Saturday, January 16, 2021
Home Editor-Picks बलात्कारपछि हत्या : तनाव बढ्दै गएपछि चार बुँदे सहमति

बलात्कारपछि हत्या : तनाव बढ्दै गएपछि चार बुँदे सहमति

बर्दिबास बालिका हत्या प्रकरण

जनकपुरधाम । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्या भएको घटनाले उग्र रूप लिएको छ । मंगलबार प्रहरीको गोली लागेर गम्भीर घाइते भएका बर्दिवास–१ का सञ्जय भनिने बुद्धिराज न्यौपानेको काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको खबरले बुधबार फेरि आन्दोलन चर्किएको हो ।

बर्दिबास चोकमा प्रदर्शन गरिरहेकाहरूलाई तितरबितर पार्न प्रहरीले चलाएको गोली लागी न्यौपाने गम्भीर घाइते भएका थिए । तत्काल हेलिकोप्टरबाट काठमाडौं लगिएका न्यौपानेको मंगलबार राति मृत्यु भएको खबर पाएलगत्तै बुधबार बिहानैदेखि स्थानीयवासी पुनः प्रदर्शनमा उत्रिएका छन् ।

उनीहरूले राजमार्ग, बजार र सबै व्यापारिक प्रतिष्ठान बन्द गराएका छन् भने सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शन चर्किएपछि महोत्तरी प्रशासनले बर्दिबास नगरक्षेत्रमा गरेको निषेधाज्ञा तोड्दै प्रदर्शनमा उत्रिएका स्थानीयवासीले प्रहरीलाई ढुंगामुढा गरेका छन् । प्रदर्शनकारीको आक्रमणमा परी दुई जना प्रहरी घाइते भएका छन् ।

– घाइतेलाई उपचार तथा क्षतिपूर्ति दिनुपर्ने
– गोली चलाउन निर्देशन दिनेलाई बर्खास्त गर्नुपर्ने
– हत्यारालाई कडा कारबाही हुनुपर्ने

प्रहरी जवान अर्जुनप्रसाद बानियाँको बियरको बोतलले लागी चिउँडोमा काटेको र अर्का एक प्रहरीको घुँडामा चोट लागेको छ । उनीहरूको उपचार बर्दिवासस्थित अस्पतालमा भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिएका छन् ।

निषेधाज्ञाको समय प्रदर्शन र नाराबाजी गरेको भन्दै प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि स्थानीयले प्रहरीमाथि ढुंगा र खाली बियरका बोतलले प्रहार थिए । आइतबार साँझदेखि हराइरहेकी ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्यारालाई कडा कारबाहीको माग गर्दै बर्दिबासमा आन्दोलन चर्किएको हो ।

निषेधाज्ञापछि पनि अन्दोलन नरोकिएपछि महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको अध्यक्षतामा बुधबार बसेको सर्वदलीय बैठकले चार बुँदे निर्णय गरेको हो ।

यो पनि पढ्नुहोस   सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सर्वदलीय बैठकले प्रहरीसँगको झडपमा गोली लागेर घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको निधन भएको सम्बन्धमा छानबिनका लागि समिति गठन गर्न सरकारसँग अनुरोध गर्ने, घटनामा घाइते भएका व्यक्तिको उपचारका लागि आवश्यक खर्च र क्षतिपूर्तिका लागि पहल गर्ने सहमति गरेको छ ।

त्यसैगरी बालिका हत्यामा संलग्न व्यक्तिलाई कानुनबमोजिम हदैसम्मको कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्ने, घटनामा गोली लागेर ज्यान गुमाएका सञ्जयको परिवारलाई क्षतिपूर्ति र उनलाई शहीद घोषणा गर्न सरकारलाई अनुरोध गर्ने सहमति गरेको हो ।

बुधबार बर्दिबास सेवा समितिले आयोजना गरेको सर्वपक्षीय बैठकले आन्दोलनका घाइतेलाई उपचार तथा क्षतिपूर्ति दिनुपर्ने, आन्दोलनमा गोली चलाउन निर्देशन दिनेलाई तुरुन्त निलम्बन गरेर बर्खास्त गर्नुपर्ने र बालिकाको हत्यारालाई कडा कारबाही हुनुपर्ने माग अघि सारेको थियो ।

समितिले नेपाली कांग्रेसका नेता चिरञ्जीवी हमालको संयोजकत्वमा ११ सदस्यीय वार्ता टोलीसमेत गठन गरेको थियो ।
आइतबार साँझदेखि हराएकी महोत्तरीको बर्दिबास–१४ स्थित शुभम् बस्तीकी ६ वर्षीया खातुनको शव सोमबार मध्यराति भेटिएको थियो । बालिका हत्याको आरोपमा गौशाला–५ का अरुण साहलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि
बढाएको छ ।

घटनाको विषयमा तनाव बढ्दै गएपछि बर्दिबासमा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कटुवालका अनुसार पूर्वमा रातु खोला, पश्चिममा माइस्थान, उत्तर पाटुचोक र दक्षिणमा क्वाटचोकसम्म निषेधाज्ञा जारी गरिएको छ ।

(Visited 99 times, 1 visits today)
Loading comments...

आजको समाचार

अभिनेत्री कंगनालाई कथा चोरीको आरोप

मुम्बई । सधैंजसो विवादमा परिरहने बलिउड अभिनेत्री कंगना रनौत यतिबेला आफ्नो नयाँ फिल्मको कथाका कारण विवादमा छिन् । उनलाई आफ्नो नयाँ फिल्मको कथा चोरी...

राष्ट्रिय विकास समस्या समाधन समिति बैठक

काठमाडौं । देशभरिको विकास निर्माण, खर्चको प्रगति र विकास निर्माणमा देखिएका समस्यालगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रीहरू, विभिन्न प्रदेशका मुख्यमन्त्री र सचिवबीच...

सीमा विवाद समाधान गर्न छुट्टै संयन्त्र बनाउन भारतको प्रस्ताव

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा विवादको विषयले औपचारिक प्रवेश नै नपाई सकिएको छ । सीमा विवादको विषयमा लामो समयदेखि दुई देशबीचको तिक्तता...

आउन थाले फिल्म हलमा दर्शक

काठमाडौं । दस महिनासम्म नयाँ चलचित्र नआएका नेपालका फिल्म हलमा अभिनेता शिव श्रेष्ठले बिहीबारबाट देशव्यापी रूपमा आफ्नो नयाँ चलचित्र एउटा यस्तो प्रेम कहानी रिलिज...

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बृहत् पूर्ण इजलासको माग खारेज

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा आइतबारबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने १२ जना...

साताका लोकप्रिय समाचार

सर्वोच्चको जिम्मेवारीमा बसेको व्यक्तिले अदालतलाई धम्क्याउन सुहाउँदैन : प्रधानमन्त्री

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जनताको पक्षमा काम गर्न पार्टीभित्रैबाट असहयोग गरिएकाले आफूले बाध्य भएर...

बेलायत बस्दै आएका गायक केसी रुखमा झुण्डिएको अवस्था भेटिए

लन्डन । करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । गत शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना...

थारु बस्तीमा छायो माघीको रौनक

बर्दिया । थारु समुदायमा यतीखेर माघीको रौनक छाएको छ । मकर संक्रान्ती पर्वलाई थारु समुदायले माघी पर्वको रुपमा मनाउँछन् । माघी थारु समुदायको दसैँपछिको...

सडकबाट अदालतलाई प्रभावित नगरौं : देउवा

पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको निर्णय प्रक्रियामा सडकबाट प्रभावित गर्न नहुने बताएका छन् । पर्वतको शंकरपोखरीमा आयोजीत शहिद हरीदत्त तिवारीको १८...

गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो साता

काठमाडौं । स्वर्गीय गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो साता हुने भएको छ । नागार्जुन नगरपालिकाको...

ट्रेन्डिङ

होम आईसोलेशनमा बसेका ४५ वर्षीय पुरुषको काेराेना स‌ंक्रमणबाट मृत्यु

मोरङ । कोरोनाको संक्रमण पुष्टि भएर होम आइसोलेशनमा बसेका एक जनाको मृत्युु भएको छ । विराटनगर महानगरपालिकाको वडा-६ का ४५ वर्षीय पुरुषको मृत्यु भएको...

प्रहरी आएपछि भागाभाग, गएपछि भिडभाड

सप्तरी, राजविराज । लकडाउन पालनाका लागि सप्तरीमा सुरक्षाकर्मीले कडाई गरेपनि विगत केही दिन यता यसको ब्यापक उल्लघंन हुन थालेको छ । मिथिलाञ्चलको महत्वपूर्ण पर्व सावित्रि...

सेभियाको सहज जित

मड्रिड । कोरोना महामारीपछि सुरु भएको स्पेनिस ला लिगाको पहिलो खेलमा सेभियाले सहज जित निकालेको छ । ‘डर्वी’ खेलमा सेभियाले रियल बेटिसमाथि २–० को...

नौ महिनामा २२ गैँडा मरे, आफ्नै खर्चमा गणना गरिँदै

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढ्दै गएको छ । विस २०७६ साउनदेखि हाल सम्म २२ वटा गैँडा सोही कारणले मरेका...

अझै ढिके नुनकाे भर

पर्सा । नेपालमा आयोडिनयुक्त नुन अभियान सुरु भएको दुई दशक बितिसक्दा पनि पर्साका ५...

ब्यक्तिले मिचेको २८४ विघा जमिन सरकारले फिर्ता ल्यायो

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले हालसम्म २८४ विघा जमिन फिर्ता गरेको...

सरकारले तोकेकै समयमा निर्वाचन गर्छ, तयारीमा लाग्नुस् : उपप्रधानमन्त्री पोखरेल

सिन्धुली । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेकै समयमा निर्वाचन गर्ने बताएका छन् । नेकपा सचिवालय सदस्य समेत रहेका पोखरेलले बुधबार बिहान सिन्धुलीमा अगुवा कार्यकर्तासँगको...

आईजीपीसहित चार प्रहरी अधिकृतलाई मानहानी मुद्धा चलाउन सर्वाेच्चको आदेश, अदालतको आदेश छलेको, अवज्ञा गरेको आरोप

काठमाडौं । सर्वोच्च अदालतले एक बन्दी प्रत्यक्षीकरण रिटमा अदालतबाट सुनुवाइ भएर छाड्न दिएको आदेश पालना नगर्नु अशोभनीय मात्रै नभई आपत्तिजनक...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

बिना मगरको दुख : पहिला किन गरिनस्, अहिले किन गरिस् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि निवर्तमान खानेपानीमन्त्री भएकी बिना मगर अहिले परिवारका सदस्यसंग रमाउन थालेकी छिन् । दाहाल नेपाल समुहले...

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताएका छन्...

सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सप्तरी, राजविराज । केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । चिसोबाट बढी...

भर्खरै

भारतमा आजबाट कोरोनाविरुद्ध खोप अभियान

नयाँदिल्ली । भारतमा आजबाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको छ । पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी र अग्रपंक्तिमा कार्यरत सुरक्षा कर्मचारीलाई खोप दिइने...

अभिनेत्री कंगनालाई कथा चोरीको आरोप

मुम्बई । सधैंजसो विवादमा परिरहने बलिउड अभिनेत्री कंगना रनौत यतिबेला आफ्नो नयाँ फिल्मको कथाका कारण विवादमा छिन् । उनलाई आफ्नो नयाँ फिल्मको कथा चोरी...

आउन थाले फिल्म हलमा दर्शक

काठमाडौं । दस महिनासम्म नयाँ चलचित्र नआएका नेपालका फिल्म हलमा अभिनेता शिव श्रेष्ठले बिहीबारबाट देशव्यापी रूपमा आफ्नो नयाँ चलचित्र एउटा यस्तो प्रेम कहानी रिलिज...

बिना मगरको दुख : पहिला किन गरिनस्, अहिले किन गरिस् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि निवर्तमान खानेपानीमन्त्री भएकी बिना मगर अहिले परिवारका सदस्यसंग रमाउन थालेकी छिन् । दाहाल नेपाल समुहले...

धेरै पढिएका

ओलम्पिक कमिटीका अध्यक्षलाई पितृशोक

काठमाडौं । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई पितृशोक परेको छ । निवर्तमान सांसद श्रेष्ठका पिता ९३ वर्षीय पिता कृष्णरामको काठमाडौँ –१५ स्वयम्भू धिमेहोलस्थित...

पत्रकार महासंघद्वारा पत्रकार पुरस्कृत

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले एकैथलोमा एक दर्जन पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । नेपाल पत्रकार महासंघ कस्की शाखाकोे शुक्रबार १५ औं साधारण...

एथलेटिक्स टोली स्वदेश फर्कियो

काठमाडौं । बंगलादेशको ढाकामा भएको बंगबन्धु शैख मुजिब ढाका म्याराथनमा सहभागी भई २ खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली बुधबार स्वदेश फर्किएको छ ।...

मार्नुसको सतक, भारतविरुद्ध अस्ट्रेलिया बलियो स्थितिमा

बिसवन । भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाले पहिलो दिनको खेल सकिँदा ५ विकेटको नोक्सानमा २७४ रन बनायो । अस्ट्रेलियाका लागि मार्नुस लबुसचेनीले सतकीय पारी खेले...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)