Friday, June 18, 2021
Home प्रदेश ‘संसद् जीवन्त र जनमुखी बनाऔं’

‘संसद् जीवन्त र जनमुखी बनाऔं’

,

काठमाडौं । संघीय संसद् र प्रदेशसभा सञ्चालनसम्बन्धी संघ र प्रदेशका सभामुख तथा उपसभामुखहरूले संसद्लाई जीवन्त र जनमुखी बनाउने निष्कर्ष निकालेका छन् । सातै प्रदेशका सभामुख, उपसभामुखका साथै संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभा)का अध्यक्ष एवं उपाध्यक्षको छलफलले यस्तो निष्कर्ष निकालेको हो ।

संघीय संसद् सचिवालयको आयोजनामा नयाँबानेश्वरस्थित संसद् भवनमा भएको कार्यक्रमले संसदीय अभ्यास र यसअघिका अन्तक्र्रिया कार्यक्रमको समीक्षा, आपसी समन्वय र सहकार्यलाई जोड दिएको छ । अन्तरक्रिया कार्यक्रमले संघीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाउन आआफ्नो स्थानबाट थप रचनात्मक र प्रभावकारी भूमिका खेल्ने साझा धारणा बनाएको छ ।

यसैगरी, संविधानमा उल्लिखित संघ, प्रदेश र स्थानीय तहका साझा अधिकारका विषय र प्रदेश तथा स्थानीय तहका कानुन निर्माणका लागि आवश्यक रहेका संघीय कानुन निर्माण गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त भएको छ । साथै कोभिड–१९ को महामारी बीचमा संघीय संसद् र प्रदेशसभा सञ्चालन गर्नुपर्ने अवस्था आएकाले सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्दै सभा सञ्चालन गर्न र कोभिड–१९ सम्बन्धी जनचेतनाका लागि नेतृत्वदायी भूमिका खेल्नेसमेत कार्यक्रमले निष्कर्ष निकालेको छ ।

संघीय र प्रदेशसभा सञ्चालनका नौ बुँदा

संघीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाउन आआफ्नो स्थानबाट थप रचनात्मक र प्रभावकारी भूमिका खेल्ने

 संघ, प्रदेश र स्थानीय तहका साझा अधिकारका विषय र प्रदेश तथा स्थानीय तहको कानुन निर्माणका लागि आवश्यक रहेका कानुन निर्माण गर्ने

 संघ र प्रदेशसभाबाट निर्माण भएका कानुन कार्यान्वयन गराउने

 संघ र प्रदेशसभा सञ्चालनका लागि आवश्यक बजेट सभाबाटै तर्जुमा गर्ने

 संघ र प्रदेशसभाका सदस्य र कर्मचारीको क्षमता अभिवृद्धि, अनुभव आदान प्रदान र अध्ययन भ्रमण जस्ता कामलाई प्रोत्साहित गर्ने

 कोभिड–१९ को महामारीका बीच संघीय संसद् र प्रदेशसभा सञ्चालन गर्नुपर्ने अवस्था आएकाले सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गरी सभा सञ्चालन गर्ने ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकास, विस्तार र सुदृढीकरण गर्दै विकास र समृद्धिको प्रतिफल जनस्तरमा पु-याउन राज्यका सबै संरचनाबीच उचित समन्वय, सहकार्य र आम जनसमुदायको ऐक्यबद्धता आवश्यक छ,’ संघीय संसद् र प्रदेशसभाका पदाधिकारीले हस्ताक्षर गरेको साझा निष्कर्षको नौ नम्बर बुँदामा भनिएको छ, ‘लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हो भन्ने मान्यतालाई आत्मसात् गर्दै लोकतान्त्रिक मूल्य मान्यतालाई जीवन पद्धतिका रूपमा थप सुदृढ गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

सभामुख अग्निप्रसाद सापकोटाले प्रदेशसभालाई आफ्नो पहिचान स्थापित गर्ने चुनौती रहेको बताए । संघीय संसद् र प्रदेशसभा सञ्चालन अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रमको समापनका अवसरमा बोल्दै उनले नेपालमा प्रदेशसभा पहिलो पटक सुरु भएकाले यसलाई स्थापित गर्ने चुनौती रहेको बताए । उनले संघीय संसद् र प्रदेशसभामा चुनौतीभन्दा अवसर बढी रहेको उल्लेख गरे । संघीयताको विरोधमा उठिरहेका आवाजप्रति इंगित गर्दै उनले भने, ‘कतै कतै नियोजित रूपमा प्रदेश सरकार र प्रदेशसभा आवश्यक छ र भन्ने विषय उठ्न खोजेका छन् । हामीले त्यस्ता चुनौतीलाई राम्रो कामबाट जवाफ दिँदै प्रदेशसभाको पहिचान दिनुपर्छ ।’

‘सभामुख, उपसभामुख, अध्यक्ष र उपाध्यक्ष कति तटस्थ र निष्पक्ष हुन सक्छौं ? हाम्रो तागत त्यसैमा छ । हामी निष्पक्ष र तटस्थ भएर काम गर्न सक्यौं भने हाम्रो सफलता त्यहीँ देखिन्छ,’ सभामुख सापकोटाले भने, ‘संसद्लाई जीवन्त र जनमुखी बनाउँदै व्यावहारिक कानुन बनाउनेतर्फ लाग्नु आवश्यक छ । उनले कानुनका छिद्रमा खेलेर अपराधीहरू उम्कने अवस्था भएकाले कानुन निर्माण गर्दा जनमुखी र व्यावहारिक बनाउनुपर्नेमा जोड दिए । कानुन निर्माणमा आम जनतालाई कसरी सहभागी बनाउन सकिन्छ भन्नेमा सचेत हुनुपर्ने भन्दै उनले सञ्चार जगत्ले नागरिकलाई सुसूचित गरेर महŒवपूर्ण भूमिका खेल्न सक्ने बताए ।

प्रदेशसँग सरोकार राख्ने ऐन कानुनहरू चाँडो पारित गर्न संघीय संसद्का तर्फबाट आफूले पहलकदमी बढाउने प्रतिबद्धता व्यक्त गर्दै सभामुख सापकोटाले स्थानीय तहको अभिभावकका रूपमा प्रदेशले भूमिका खेल्नुपर्ने बताए । विधेयकहरू चाँडो पारित गर्न खोज्दा यसको गुणस्तरीयतामा प्रश्न उठ्न सक्ने भन्दै उनले विधेयक गुणस्तरीय बनाउन र त्यसमा कसैको स्वार्थ नघुसोस् भन्नेमा सचेत हुनुपर्ने बताए । संसदीय समितिलाई जति सक्रिय बनाउन सक्यो, त्यति नै सन्तुलित कानुन बन्ने उनले धारणा राखे ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय तथा प्रदेश सांसदहरूको भूमिका विधि निर्माणमा देखिनुपर्ने बताए । संघीय संसद् र प्रदेशसभा सञ्चालन अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रमको समापनका अवसरमा बोल्दै उनले सांसदहरूको भूमिका निर्वाचन क्षेत्रमा कति पैसा लग्यो भन्नेमा भन्दा विधि निर्माणमा देखिनुपर्ने बताए । अहिले कुन सांसदले आफ्नो निर्वाचन क्षेत्रमा कति बजेट बाँड्यो भन्ने जस्ता विषयले सांसदको भूमिका मापन गर्नु गलत परिपाटी भएको बताउँदै उनले विकास निर्माणका काम राज्यका विभिन्न निकायमार्फत नै हुने बताए ।

प्रदेशका सभामुख तथा उपसभामुखहरूले छलफलमा उठाएका विषयबारे बोल्दै अध्यक्ष तिमिल्सिनाले संसद्ले रुलिङ गरेका विषयमा मन्त्री वा सरकारले जवाफ दिनैपर्ने बताए । ‘संसद्ले रुलिङ गरेका विषयहरूमा मन्त्री वा सरकारले जवाफ दिनुपर्छ,’ उनले भने, ‘संसदीय मूल्य मान्यता मान्छौं भने संसद्ले रुलिङ गरेका विषयमा सरकार जवाफदेही बन्नैपर्दछ । त्यो कानुनी व्यवस्था हो । यो हाम्रो क्षेत्र होइन भन्ने वा अरू कुनै बहानामा पन्छिन मिल्दैन ।’

(Visited 139 times, 2 visits today)
Loading comments...

आजको समाचार

उपभोक्ता ठग्ने ९७ व्यवसायीलाई कारबाही

काठमाडौँ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्ड विपरीतका गतिविधि गरी ठगी गर्ने...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

पाँच मिनेटको फिल्मले २ लाख ५० हजार पुरस्कार पाउने

  काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले बृहत सहभागिताको अपेक्षासहित ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता एनवाईएफ सर्ट...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

साताका लोकप्रिय समाचार

मेलम्ची नदीमा भिषण बाढी : कम्तीमा ५ जना बेपत्ता,स्थानीयकाे भागदौड

  मेलम्ची । अबिरल वर्षासँगै मेलम्ची नदीमा भिषण बाढी आएको छ । बाढीले नदी किनार आसपासमा रहेका घरहरु बगाएका छन् भने बाढीले कम्तीमा पनि ५...

इटहरीमा श्रीमान, श्रीमती मृत भेटिए

  इटहरी । भनिन्छ, मृत्यु अनिश्चित छ । कहाँ, कतिबेला, कसरी मानिसको मृत्यु हुन्छ ? यसको उत्तर सायदै नभेटिएला । इटहरीमा शनिबार यस्तै घटना भएको छ...

नारायणी नदी इतिहासकै उच्च विन्दुमा

भरतपुर । नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो ।...

दुःखी डाँडामा सुख खोज्दै यी अवोध (तस्विर कथा)

  संखुवासभा । संखुवासभाका चैनपुर नगरपालिका ११ को दुःखी डाडा बेला बेलामा चर्चाको विषय बन्ने गरेको छ । पछिल्लो समय आन्तरिक पर्यटनको गन्तब्य बनेको दुःखी...

कोरोना संक्रमण दर घटेकै हो त ?

काठमाडौं । पछिल्लो एक साताको संक्रमण दरलाई आधार मान्दा अहिले दैनिक ३ हजार ३ सय ७४ जनामा संक्रमण देखिएको छ । गत बिहीबारदेखि बुधबारसम्म...

ट्रेन्डिङ

प्रियंकाको विवाह १५ फागुनमा

काठमाडौं ।  अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको विवाह अबको ११ दिनपछि हुने भएको छ । डेढ वर्षअघि इंगेजमेन्ट गरेका अभिनेता आयुष्मान र अभिनेत्री प्रियंकाले २०७६ असारमा विवाहको घोषणा गरेका थिए । तर, त्यतिबेला फिल्मको व्यस्ताका कारण...

भारतीय असफल कूटनीति

भारतले नेपालको अतिक्रमित भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेक आफ्नो भूमितिर पार्दै भारत–चीन मानसरोवर तीर्थयात्राको मार्ग निर्माणका नाममा नेपालमाथि उसले फेरि हेपाहा प्रवृत्ति र ज्यादती...

दैनिक ज्यालादारीलाई परिवार पाल्नै धौधौ

काठमाडौं । रामेछापका कृष्ण खड्कालाई ‘परिवार कसरी पाल्ने ?’ भन्ने पिरलोले सताउन थालिसक्यो । काठमाडौं मैतिदेवी डेरामा परिवारसहित बस्दै आएका उनी २० वर्षदेखि...

किशोरीलाई जबरजस्ती गर्ने पक्राउ

पाल्पा । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा माथागढी गाउँपालिका–५ ओखलढुङ्गा बस्ने ४५ वर्षीय ईन्द्र बहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । घरमा किशोरी...

एट्लेटिको लयमा

मड्रिड । रियल भालाडोलिडमाथि कठिन जित निकाल्दै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लन सफल भएको छ । एट्लेटिकोको भालाडोलिडमाथि १–० को कठिन...

काँग्रेसद्वारा तेस्रो पटक संसद बैठक अवरुद्ध

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक पनि स्थगन भएको छ । झण्डै पौने घण्टा ढिला गरी शुरु भएको...

कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग

काठमाडौँ । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले धारिलो...

उपाध्यायको आयो नयाँ गीत

काठमाडौं । गीतकार डीआर उपाध्यायले आफ्नो नयाँ गीत साक्षी राखेर भगवान्लाई...को भिडियो रिलिज गरेका हुन् । उनले यो गीतको भिडियो डीआर म्युजिक एन्ड क्रिएसनमार्फत...

महोत्तरीमा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बलवा...

कोरोना संक्रमण तयारी कमजोर भएकोमा मन्त्री साहको चिन्ता

सप्तरी, राजविराज । प्रदेश २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले संसारभर त्रास फैलाएको कोरोना भाईरसको संक्रमणबाट जोगाउन गृह जिल्लामा...

कोरोना संक्रमणले भारतमा मृत्यु हुनेको संख्या २ पुग्यो, ८२ संक्रमित

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ पुग्यो । हिजो शुक्रबार राजधानी नयाँ दिल्लीको पश्चिमी क्षेत्रमा एक ६८ वर्षीया महिलाको मृत्यु...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)