Friday, January 15, 2021
Home भर्खरै भारतले कूटनीतिक तहबाटै नेपालसँग सम्बन्ध अगाडि बढाउने

भारतले कूटनीतिक तहबाटै नेपालसँग सम्बन्ध अगाडि बढाउने

काठमाडौं । नेपाल र भारतबीच औपचारिक वार्ता कूटनीतिक तहबाटै हुने भएको छ । विदेश सचिवस्तरीय वार्ताबाटै दुई देशको सम्बन्ध सुधारमा अगाडि बढ्ने भारतीय विदेश मन्त्रालयले संकेत दिएको छ । सोमबार नेपालको परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले एकै पटक विज्ञप्ति निकालेर सचिवस्तरीय बैठकको विषय सार्वजनिक गर्दै उच्चस्तरीय भ्रमणको निरन्तरता भनेका छन् ।

विदेश सचिवस्तरीय वार्तासँगै सीमा विवादका कारण बिग्रेको नेपाल र भारतको सम्बन्ध सुधारका लागि कूटनीतिक च्यानलबाट प्रक्रिया अगाडि बढ्ने भएको हो । नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगला ११ मंसिरमा नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

आगामी बिहीबार नेपाल र भारतका परराष्ट्र सचिव नेतृत्वले सम्बन्ध सुधारका विषयमा मन्थन गर्नेछन् । शृंगला नेपालमा सचिवस्तरीय वार्ता सकेर १२ मंसिरमा भारत फर्कनेछन् ।

भ्रमणको पहिलो दिनमा दुई देशका विदेश सचिवहरूले द्विपक्षीय बैठकमा भाग लिनेछन् र नेपाल र भारतबीच विभिन्न विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विदेश सचिवको भ्रमणलाई दुई छिमेकी मुलुकको उच्चस्तरको भ्रमणको निरन्तरताका रूपमा लिइएको छ ।

त्यस्तै, भारतीय विदेश मन्त्रालयले पनि एक विज्ञप्ति निकालेर भ्रमणको विषयमा जानकारी दिएको छ । ‘भारतको नेपालसँग पौराणिक र ऐतिहासिक सम्बन्ध रहँदै आएको छ । भारतको सहायतामा अन्तरदेशीय पूर्वाधारको निर्माण भएर दुईपक्षीय सहकार्य अझ बलियो भएको छ,’ भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘दुई पक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन यो भ्रमण एक अवसर हुनेछ ।’

यो पनि पढ्नुहोस   विद्युतीय सवारी साधनमा सरकार नै बाधक

नेपाली भाषामै कुराकानी गर्न सक्ने विदेश सचिव शृंगलाको नेपाल भ्रमण अर्थपूर्ण रहनेछ । यसअघि भारतीय ‘रअ’ प्रमुख सामन्तकुमार गोयल र भारतीय सेना प्रमुख मनोजमुकुन्द रनवणेको भ्रमणसँगै विदेश सचिव शृंगलाको भ्रमण जुरेको हो ।
उनले परराष्ट मन्त्रालयका सचिव भरत पौडेलका परराष्टमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसहित उच्च अधिकारी तथा नेताहरूसँग आफ्नो दुईदिने नेपाल बसाइका क्रममा भेटघाट गर्नेछन् ।

शृंगला भ्रमणसँगै दुवै पक्षलाई संयुक्त प्राविधिक स्तरको सीमा समितिको बैठकको कार्यतालिका अन्त्य गर्न नेतृत्व दिइनेछ । साथै, दुवै पक्षले महाकाली नदीको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका साथै अन्य जलविद्युत् आयोजनाको पुनरुद्धारमा छलफल गर्नेछन् ।

सीमा विवादको विषयमा भने भारतीय विदेश मन्त्रालय मौन देखिएको छ । दुई देशको विदेश सचिवस्तरीय भेटवार्तामा भने सीमा विवादको विषयले प्रवेश पाउने सम्भावना न्यून छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी दुई देशका उच्चस्तरीय तहबाट हल गर्ने भएकाले सो विषयले प्रवेश पाउनेछैन । सीमा विवादको विषयमा छुट्टै संयन्त्र गठन गरेर टुंगो लगाउनुपर्ने भएकाले सो विषयले विदेश सचिवस्तरीय बैठकमा प्रवेश पाउनेछैनन् ।

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ । विदेश मन्त्रालयले सीमा विवादको विषयमा तत्कालै मुख खोल्न चाहेको छैन ।

(Visited 97 times, 2 visits today)
Loading comments...

आजको समाचार

राजनीतिक आबद्धताको आरोपभित्रको राजनीति

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा उठेका प्रश्नका कारण माननीय न्यायाधीशले इजलास छाड्नुपर्ने अवस्था आयो । यो घटनाले अर्को गम्भीर प्रश्न खडा गरेको छ ।...

विद्युतीय सवारी साधनमा सरकार नै बाधक

काठमाडौं । विद्युतीय सवारी साधन प्रयोग वृद्धिसहित न्यून इनधन, वातावरण स्वच्छ र घाटा कम गर्न सहयोग पु¥याउने काममा सरकार स्वयं बाधक देखिएको छ ।...

पीएसजी सुपर कप च्याम्पियन

पेरिस । फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेन (पीएसजी)ले चिरपरिचित प्रतिद्वन्द्वी मार्सेलाई पराजित गर्दै कीर्तिमानी १०औंपटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ । पीएसजीले मार्सेमाथि २–१...

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्लीमा

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन बिहीबार भारत पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यहाँस्थित प्रवासी नेपाली संगठनका प्रतिनिधिलाई भेट्ने कार्यक्रम रहेको छ...

जनगणतन्त्र ल्याउन क्रान्तिकारी कम्युनिष्टसंग मोर्चाबन्दी गर्छौं : वैद्य

मोरङ । नेकपा –क्रान्तिकारी माओवादी ) का महासचिव मोहन वैद्यले जनगणतन्त्र स्थापना गर्नका लागि क्रान्तिकारी कम्युनिष्टहरुसँग मोर्चाबन्दी शुरु गर्ने बताएका छन् । यसका लागि...

साताका लोकप्रिय समाचार

विरोध प्रदर्शनमा सहभागी बन्न सभापति देउवाको अपिल

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले भोलि शनिबार आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवाले अपिल गरेका छन् । कांग्रेसले भोलि...

कृषि होइन, किसानलाई प्राथमिकता

सर्लाहीका उखु किसान नारायण राय यादवले आफूले उत्पादन गरेको उखुको मूल्य पाउनुसमेत राष्ट्रिय राजधानी काठमाडौंमा मृत्युपर्यन्त आन्दोलन गर्नु हाम्रो देशको कृषि नीतिको असफलता, राजनीतिक...

ऊर्जामन्त्रीद्वारा तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण

दमौली । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको आज स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन् । सो...

तल्लो जातको युवासंग प्रेम गरेको आशंकामा आमाले गरिन् १५ वर्षिया छोरीको हत्या

काठमाडौं । विश्वभरका मान्छेलाई पुज्यनिय शब्द के हो भनेर प्रश्न गर्ने हो भने साझा उत्तर आउछ ‘आमा’ । त्यसैले त भनिन्छ संसारमा सबथोक पाउन...

कोठा र शरीर न्यानो बनाउँदा अपनाउनुपर्ने सतर्कता

नवल यादवलाई अहिले निमोनियाले आक्रान्त पारेको छ । बिहानी कक्षा भएकाले बाक्लो हुस्सु र शीतलहरमा बिहान ५ बजे नै विद्यालयका लागि तयार भएर जानुपर्छ...

ट्रेन्डिङ

पूर्व राजा ज्ञानेन्द्र पूर्वी पहाडी जिल्लामा

इलाम । पूर्व राजा ज्ञानेन्द्र शाह यतिखेर पूर्वी पहाडी जिल्लाको भ्रमणमा छन् । भ्रमणकै क्रममा आइतबार इलाम आएका पूर्व राजा ज्ञानेन्द्र एक रात बसेर...

संकट समाधान गर्न रातदिन फिल्डमै छौं : जनकराज दाहाल

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल दिनरात नभनी कार्यक्षेत्र खटिएकाे बताउछन् । एक वर्षे कार्यकालमा देशकै राजधानीमा सुधारमा धेरै काम भएकाे उनकाे दावी छ...

अब फोनकै भरमा पुरिन्छ काठमाडौंका सडकका खाल्टाखुल्टी

काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा फोन गरेकै आधारमा सडकका खाल्टाखुल्टी पुरिन्छन् भन्दा धेरैलाई पत्यार नलाग्न पनि सक्छ । तर, सडक डिभिजन कार्यालय काठमाडौंले कसैले...

लकडाउन अवधिको ब्याज मिनाहाको माग

काठमाडौं । नेपाल डेरी एसोसिएसनले लकडाउन अवधिभरको ब्याज मिनाह गरिनुपर्ने माग गरेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले गरेको लकडाउनले डेरी उद्योगको...

वैज्ञानिकहरू कोरोना भाइरसको खोप बनाउन सक्रिय, भाइरसबाट मृत्यु हुनेको संख्या ८०० बढी

सिंगापुर । संयुक्तराज्य अमेरिकादेखि अष्ट्रेलियासम्मका वैज्ञानिकहरू चीनको कोरोना भाइरसको प्रकोप साम्य बनाउने उद्देश्यले महत्वाकांक्षी, करोडौं डलरको अभियानका साथ खोप विकास गर्न नयाँ...

लकडाउन वैशाख ३ गतेसम्म थपियो

काठमाडौं । सरकारले वैशाख ३ गतेसम्म लकडाउन अवधि थप गर्ने निर्णय गरेको छ ।
यो पनि पढ्नुहोस   प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा
सोमबार...

मृत अवस्थामा महिलाको शव फेला

सर्लाही। सर्लाहीको नवलपुरमा एक महिलाको सव फेला परेको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका वडा नम्बर १, तेलबाली अनुसंधान केन्द्र...

जनकपुरमा महिलामाथि सामुहिक बलात्कार

जनकपुरधाम । जनकपुरधाममा एक महिलामाथि सामुहिक बलात्कार भएको छ । जनकपुरधाम उपमहानगरपालिका ४ विश्वकर्मा चोकमा सोमबार बिहान अन्दाजी ३५ वर्षीया महिलामाथि सामुहिक...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताएका छन्...

सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सप्तरी, राजविराज । केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । चिसोबाट बढी...

कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

गाेरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आज गाेरखामा आकस्मिक अवतरण गरिएको छ । काठमाडाैँबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण...

भर्खरै

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

इतिहासकै ठूलो आइपीओमा पहिलो दिनमै पर्यो ३ करोड ७० लाख कित्ता आवेदन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा पहिलो दिनमै ३ करोड ७० लाख ६२ हजार ६७० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एक्ड क्लियरिङ...

प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताएका छन्...

वृहत पूर्ण इजलासकाे माग अस्वीकृत, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै

काठमाडाैं ।  प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको शुक्रबार बसेको संवैधानिक इजलासले रिट निवेदकहरूको माग...

धेरै पढिएका

पिक्निक खान गएका सन्तोषको चप्पल भेटियो, मान्छे भेटिएनन्

पोखरा । साथीहरुसंग बनभोज खान भन्दै फेवा किनारमा पुगेका सन्तोष परिवार बेपत्ता भएको २ दिन भयो । उनी कहाँ गए के गर्दैछन् केही पत्ता...

ठेकेदार कम्पनी शैलुङले तेस्रो पटक पनि मल ल्याएन

काठमाडौँ । सस्तोमा रासायनिक मल आयात गर्ने ठेक्का हात पारेका शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीको ठेक्का सम्झौता खारेज गरी कालोसूचीनमा राख्न सिफारीस गरेको...

माघे संक्रान्तिलाई स्वदेशकै तरुल

काठमाडौँ । माघे संक्रान्ति पनि नेपालीहरुको एक खालको पर्व नै हो । माघे संक्रान्तिमा तरुल र विभिन्न कन्दमुल उसिनेर खाने परम्परा छ । विगतमा...

नेपाल–चीन युद्ध भएको ठाउँ दुगुनागढीको सरसफाई (फोटोफिचर)

सिन्धुपाल्चोक । नेपाली सेनाले ऐतिहासिक पदमार्ग,कोट,गढी तथा किल्लाहरुको पहिचान तथा त्यसको संरक्षणका लागि सुरु गरेको अभियान अन्र्तगत एकता दिवसको अवसरमा ऐतिहासिक दुगुनागढी क्षेत्रको सरसफाई...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)