Monday, May 17, 2021
Home अर्थ स्थानीय तहमा ३९६ वटा अस्पताल बनाउन ५८ अर्ब पठाइने

स्थानीय तहमा ३९६ वटा अस्पताल बनाउन ५८ अर्ब पठाइने

अर्थ मन्त्रालयको सकारात्मक पहल

,

काठमाडौं । अस्पताल अभावका कारण समयमै उपचार नपाएर नागरिकले ज्यान गुमाउनुपरेको अवस्थालाई मध्यनजर गर्दै अर्थ मन्त्रालयले स्थानीय तहमा ३९६ वटा आधारभूत अस्पताल निर्माण गर्न करिब ५८ अर्ब रुपैयाँ पठाउने भएको छ ।

कोरोना महामारीको चपेटामा परेका नागरिकलाई जतिसक्दो छिटो सहज रूपमा स्वास्थ्य उपचारको व्यवस्था मिलाउने उद्देश्यका साथ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न आधारभूत अस्पताल निर्माणका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अघि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएका हुन् ।

अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले आगामी दुई वर्षभित्र ५, १० र १५ शøयाका आधारभूत अस्पताल निर्माण सम्पन्न हुने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थले सहमति दिने निर्णय गरेको जानकारी दिए ।

आवश्यक रकमको स्रोत सुनिश्चततासहित यस्तो व्यवस्था मिलाइदिएको अर्थ मन्त्रालयले यसरी कायम हुने रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी स्थानीय तहमा ससर्त अनुदानका रूपमा उपलब्ध गराउने जनाइएको छ । अर्थ मन्त्रालयले आधारभूत अस्पताल निर्माण गर्न यसअघि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ विभिन्न स्थानीय तहमा पठाइसकेको छ ।

यसअघि विभिन्न स्थानीय तहमा ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ पठाइसकेको अर्थ मन्त्रालयले आगामी दुई वर्षभित्र ५, १० र १५ शøयाका ३९६ वटै आधारभूत अस्पताल निर्माण सम्पन्न हुने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन सहमति दिने निर्णय गरेको हो ।

अर्थमन्त्री पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा एक महिनाअघि भएको बैठकले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रमअनुसार आगामी १५ मंसिरमा भवन निर्माणको शिलान्यास गर्ने निर्णय गरेको थियो ।

सरकारले चालु आर्थिक वर्ष २०७७-७८ को बजेट एवं नीति तथा कार्यक्रममा नै देशका सम्पूर्ण स्थानीय तहमा ५ देखि १५ शøयासम्मका आधारभूत अस्पताल स्थापना गर्ने योजना लिएको थियो । जसका लागि सरकारले स्थानीय तहमा स्थापना हुने ५ देखि १५ शøयाका अस्पतालको आफ्नै जग्गा नभएमा लिजमा जग्गा उपलब्ध गराउनेछ ।

गत २७ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी गराए । सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति, २०७१ संशोधन गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो । सो कार्यनीतिको दफा १२ को उपदफा (३) संशोधन गरी यो व्यवस्था गरिएको मन्त्री गुरुङको भनाइ छ ।

सरकारका प्रवक्ता गुरुङका अनुसार सो उपदफामा ‘स्थानीय तहअन्तर्गत स्थापना हुने ५ देखि १५ शøयाका आधारभूत अस्पतालका लागि आवश्यक पर्ने जग्गा अस्पतालका नाममा नभएमा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले त्यस्ता अस्पतालको भवन निर्माणका लागि आवश्यक सरकारी जग्गा लिजमा उपलब्ध गराउने निर्णय गर्न सक्नेछ’ भन्ने प्रतिबन्धात्मक वाक्यांश थप गर्न स्वीकृति दिने भएको छ ।

(Visited 253 times, 1 visits today)
Loading comments...

आजको समाचार

झण्झटिला प्रक्रिया छोट्याएर नागरिकको जीवन रक्षा गर्नुस् : प्रधानमन्त्री

काठमाडाैं ।  कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी)ले महामारीविरुद्ध लड्न थप केही कानूनी संरचना आवश्यक भएको महसुस गर्दै तर्जुमाका लागि गृहकार्य गर्न कानून, न्याय तथा...

बालिकालाई धान दिन्छु भन्दै घर लगे अनि यौन दुर्व्यवहार गरे

भक्तपुर । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–५ छालिङ बस्ने ५२ वर्षीय भिम बहादुर बनलाई प्रहरीले पक्राउ गरेको छ । भिम बहादुरले...

ठोरी गाउँपालिकाले बनायो अक्सिजनसहितको आइसोलेसन

  ठोरी, पर्सा । पर्साको ठोरी गाउँपालिकाले अक्सिजनसहितको आइसोलेसन बनाएको छ । गाउँपालिकाले ठोरी-४ घ्याङ डाँडामा कोरोना संक्रमणमा परेका नागरिकहरुलाई लक्षित गर्दै २० बेडको अक्सिजनसहितको...

कोरोना भाइरसबाट १४५ जनाको मृत्यु, ७३६८ जनामा संक्रमण

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको मृत्यु भएको छ भने त्यस्तै ७ हजार ३६८ जनामा संक्रमण...

विवाद मिलाउन एमालेमा बन्याे १० जनाकाे कार्यदल

काठमाडौं । नेकपा (एमाले) भित्रको विवाद मिलाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कार्यदल बनाउने सहमति भएको छ। आज...

साताका लोकप्रिय समाचार

हडपिएको आठ रोपनी जग्गा १२ वर्षपछि सरकारकै नाममा

काठमाडौं अनामनगरस्थित धोबीखोलासँगैको करिब आठ रोपनी व्यक्तिको नाममा दूषित दर्ता भएको जग्गा सरकारको नाममा मालपोत कार्यालय डिल्लीबजारले फिर्ता ल्याएको छ । १२ वर्षदेखि व्यक्तिको...

प्रधानमन्त्री ओली गफमै सिमित हुन्छन् कि काम पनि गर्छन् ?

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्री नियुक्त केपी शर्मा ओलीसामु राजनीतिक, संवैधानिक, नैतिकदेखि कोरोना महामारी चुनौतीका रूपमा चाङ लागेका छन् । गत २७ वैशाखमा संसद्मा विश्वासको...

गण्डकीमा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत

पोखरा । गण्डकी प्रदेशमा पृथ्वीसुव्वा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत देखा परेको छ । काँग्रेस लगायत विपक्षी गठबन्धनले आफ्नो पक्षमा सरकार बनाउन बहुमत ३१...

प्रधानमन्त्री ओलीको शपथ आज दिउँसो साढे २ बजे, आजै सानो आकारको मन्त्रिपरिषद गठन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिनुहुनेछ । दिउँसो साढे दुई जबे पद तथा गोपनियताको शपथ लिने कार्यक्रम...

ठूला भवन आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरिने

काठमाडाैं ।  उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंँमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना संक्रमितको उपचार प्रभावकारी बनाइने बताएका छन् । स्थानीय वसुन्धरामा...

ट्रेन्डिङ

रामकुमारी झाँक्री पक्राउ (अपडेट)

काठमाडौं । नेकपा दाहाल– नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले गरेकाे छ । महानगरीय अपराध महाशाखाका डीएसपी सुधिर शाहीले नेतृ झाँक्रीलाई बिहीबार पक्राउ पूर्जी थमाएका...

नागरिकता ऐन संशोधनबारे सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । नागरिकता ऐन संशोधनबारे सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । संविधान जारी भएको ५ वर्ष बितिसक्दा पनि संविधानको भावना र...

सपना रोक्का बीबीसी–१०० प्रेरणदायी महिलाको सूचीमा

काठमाडौं । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीको विश्वका एक सय प्रभावकारी तथा प्रेरणादायी महिलाको सूचीमा नेपालकी सपना रोका मगर परेकी छिन् । जीवन कठिन परिस्थिति...

बूढानीलकण्ठमा २१ जनामा आरडिटी पोजेटिभ

बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपलिकामा २७६ जनामा गरिएको आरडिटीमा २१ जनाको कोरोना पोजेटिभ देखिएको छ । नगरपालिकाका १३ वडामा बन्दाबन्दीभर दिनरात अग्रपङ्क्तिमा रहेर काम गर्ने...

भारतमा एकै दिन १ लाख ६८ हजारमा काेराेना संक्रमण

एजेन्सी । भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ...

सुदूरपश्चिममा कोरोनामाथि एकपछि अर्को सफलता, पाँच दिनमा चारजना घर फर्के

धनगढी । पाँच जनामा कोरोनाभाइरस (कोभिड १९) पुष्टि भएपछि निकै त्रसित बनेको सुदूरपश्चिमले पछिल्लो समय भने कोरोनामाथि एकपछि अर्को सफलता पाइरहेको छ ।...

ललिता निवास जग्गा प्रकरण : मुद्दा दर्ता भएका सबैको सम्पत्ति छानबिन हुने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा किनबेच प्रकरणमा मुछिएका व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेसँगै सम्पत्ति शुद्धीकरण विभागले...

इन्जिनियरको कमाइ ५ करोड रुपैयाँ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरका इन्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लाख ६२ हजार ४...

कोरोना कालमा रेमिट्यान्स धेरै भित्रियो, रोजगारीमा जाने घटे

काठमाडौं । चालु आर्थिक वर्ष २०७७÷७८ को ६ महिनामा झन्डै ५ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । सो अवधिमा ४ खर्ब ९५ अर्ब ३१...

आईजीपीको अपहेलना मुद्दामा फाइल मगाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीसहित चार उच्च अधिकारीको अवहेलना मुद्दामा प्रहरीको सक्कली विवरण पेस गर्न आदेश गरेको छ । सर्वोच्चका न्यायाधीशहरू...

बुटवलमा नेकपा ओली समूहको शक्ति प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले बुटवलमा यतिबेला शक्ति प्रदर्शन गरिरहेको छ । बुटवलमा विभिन्न स्थानवाट -यालीसहित बुटवलको सिद्धेश्वरी मैदानमा सभा हुनेछ...

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता भएकी छिन् । राष्ट्रपति भण्डारी र नेपाली...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)