कैलाली कारागारमा एक कैदीको मृत्यु

सांकेतिक तस्वीर

धनगढी । कैलाली कारागारमा रहेका एकजना कैदीको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ का ६७ वर्षीय बुधराम डगौरा रहेका छन् ।

जबरजस्तीकरणी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका डगौंरा प्यारालाइसिस रोगी रहेको कैलाली कारागारका जेलर महेन्द्रबहादुर खड्काले बताए । डगौंराको शव परीक्षका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

यसअघि डगौरालाई कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो । रिर्पोट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका उनमा स्वास्थ्य समस्या देखिएको जेलर खड्काले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 268 times, 1 visits today)

epaper

ताजा समाचार

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु