जंगलको बाटोमा हिँडिरहेकी बालिकालाई बलात्कार गर्ने पक्राउ

काठमाडौं । १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा चुरे गाउँपालिका–१ बस्ने २२ वर्षीय लाले घर्तीथापालाई प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँमा रहेको नाकखेलेढुंगा जंगलको बाटो हुँदै हिँडिरहेकी बालिकालाई एक्लै पारी थापाले बलात्कार गरेका थिए । प्रहरी चौकी घरखेडाबाट खटिएको प्रहरीले थापालाई पक्राउ गरेको जनाएको छ । ओखलढुंगाकी २१ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा मोलुङ गाउँपालिका–८ रागाँदिपस्थित नेपाल टेलिकमको टावर निर्माणमा कार्यरत सुनसरी इनरुवा नगरपालिका–८ डुम्रा घर भएका २६ वर्षीय अशोक मेहता पक्राउ परेका छन् ।

मेहताले ती युवतीलाई बिहीबार साँझ बलात्कार गरेका थिए । ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

epaper

ताजा समाचार

संघीय संसद्का दुवै सदनको बैठक बस्दै