Monday, January 18, 2021
Home प्रमुख नेकपामा विवाद बढ्दा भूतप्रेतहरु सल्बलाउन थाले : मन्त्री भट्टराई

नेकपामा विवाद बढ्दा भूतप्रेतहरु सल्बलाउन थाले : मन्त्री भट्टराई

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरुचाउने भूतप्रेतहरु सल्बलाउन थालेको बताएका छन् ।

झापाको विर्तामोडस्थित सिद्धार्थ होटल ग्रान्डसिटीको आज उद्घाटन उनले भने, ‘भूतप्रेतहरुले पोखरा र झापातिर कतै जुलुस निकालेको र कतै निकाल्न लागेको सुनिएको छ, नेकपामा तलमाथि भयो भने परिवर्तन र संविधान नचाहने शक्तिहरु हौसिन्छन् भन्ने यो उदाहरण हो ।’

मन्त्री भट्टराईले नेकपामा देखिएको विवाद चाँडै हल हुने र त्यसपछि सुपरफास्ट गतिमा पार्टी अघि बढ्ने बताउँदै पार्टीको सचिवालय बैठकले समस्या निकास दिन नसके स्थायी कमिटीको बैठकले सचिवालयका सबै प्रतिवेदनहरु खारेज गरेर नयाँ निर्णय लिनेछ भने । उनले भने, ‘स्थायी कमिटी निर्णय गर्न र समस्याको हल निकाल्न सक्षम छ, त्यो निर्णय कसैले नसोचेको पनि हुनसक्छ ।’

नेकपा अहिलेको अप्ठेरो परिस्थितिबाट विभाजनलाई क्रमभङ्ग गर्दै अघि बढ्ने उल्लेख गर्दै उनले मुलुकमा विदेशी शक्ति, चरम दक्षिणपन्थी र चरम वामपन्थीको चलखेललाई विफल तुल्याइने दाबी गरे ।

आगामी वर्ष आन्तरिक पर्यटन वर्ष हुने

मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिए । उनले कोभिड–१९ को चपेटाबाट जुध्दै मुलुकको समृद्धिमा टेवा पु-याउन आन्तरिक पर्यटनलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

मन्त्री भट्टराईले हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिएर छुट्टीको अवधिलाई आन्तरिक पर्यटन अभिवृद्धिमा लगाउन आफूले प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरेको उल्लेख गर्दै कोरोना महामारीको सङ्कटबाट गुज्रिएको नेपाली पर्यटन क्षेत्र अब अगाडि बढ्न थालिसकेको बताए ।

सरकारले केही गरेन भन्नेहरुलाई जवाफ

सरकारले केही गरेन भन्दै नेकपा सरकारको आलोचना गर्नेहरु पूर्वाग्रही भएको उल्लेख गर्दै भनेको बेला भेन्टिलेटर नपाउँदा, खोजेको बेला आइसीयू नपाउँदा सर्वसाधारण जनतामा केही असन्तुष्टि हुनु स्वाभाविक भएता पनि सरकार सुतेर बसेको छ जस्तो गरी आरोप लगाउनेहरुले आफ्नो विगत हेर्नुपर्ने बताए ।

यो पनि पढ्नुहोस   योगेश भट्टराई भन्छन् : केटो नै हुँ, प्रधानमन्त्रीको स्तर थाहा पाएँ

‘आज मुलुकका ७० वटा प्रयोगशालबाट पिसीआर परीक्षण भइरहेको छ’, उनले भने, ‘हिजो सबैभन्दा लामो समय सत्तामा बसेकाहरुबाटै अहिले केही भएन भनेको सुन्दा अचम्म लाग्छ, हिजो उहाँहरुले कमसेकम २० वटा पिसीआर प्रयोगशाला बनाएर छाडेको भए हुन्थ्यो नि, किन केही नगरेको ?’

विश्वका चीनलगायत थोरै मुलुकले मात्र कोरोनाकालमा आफ्नो अर्थतन्त्रको विकासलाई धेरै तल गिर्न नदिएको चर्चा गर्दै उनले विश्व बैंकको प्रतिवेदनअनुसार अहिले नेपालले यस्तो सङ्कटका बेला पनि दुई दशमलव पाँच प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको स्पष्ट पारे ।

मन्त्री भट्टराईले कोभिड–१९ को सबैभन्दा ठूलो मार पर्यटन क्षेत्रले खेप्नुपरेको उल्लेख गर्दै पर्यटन व्यवसायलाई उठाउनका लागि सरकारले रु ५० अर्बको पुनर्कर्जा कोष स्थापना गरेको स्मरण जानकारी दिए ।

५० करोडको लगानीमा सिद्धार्थ होटल स्थापना

सिद्धार्थ होटल ग्रान्ड सिटीमा ११ जना उद्यमीको रु ५० करोड लगानी रहेको छ । विर्तामोड नगरपालिका–४ स्थित छ कठ्ठा जग्गामा फैलिएको यस होटलमा लक्जरी तहको ५१ कोठा, पाँच रेस्टुरेन्ट, दुई कन्फरेन्स हल, स्वीमिङ पोखरीलगायत सुविधा छन् ।

यसको व्यवस्थापन सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले हेरिरहेको सो समूहका प्रबन्ध निर्देशक कृष्ण न्यौपानेले जानकारी दिए ।

सो अवसरमा सङ्घीय सांसद गणेशकुमार पहाडी, प्रदेशसभा सदस्य एकराज कार्की र उद्योग परिसङ्घ प्रदेश नं १ का अध्यक्ष मीनप्रकाश मैनालीलगायतले पर्यटन व्यवसायको विकासका विविध पक्षमाथि प्रकाश पारे ।

(Visited 78 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना परीक्षणमा खटिएका कर्मचारी पारिश्रमिकबिहिन

गुल्मी । कोरोना परीक्षण प्रयोगशाला तम्घासमा कार्यरत कर्मचारी ३ महिनादेखि पारिश्रमिकविहीन भएका छन् । स्थानीय तहले समयमै रकम नदिएका कारण स्वास्थ्यकर्मीले तलब पाउन नसकेका...

संसद पुनःस्थापना गर्न आन्दोलन सशक्त बनाउँ : नेता पाण्डे

मोरङ । पूर्व मन्त्री तथा नेकपाका नेता सुरेन्द्र पाण्डेले प्रतिनिधिसभा पुनःस्थापनाका लागि आन्दोलनलाई सशक्त बनाउनुपर्ने बताएका छन् । विराटनगरमा मोरङका अगुवा नेता कार्यकर्ता भेलालाई...

योगेश भट्टराई भन्छन् : केटो नै हुँ, प्रधानमन्त्रीको स्तर थाहा पाएँ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहान–नेपाल समूहका नेता एवं पूर्व मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीटमार्फत् उत्तर दिएका छन् । प्रदेश १ को...

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथी आजदेखि निरन्तर सुनुवाई

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजदेखि संवैधानिक इजलासमा निरन्तर सुनवाइ हुने भएको छ । बृहत् पूर्ण इजलासमा सुनुवाइ होस् भन्ने रिट निवेदन सर्वोच्च अदालतलले...

लकडाउनमा दाताबाट संकललित चामल खाल्डोमा

इलाम ।  भोकमरीको अन्त्य र खाद्य सुरक्षाको विषयलाई नेपाल सरकारले महत्व दिइरहेको छ तर इलामको सूर्योदय नगरपालिका भने यसमा फितलो देखिएको छ । कोभिड–१९को...

साताका लोकप्रिय समाचार

भिडियोमा सिम्खडाको चोटिलो व्यंग्य

काठमाडौं । सामयिक राजनीतिक प्रवृत्तिकेन्द्रित ‘मिमिक्री आर्टिस्ट’ श्रीकृष्ण सिम्खडाको व्यंग्यात्मक म्युजिक भिडियो सार्वजनिक भएको छ । दुई दशकदेखि हाँस्यव्यंग्य फा“टमा सक्रिय सिम्खडाले विश्वव्यापी महामारी कोरोना...

२४ वर्षपछि पक्राउ परेका भैसी चोरी मुद्दाका अभियुक्त कारागार चलान

सप्तरी । २४ वर्षअघि भैंसी चोरी घटनामा संलग्न भई फरार रहेका सप्तरीको कंचनरुप नगरपालिका ४ का लक्षण सरदार कारागार चलान भएका छन् । सरदारलाई...

रोकिराखेको ट्याक्टरमा सुमो ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सप्तरी । रोकिराखेको ट्याक्टरमा ठोकिएर टाटा सुमो दुर्घटनामा पर्दा आइतबार एकाबिहान एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भिर घाइते भएका छन्...

नेपालमा असल शासनका कुरा

सत्तरीको दशकको मध्यबाट जब विश्वमा प्रजातन्त्रको लहर प्रारम्भ भयो । त्यसै बेलादेखि सुशासनको अवधारणाले लोकप्रियता पाउन थालेको हो । सूचना क्रान्तिले एकातिर मानवको सामाजिक...

पिक्निक खान गएका सन्तोषको चप्पल भेटियो, मान्छे भेटिएनन्

पोखरा । साथीहरुसंग बनभोज खान भन्दै फेवा किनारमा पुगेका सन्तोष परिवार बेपत्ता भएको २ दिन भयो । उनी कहाँ गए के गर्दैछन् केही पत्ता...

ट्रेन्डिङ

सज्जा चौलागाईंलाई नेपाल आइडल-३ को उपाधि

काठमाडाैं । नेपाल आइडल सिजन तीनको उपाधी सज्जा चौलागाईले पाएकी छिन् । मोरङ्गकी सज्जाले फाइनलमा किरण भुजेल र प्रविन बेडवाललाई पछि पार्दै उपाधि जितेकी...

अरुण तेस्रोका मजदुरको आन्दोलन जारी

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा निर्माणधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुरले मंगलबारपनि आन्दोलन जारी राखेका छन् । ज्याला नबढाएको र जिल्ला...

आदेशको भरमा चलेको प्रशासन

संघीयतासहितको संविधान जारी भएको पनि पुरै आधा दशकभन्दा बढी भइसक्यो । यसबीचमा जसरी राजनीतिक संरचना चलायामान हुन पुगे, त्यही मात्रामा प्रशासनिक क्षेत्र र खासगरी...

ललितपुरमा तीन पाकिस्तानी खेलाडी

काठमाडौं । साबिक विजेता टोली ललितपुर प्याट्रियट्सले एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको लागि तीन पाकिस्तानी खेलाडी अनुबन्ध गरेको छ ।...

कोरोनाविरुद्ध राष्ट्रिय जागरण अभियान थालौं

नेपालमा कोरोना महामारीविरुद्ध योजनाबद्ध रूपमा राष्ट्रिय जागरण अभियान थाल्नुपर्ने आवश्यकता देखिएको छ । माहामारी बढ्दै जाने तर त्यसलाई रोकथाम गरिनुपर्ने प्राथमिक उपायप्रति जनतामा त्यति...

रहस्यमय बन्दै नक्कली सुन काण्ड

काठमाडौं । गत मंगलबार प्रहरीबाट एकाएक सूचना चुहियो– कमलादीबाट १५ किलो सुन जस्तै देखिने पदार्थ भेटियो । त्यस बखत प्रहरीले भन्यो, ‘स्कार्पियो चढेर आएका...

प्रचण्डका सम्बोधन पुस्तकमा संग्रहित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सरकार प्रमुखका रुपमा व्यक्त विचारहरुको संग्रह ‘नयाँ युगको पदचाप’ हालै सार्वजनिक भएको छ...

काठमाडौं उपत्यकामा थपिए ६४७ जनामा कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ६४७ कोरोना सङ्क्रमितको थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका सङ्क्रमितमध्ये काठमाडौँका...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

प्रदेश १ मा सत्तारोहणको बाटोमा काँग्रेस

मोरङ । प्रदेश १ मा अबको सत्ता समिकरणका लागि नेपाली कांग्रेस निर्णायक भएको छ । दुई तिहाई सहितको सरकार सञ्चालन गरिरहेको नेकपा नै दुई...

थप २६६ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३ हजार...

एचआइभी/एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभीबाटै मृत्यु

सप्तरी, राजविराज । ९ वर्षअघि एचआइभी÷एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभी/संक्रमणकै कारण निधन भएको छ । राजविराज १ चनौरा निवासी १६ वर्षिया अमैया...

‘संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकारबारे कहीँकतै उल्लेख गरिएको छैन’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले...

भर्खरै

निर्माण कार्यलाई प्रभावकारी बनाउन मन्त्री प्रभु साहको यस्तो निर्देशन

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले रुग्ण तथा निर्माणाधीन आयोजनाहरुको निर्माण कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मन्त्री साहले एक परिपत्र जारी गर्दै...

केपी ओली शरीरमा निस्केको गलगाँड जस्तै भए : माधव नेपाल

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सपना चकनाचुर पारेर छोड्ने बताएका छन् । उनले आफुहरु...

आगोले नै निभायो आगो

मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी...

प्रदेश १ मा सत्तारोहणको बाटोमा काँग्रेस

मोरङ । प्रदेश १ मा अबको सत्ता समिकरणका लागि नेपाली कांग्रेस निर्णायक भएको छ । दुई तिहाई सहितको सरकार सञ्चालन गरिरहेको नेकपा नै दुई...

धेरै पढिएका

असहायलाई न्यानो कपडा र मिठाई दिएर माघे संक्रान्ति मनाईयो

सप्तरी, राजविराज । माघी अर्थात माघे संक्रान्तिका अवसरमा बिहीबार यहाँ विविध कार्यक्रम गरिएको छ । कसैले घर परिवारमै त कसैले सार्वजनिक कार्यक्रम गरेर माघे...

रोकिराखेको ट्याक्टरमा सुमो ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सप्तरी । रोकिराखेको ट्याक्टरमा ठोकिएर टाटा सुमो दुर्घटनामा पर्दा आइतबार एकाबिहान एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भिर घाइते भएका छन्...

विस्थापित बस्तीमा सेनाको स्वास्थ्य शिविर (फोटोफिचर)

बाह्रबिसे । पहिरोबाट विस्थापित भएर आफ्नो थातथलो छाडेर बासखर्कको वन क्षेत्रमा बस्दै आएका लिदी पहिरो पीडितहरुलाई लक्षित गरेर नेपाली सेनाले स्वास्थ्य शिविरको आयोजना गरेको...

आउन थाले फिल्म हलमा दर्शक

काठमाडौं । दस महिनासम्म नयाँ चलचित्र नआएका नेपालका फिल्म हलमा अभिनेता शिव श्रेष्ठले बिहीबारबाट देशव्यापी रूपमा आफ्नो नयाँ चलचित्र एउटा यस्तो प्रेम कहानी रिलिज...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)