तानी तथा अन्य कर्जाको ब्याज तिर्ने प्रयोजनमा यस कर्जाको रकम खर्च गर्ने व्यवसायीको दायित्व हुनेछ ।

व्यावसायिक निरन्तरता कर्जा प्रवाहका लागि खाता सञ्चालन गर्ने, इजाजतपत्र प्राप्त संस्थाबाट प्रवाह भएको व्यवसाय निरन्तरता कर्जाको शोधभर्ना माग भई आएमा खाताबाट शोधभर्ना रकम उपलब्ध गराउने, प्रवाह भएको व्यवसाय निरन्तरता कर्जाको शोधभर्ना रकमको विवरण मन्त्रालयलाई मासिक रूपमा उपलब्ध गराउने, कार्यविधिको प्रभावकारी कार्यान्वयनका लागि इजाजतपत्र प्राप्त संस्थाको आवश्यक अनुगमन, नियमन, निरीक्षण तथा सुपरिवेक्षण गर्ने काम राष्ट्र बैंकको काम, कर्तव्य तथा अधिकार हुनेछ ।

त्यसैगरी कर्जाको सदुपयोग भएको नपाइएमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम कारबाही गर्ने शोधभर्नाबापतको रकम इजाजतपत्र प्राप्त संस्थालाई भुक्तानी दिन इन्कार गर्ने, शोधभर्ना रकम प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थाबाट अवधि समाप्त भएपछि शोधभर्ना रकम (सावाँ तथा ब्याज) फिर्ता भुक्तानी लिनेछ । व्यवसायीले यस कार्यविधिबमोजिम प्राप्त गरेको कर्जा सुविधा दुरुपयोग गरेको पाइएमा राष्ट्र बैंकले त्यस्तो व्यवसायीलाई सबै प्रकारको बैंकिङ सुविधाबाट वञ्चित गराउन वा कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रमा लेखी पठाउन सक्ने व्यवस्था कार्यविधिमा छ ।

(Visited 1 times, 1 visits today)
Loading comments...

आजको समाचार

तोलामा ७०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ...

‘रोक, हेर र जाउँ’ अभियानः कडाई गर्दै ट्राफिक प्रहरी

काठमाडौं । सवारी चालकलाई शाखा सडकबाट मूल सडकमा सहजै निस्कँदा ‘रोक, हेर र जाउँ’ भन्ने ट्राफिक नियम पालना गराउन कडाइका साथ अभियान थालिएको छ...

सन्दीपले होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने

काठमाडौं । नेपाली क्रिकेटका ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने हुनुभएको छ । होबर्टले आज...

सङ्खुवासभामा अज्ञात समूहले राखेको बम निष्क्रिय

किमाथाङ्का । सङ्खुवासभा, पाँचखपन नगरपालिका–४ फापुङमा अज्ञात समूहले राखेको बम निष्क्रिय गरिएको छ । वाना–खाँदबारी सडकखण्डमा राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी...

थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार १०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ८०५ नमूना परीक्षण गर्दा...

साताका लोकप्रिय समाचार

हुम्लाका शैक्षिक संस्था पुनः बन्द, जिल्ला प्रवेशमा रोक

सिमकोट । बुधबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा...

झुटा आरोपहरु सहन्न : प्रम ओली

आजको सचिवालय बैठकको कारबाही प्रारम्भ हुन्छ । म सबै कमरेडहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु । मैले धेरै भनिरहनु पर्ला जस्तो लाग्दैन बैठक धेरै जटिल...

आज गाई, गोरु र हलि तिहार

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा...

प्रदेश २ मा सरकारीस्तरबाट सार्वजनिक यातायात सञ्चालन हुने

जनकपुर । प्रदेश नं २ सरकारले सरकारीस्तरबाट नै सार्वजनिक यातायात सेवाका रुपमा बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले बस सेवा सञ्चालनका लागि...

पुनः लकडाउन गरे ठूलो क्षति : वायुसेवा सञ्चालक संघ

काठमाडौं । वायुसेवा सञ्चालकहरूले आगामी तिहार र छठ पर्वपछि काठमाडौं उपत्यकामा पुनः लकडाउन गर्न उपत्यका मेयर फोरमले दिएको सुझावप्रति आपत्ति जनाउँदै फेरि लकडाउन गरिए...

ट्रेन्डिङ

अपहरणपछि युवतीकाे हत्या, प्रहरीले जाहेरी लिन मानेन

सुनसरी ।  सुनसरी देवानगञ्ज–४ निवासी जयशङ्कर महतोले आफ्नी छोरीको हत्या भएको तर प्रहरीले जाहेरी लिन नमानेको आरोप लगाएका छन् । उनकी छोरी रिङ्कीकुमारी मेहता...

कोलकाता र पञ्जावको जीत

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति दुई खेल सम्पन्न भए । खेलमा किंग्स ११ पञ्जाव र कोलकाता नाइट राइडर्स विजयी भए ।...

अख्तियार नेकपामुखी भएको भन्दै तरुण दलको प्रदर्शन

जनकपुरधाम । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल धनुषाले बालुवाटार जग्गा प्रकरणमा अख्तियारको भूमिकाको सरकार सम्बद्ध दल नेकपामुखि भएको...

फूलपातीबाट टिभीमा ‘समर लभ’

काठमाडौं । सुबिन भट्टराईको चर्चित कृति ‘समर लभ’ मा आधारित सिनेमा ‘समर लभ’ले यही फूलपातीबाट स्याटालाइट यात्रा थालेको छ । निर्देशक मुस्कान ढकालले फिल्म...

प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने, भोलि अस्पताल भर्ना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुने भएका छन् ।
यो पनि पढ्नुहोस   काभ्रेमा ढुङ्गा उत्खनन गर्न रोक, अनुगमनपछि मात्रै अनुमति

भारतीय सेनाध्यक्ष नरवणे काठमाडौंमा

काठमाडौं । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष नेपालको तीनदिने भ्रमणका लागि बुधबार...

नेपालमा सलह किरा प्रवेश

काठमाडौं । नेपालमा सलह कीरा प्रवेश गरेको आंशका गरिएको छ । तराईका दुई जिल्लामा सलह कीरासँग मिल्दो जुल्दो कीराले बालीमा क्षति पु-याएपछि यसको आशंका...

सलह किरा उपत्यका आउने सम्भावना

ललितपुर । अफ्रिकाबाट भारत र पाकिस्तान हुँदै नेपाल प्रवेश गरेको सलह किरा काठमाडौं उपत्यका आउने संभावना पनि रहेको सरकारी अधिकारीले बताएका छन् । नेपालमा...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

सशस्त्रका २६ उच्चपदस्थ अधिकृतले अवकाश पाउँदै, अवकाशको मुखमा पुगेका चार डीआईजी अझै बाहिनीपति

काठमाडौं । सशस्त्र प्रहरी बलमा केही साताभित्रै एक जना अतिरिक्त महानिरीक्षक (एआईजी)सहित २६ जना उच्चपदस्थ अधिकृतले अनिवार्य अवकाश पाउने भएका छन् । सशस्त्र प्रहरी बलमा...

थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार १०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ८०५ नमूना परीक्षण गर्दा...

देशभर चिसो वृद्धिः काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको...

फाइजर र बायोएन्टेकको खोपले स्वीकृति पाउने !

लन्डन । जर्मनीका दुई उत्पादक कम्पनी फाइजर र बायोएनटेकले कोरोना भाइरसविरुद्ध उत्पादन गरेको खोपले स्वीकृति पाउने सम्भावना बढेको छ । युरोपेली तथा अमेरिकी नियामक...

भर्खरै

प्रचण्डलाई ओलीको चुनौती: आरोप पुष्टि गर्न नसके अध्यक्ष छोड्नुपर्छ

काठमाडौं । सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएको संगिन आरोप पुष्टि गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिएका छन्...

५० अर्बको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह खाता खोलिने

काठमाडौं । सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ । कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका...

सशस्त्रका २६ उच्चपदस्थ अधिकृतले अवकाश पाउँदै, अवकाशको मुखमा पुगेका चार डीआईजी अझै बाहिनीपति

काठमाडौं । सशस्त्र प्रहरी बलमा केही साताभित्रै एक जना अतिरिक्त महानिरीक्षक (एआईजी)सहित २६ जना उच्चपदस्थ अधिकृतले अनिवार्य अवकाश पाउने भएका छन् । सशस्त्र प्रहरी बलमा...

दुनियालाई घुम्न प्रेरित गर्ने पुस्तक ‘देश देशावर’

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष एवम् उद्यमी जीवा लामिछानेको नियात्रासङ्ग्रह ‘देश देशावर’ सार्वजनिक भएको छ । अक्षरका माध्यमबाट संसार घुमाउने पुस्तक हो–...

धेरै पढिएका

राजदूत दुबसु म्युजिक भिडियोमा

काठमाडौं । बेलालयका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी दुबसुले म्युजिक भिडियोमा अभिनय गरेका छन् । उनले दुख्ने मुटु...गीतमा अभिनय गरेका हुन् । गायिका...

१४७७ संक्रमित थपिए, आज ६ जनाको निधन

काठमाडौं । विगत २४ घन्टामा नेपालमा १ हजार ४ सय ७७ जना नयाँ संक्रमित थपिएका छन् । आइतबार २ हजार ७ सय ९८ जना...

मंसिरमा भाइटीका लगाउनुहुन्न भन्ने हल्लाका पछि नलागौँ : पञ्चाङ्ग निर्णायक समिति

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले मङ्सिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लागाउनुहुन्न भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको जनाएको...

बारामा २० केजी अवैध गाँजा बरामद

बारा । बारामा २० केजी अवैध गाँजा बरामद भएको छ । सिम्रौनगढ नगरपालिाका वडा नम्वर १ स्थित मसानघाट निर बुधबार बिहानको समयमा सो गाँजा...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)