बहुविवाहका महिला कैदीमा मानसिक समस्या

दैलेख । जिल्ला काराकार दैलेखमा बहुविवाहको लागि कैद सजाय भुक्तान गरिरहेका महिला मानसिक समस्यामा परेको छ । कैद भुक्तान भइसकेपछि श्रीमानसँगै बस्ने नपाउने, दोस्रो विवाहबाट जन्मिएका बच्चाको वैधानिकता नपाउने र समाजमा अपहेलित हुने डरले ती महिलामा मानसिक समस्या परेको हो ।


स्वास्थ्य सेवा कार्यालय दैलेखले गरेको कैदीबन्दी लक्षित मानसिक स्वास्थ्य परीक्षणमा बहुविवाहको मुद्दामा सजाय भोगिरहेका महिलामा बढी समस्या देखिएको हो । जिल्ला कारागारमा रहेको १२ जना कैदी र एक जना थुनुवा महिलामध्ये ९ जनामा आत्तिने र दुई जनामा डिप्रेसनको समस्या देखिएको नेपाल प्रहरी अस्पतालका मानसिक रोग विशेषज्ञ डा.आशिष दत्तले बताए ।


कैदीबन्दीको मानसिक स्वास्थ्य परीक्षण, अपराध हुँदाको अवस्था र मुद्वा किनारा लागिसकेपछिको मानसिक अवस्था कस्तो छ भन्ने’bout तीन दिन सम्म चिकित्सकले कैदीबन्दीको अध्ययन गरिएको थियो ।
नेपाल प्रहरी अस्पतालका मानसिक रोग विशेषज्ञ डा.आशिष दत्तले बहुविवाहको मुद्दामा सजाय भोगिरहेका महिला कैदीमा मानसिक समस्या देखिएको छ । ‘कैद भुक्तान भइसकेपछि श्रीमानसँगै बस्ने नपाउने, दोस्रो विवाहबाट जन्मिएका बच्चाको वैधानिकता नपाउने र समाजमा अपहेलित हुने डर ती महिलामा यो समस्या देखिएको हो’दत्तले भने ।


त्यसैगरि, लागुऔषध ओसार–पसार तथा दुव्र्यसनी मुद्वामा सजाय भोगिरहेका कैदीमा आतिने समस्या देखिएकोले विरामीलाई औषधी सेवन गर्न सुझाव दिएका छौं । यो समस्याका दैलेखका कैदीमात्र नभई देशभर हुन सक्ने भएकाले सबै कारागारमा मानसिक स्वास्थ्य परिक्षण जरुरी रहेका डाक्टर दत्तले जानकारी दिए ।


मानसिक स्वास्थ्य कार्यक्रमअन्तरगर्त कैदीबन्दीलाई लक्षित गरेर मानसिक स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि उपचार गरिएको दैलेख अस्पतालका डा. निरञ्जन पन्तले बताए । अब हामीले नियमित रुपमा कैदीबन्दीको स्वास्थ्य परिक्षण गर्छौ, पन्तले भने ।

कैद भुक्तानपछि पनि समाजमा जाँदा गाउँ समाजबाट एक्लिने डरको चिन्ताले गर्दा बहुविवाह गरेका महिलामा मानसिक समस्या उत्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए । दैलेख जिल्ला कारागार ८० जना पुरुष र २० जना महिला गरी १ सय जनाको क्षमता रहेको कारागारमा कैदी र थुनुवा गरी १ सय ४२ जना छन् । दुई नाबालकले पनि आमाबाबुसँगै जेलजीवन जीवन विताउन बाध्य छन् ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
२५ वर्षपछि बुटवलमा कम्युनिष्ट सत्ता ढल्यो