Thursday, August 5, 2021
Homeप्रदेशप्रजनन् अधिकार सम्वन्धि ऐन कागजमा सिमित

प्रजनन् अधिकार सम्वन्धि ऐन कागजमा सिमित

,
sharethis

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सेवा सम्वन्धि निति योजना तथा कार्यक्रम तयार गर्न सरकारलाई सुझाव दिन प्रजनन स्वास्थ्य समन्वय समिति गठन भएपनि सो समिती निष्कृय रहेको पाइएको छ । जसका कारण प्रजनन् अधिकार मुलतः कार्यान्वयनमा आउन सकेको छैन ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको अध्यक्षतामा प्रजनन स्वास्थ्य समन्वय समिति रहने व्यवस्था छ ।

नेपाल स्वास्थ्य स्वयम्सेवी संघका केन्द्रिय उपाध्यक्ष साबीत्री मैनालीले ऐन बनेपनि कार्यान्वयन नभएको बताईन् । उनले भनिन््,‘ निति बनाउने तर कार्यान्वयन नहुने हो भने त हात लाग्यो शून्य नै हुन्छ । हामी स्वयम्सेविकाहरुलाई प्रजनन स्वास्थ्य समितिको बैठकमा पछिल्लो समय बोलाएको पाएको छैन ।’ उनले समिति निष्कृय हुँदा प्रजनन् अधिकार कार्यान्वयनको सुनिश्चितता माथि प्रश्न चिन्ह् उठेको बताईन् ।

समितिको सदस्यहरुमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक रहने व्यवस्था छ ।

सरकारी, गैरसरकारी वा निजी सं संस्थामा कार्यरत पुरुष कर्मचारीको पत्नी सुत्केरी हुने भएमा त्यस्तो कर्मचारीले सुत्केरी हुनु अघि वा पछि पारिश्रमिक सहितको पन्ध्र दिन प्रसूति स्याहार बिदा पाउने सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ मा उल्लेख छ । तर,यी बुँदाहरु पुर्णतः कार्यान्वयनमा आउन सकेका छैनन्

यस्तै, नेपाल मेडिकल काउन्सिलका प्रतिनिधी, नेपाल स्वास्थ्य व्यवसायी परिषद्का प्रतिनिधि, स्वास्थ्य मन्त्रालयका कानुन अधिकृत, प्रजनन स्वास्थ्य तथा प्रजनन अधिकारको क्षेत्रमा अध्ययन अनुसन्धान वा सेवा प्रदान गरिरहेका पेशागत संस्थारव्यक्तिहरु मध्येबाट एक महिला सहित मन्त्रालयबाट मनोनित प्रतिनिधि दुई जना सदस्य, स्वास्थ्य मन्त्रालयले तोकेको नेपाल स्वास्थ्य स्वयंसेविका संघको प्रतिनिधि एक जना सदस्य रहने प्रावधान छ ।

समितिको सदस्य सचिवमा स्वास्थ्य सेवा विभाग अन्तर्गत् परिवार कल्याण महाशाखाका निर्देशक सदस्य सचिव हुने व्यवस्था छ । समितिका सदस्य सचिव समेत रहेका स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा भीमसिंह तिङकरीले कोभिड १९ महामारीका कारण बैठक बस्न नसकेको बताए । उनले भने, ‘अब हामी छिट्टै समितिको वैठक बस्छौं । समिती सन्दर्भमा मनोनयन फाईल अघि बढिसकेको छ । ’ उनले आफूहरुपनि कोभिड महामारी रोकथाममा खटिएकाले समितीको बैठक बस्न केहि ढिलाई भएको बताए ।

ऐनमा सरकारी, गैरसरकारी वा निजी संघ संस्थामा कार्यरत महिलालाई सुत्केरी हुनु अघि वा पछि कम्तीमा अन्ठानब्बे दिनसम्मको तलब सहितको प्रसूति बिदा पाउने अधिकार हुने भनिएको छ । यस्तै, सरकारी, गैरसरकारी वा निजी संघ संस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दुध खुवाउनका लागि आवश्यक व्यवस्था मिलाउनु पर्ने ऐनमा उल्लेख छ । अहिलेपनि निजि तथा सरकारी क्षेत्रमा कार्यरत केहि महिला कर्मचारीहरुले सहज तरीकाले विदा पाउँदैनन् ।

सरकारी, गैरसरकारी वा निजी सं संस्थामा कार्यरत पुरुष कर्मचारीको पत्नी सुत्केरी हुने भएमा त्यस्तो कर्मचारीले सुत्केरी हुनु अघि वा पछि पारिश्रमिक सहितको पन्ध्र दिन प्रसूति स्याहार बिदा पाउने सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ मा उल्लेख छ । तर,यी बुँदाहरु पुर्णतः कार्यान्वयनमा आउन सकेका छैनन् ।

सरकारले प्रत्येक वर्ष आफ्नो वजेट मार्फत प्रत्येक स्थानीय तहलाई मातृत्व तथा प्रजनन स्वास्थ्य सेवाको प्रयोजनका लागि अनुदान रकम विनियोजन गर्नुपर्ने भएपनि कार्यान्वयनमा आउन सकेको छैन ।

प्रत्येक स्वास्थ्य संस्थाले मृतक शिशु तथा गर्भपतन भएका तथा गराएका महिलाको संख्या समेत खुल्ने गरी अभिलेख गर्नु पर्ने प्रावधान छ । यस्तै, प्रत्येक स्वास्थ्य संस्थाले स्वास्थ्य संस्थामा प्रसुति सेवाको लागि आएका गर्भवती महिलाको मृत्यु भएमा त्यस्तो महिलाको अभिलेख गर्नु पर्ने भनिएपनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

गत असोजमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियमावली, २०७७ स्वीकृत भएको थियो । महिलाको प्रजनन स्वास्थ्य सम्बन्धी हकको सम्मान, संरक्षण र परिपूर्ति गर्दै सुरक्षित, गुणस्तरीय, सर्वसुलभ तथा पहँुचयोग्य सेवा बनाउने अवधारणाका साथ सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ लागु भएको हो ।

(Visited 108 times, 1 visits today)

आजको समाचार

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

साताका लोकप्रिय समाचार

चापाकोट नगरमा स्वास्थ्य संकट

स्याङ्जा । कोरोना संक्रमण समुदायमा फैलदो अवस्थामा पुगेको भन्दै १० दिनलाई स्वास्थ्य संकट घोषणा गरेको छ । नगर प्रमुख शिबकुमार गिरीले एक विज्ञप्ति जारी...

नेम्वाङ र अलमुताइरी विवाद मन्त्रालयमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा पछिल्लो समय वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवादको छानबिनका लागि...

प्रभुराम शर्मा कामु प्रधानसेनापति नियुक्त

  काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार...

पत्रकारलाई धम्कि आउदा महासंघ बोल्न नसकोको भन्दै तालाबन्दी

  पोखरा । समाचार लेखेको विषयलाई लिएर पत्रकार रञ्जन अधिकारीलाई धम्की आएको घटनामा नेपाल पत्रकार महासंघ कास्की शाखाले अभिभावकत्व ग्रहण गर्न नसकेको भन्दै प्रेस चौतारी...

कोरोना संक्रमितले भरियो टेकु अस्पताल, टहरामै बिरामीको उपचार (फोटोफिचर)

  काठमाडौं । एक साता यता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका बेड कोरोना संक्रमितले भरिएका छन् । संक्रमितका लागि ४० वटै बेड बिरामीले भरिएपछि...

ट्रेन्डिङ

धनकुटाका कोरोना संक्रमितलाई ट्याक्टरमा राखेर लगियो अस्पताल

धनकुटा । धनकुटामा भेटिएका आठौं कोरोना संक्रमितलाई ट्याक्टरमा राखेर गाउँबाट अस्पताल पठाइएको छ । कोरोना संक्रमण पुष्टि भएका सहिदभूमी गाउँपालिका–७ का २७ बर्षीय संक्रमित...

बैद्य नेतृत्वको विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष पक्राउ

काठमाडौँ । प्रहरीले मोहन वैद्य नेतृत्वको अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरीकृष्ण गजुरेललाई पक्राउ गरेको छ । उनलाई प्रहरीले चन्दा कसुर ऐन बमोजिम मुद्दा चलाउने तयारी...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)