Sunday, April 5, 2020
Home Breaking News राज्यमन्त्री डिम्पल झाको राजीनामा फिर्ता

राज्यमन्त्री डिम्पल झाको राजीनामा फिर्ता

जनकपुरधाम । प्रदेश २ का भौतिक पूर्वाधार राज्यमन्त्री डा. डिम्पल झाको राजीनामा फिर्ता भएको छ । राजिनामा फिर्ता भएपछि राज्यमन्त्री डा. झाले आजै मन्त्रालय पनि गएकी छन् ।

प्रदेश सरकारसंग असन्तुष्टि जनाउँदै माघ १४ गते उनले राजीनामा दिएकी थिइन् । राजपको अध्यक्षमण्डलले राजीनामा फिर्ता गर्न आग्रह गरेपछि आजदेखि काम शुरु गरेको राज्यमन्त्री डा. झाले बताइन् । पार्टीले नै आफूलाई सांसद वबनाएको राज्यमन्त्री पनि बनाएकोले पार्टीको आदेशलाई आफूले अस्वीकार गर्न नसक्ने उनले बताइन् ।

राज्यमन्त्री झाको राजीनामा पछि प्रदेश २ मा सरकारको गठबन्धन परिवर्तन हुने चर्चा चलेको थियो । राजपा अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो, शरदसिंह भण्डारी र राजकिशोर यादवको भारत भ्रमण र राज्यमन्त्रीको राजीनामा फिर्तापछि अहिले गठबन्धन परिवर्तनको सम्भावना घटेको विश्लेषकहरुले दाबी गरेका छन् । पत्रकारहरुले गठबन्धन परिवर्तन हुने हल्ला मात्रै चलाएको राज्यमन्त्री झाले बताइन् ।

प्रदेश सरकारको कुनै कार्यक्रम हुँदा राजपाको मन्त्रीलाई महत्व नदिएको आरोप समेत मन्त्री झाले राजीनामाको बेला लगाएको थिइन् । त्यो सुधार मुख्यमन्त्रीले गर्नै पर्छ उनको कथन रहेको छ । गठबन्धनको सरकार रहेको छ, हामीलाई अलग राखेर गठबन्धन चलाउन सकिँदैन उनले बताइन् । राजीनामा सरकारसंग असन्तृष्टि रहेको वताएको थिइन् तर मुख्यमन्त्री लालबाबु राउतले डा. झाको राजिनामा राजपा भित्रकै विवादको कारण आएको बताएका थिए । स्रोतका अनुसार भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले राज्यमन्त्री काम नगर्न दिएपछि राजीनामा एउटा कारण रहेको थियो । डा. झा राजपा अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाकी श्रीमती रहेकी छन् ।

प्रदेश २ मा समाजवादी र राजपाकै गठबन्धन रहने
प्रदेश २ मा राजपा र समाजवादी पार्टीकै गठबन्धन रहने बताइएको छ । एकातिर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनुषा आएर नेकपा र राजपाको गठबन्धनको सरकार बन्ने हिजो मात्रै बताएका थिए तर राजपाका नेताहरु यसलाई अस्वीकार गरिरहेका छन् । संघीय सरकारमा सहभागी हुनुभन्दा अघि र प्रदेश गठबन्धन परिवर्तन हुनु अघि मधेश आन्दोलनका केही मुद्दा सम्बोधन भए मात्रै सरकारमा सहभागी हुने राजपाका महासचिव राजीव झाले बताए ।

सांसद रेशम चौधरीको रिहाई, झुठ्ठा मुद्दा फिर्ता, संविधान संशोधन हाम्रो बटम लाइन रहेको उनले बताए । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी बीचको एकीकरणको चर्चा अहिले फेरी शुरु भएको छ । राष्ट्रिय सभाको चुनावको वेला नेकपा संग राजपाको तालमेल भएपछि नेकपासंगै सरकारमा जाने सम्भावना बढेको थियो । तर भारतीय नेताहरुको दवावका कारण सरकारमा जानु भन्दा समाजवादी पार्टीसंग एकीकरणमै जाने योजना बनेको राजपाका उच्च स्रोतले जनाएको छ ।

नेपालमा सरकार निर्माणदेखि परिर्वतनसम्ममा भारतको साउथ ब्लकले खेल्ने गरेको विगतका इतिहासहरु रहेको छ । नेपालमा सरकार बनाउने र विगार्नेमा सक्रिय रहेकाहरु केपी ओली नेतृत्वको सरकारमा नजान राजपा नेताहरुलाई दवाव दिइरहेका छन । एकैसंग राजपाका अध्यक्षमण्डलका तीन नेता भारत गएका थिए । राजेन्द्र महतो, शरदसिंह भण्डारी र राजकिशोर यादवले व्यक्तिगत कामका लागि गएको बताए पनि दिल्लीको संकेत बुझन गएको बताइएको छ । यी तीनैजना संघिय सरकार र प्रदेश सरकारमा नेकपासंगको गठवन्धन चाहने नेता मध्येका रहेका छन् ।

अध्यक्ष मण्डलका तीन सदस्य एक साता लामो भारत भ्रमण सकेर स्वदेश फर्किएपछि उनीहरुले आफना निकटका कार्यकर्ताहरुलाई सरकारमा जाने सम्भावना नरेको पनि वताएको पार्टी भित्रकै एक वरिष्ठ नेताले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल उपसभामुख, दुई वा तीन मन्त्री लिएर संघीय सरकारमा सहभागी हुन र प्रदेश २ मा नेकपा र राजपा गठबन्धनको सरकार गठन गर्ने गरी प्याकेजमै सहमति गर्न प्रस्ताव राजपालाई गरेका थिए । यस विषयमा प्रधानमन्त्री ओली र राजपा नेता, महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेतासँग छुट्टाछुट्टै छलफल समेत भएको थियो ।

राजपा अध्यक्ष मण्डलका सदस्यहरु महतो, भण्डारी र यादवले भारत भ्रमणमा रहेका बेला त्यहाँका नेताहरु संग भेटघाट गरेका छन् । कुटनीतिकसंग आवद्ध व्यक्तिहरुसंग राजपा नेताहरुले भेटेको फोटोहरु सामाजिक सञ्जालमा पनि आइसकेको छ । भारतमा मुस्लिमहरुद्वारा भइरहेको आन्दोलन र दिल्ली चुनाबलाई लिएर गृहमन्त्री अमित शाह भारतीय जनता पार्टी (विजेपी) का अध्यक्ष जेपी नाडा वढी व्यस्त रहेकाले उनीहरुसँग भेटघाट नभएपनि अन्य नेतासंग भेटघाट भएको स्रोतले जनाएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादव नेकपासंगसरकारमा जानु भन्दा समाजवादी पार्टीसंग एकीकरणको पक्षमा खुलेर लागेको देखिएको छ ।

महेन्द्रराय यादव र उपेन्द्र यादवसंग कुरापनि बढेको राजपा स्रोतले जनाएको छ । हामी सधैँ वैकल्पिक शक्तिको पक्षमा रहेको र राजपा समाजवादी बीच एकिकरण भयो भने हामी बलियो हुन्छौ राजपाका केन्द्रिय सदस्य अनिल महासेठले बताए ।

(Visited 189 times, 1 visits today)
Loading comments...

HAMRO PATRO

प्रमुख

मन्त्रिपरिषदको निर्णय : भोलिबाट लकडाउनमा थप कडाइ

काठमाडौं । सरकारले लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन...

२५ जनाको ज्यान लिने चितुवालाई चितवन लगियो

बैतडी । बैतडीको मेलौली नगरपालिका ९ असुरमा खोरमा फसेको चितुवालाई उद्धार शनिबार गरिएको छ । बिहीबार राती चितुवा खोरमा फसेको...

अब लकडाउन बढ्छ कि बढ्दैन ? आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकमा मुलुकभर लगाइएको...

कोरोनाबाट भारतमा एकै दिन १६ को मृत्यु, संक्रमणको उच्च जोखिम

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या...

भर्खरै

भारतबाट आएका हजार जना आफ्नै घरमा , काेराेन संक्रमणकाे खतरा !

दार्चुला । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यहाँक ११ वटै पालिकाले अपनाएको उच्च सतर्कतामा चुनौती थपिएको छ । भारतलगायत...

उपचार नगरी बिरामी फर्काउने अस्पताल बन्द गर्ने सरकारको चेतावनी

पोखरा । गण्डकी प्रदेश सरकारले काेराेनाकाे आशंकामा बिरामीकाे उपचार नगर्ने प्रदेश क्षेत्रका निजी तथा सामुदायिक अस्पताललाई कारबाहीकाे...

मन्त्रिपरिषदको निर्णय : भोलिबाट लकडाउनमा थप कडाइ

काठमाडौं । सरकारले लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन...

नेपाली रोटरियनबाट कोरोनाविरुद्ध रु एक करोड सहयोग

काठमाडौं । नेपाली रोटरियनहरुले कोरोनाविरुद्धको कार्यक्रमका लागि नेपाल सरकारलाई रु एक करोड सहयोग गर्ने भएका छन् । स्थानीय सरकार तथा अस्पतालसँग सहकार्य...

धेरै पढिएका

भारतबाट आएका हजार जना आफ्नै घरमा , काेराेन संक्रमणकाे खतरा !

दार्चुला । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यहाँक ११ वटै पालिकाले अपनाएको उच्च सतर्कतामा चुनौती थपिएको छ । भारतलगायत...

उपचार नगरी बिरामी फर्काउने अस्पताल बन्द गर्ने सरकारको चेतावनी

पोखरा । गण्डकी प्रदेश सरकारले काेराेनाकाे आशंकामा बिरामीकाे उपचार नगर्ने प्रदेश क्षेत्रका निजी तथा सामुदायिक अस्पताललाई कारबाहीकाे...

मन्त्रिपरिषदको निर्णय : भोलिबाट लकडाउनमा थप कडाइ

काठमाडौं । सरकारले लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन...

नेपाली रोटरियनबाट कोरोनाविरुद्ध रु एक करोड सहयोग

काठमाडौं । नेपाली रोटरियनहरुले कोरोनाविरुद्धको कार्यक्रमका लागि नेपाल सरकारलाई रु एक करोड सहयोग गर्ने भएका छन् । स्थानीय सरकार तथा अस्पतालसँग सहकार्य...

ई-पेपर

(Visited 24 times, 1 visits today)