स्याउले बजारमा खानेपानी राहत: ३२० फिट गहिराइमा डिप बोरिङबाट पानी भेटियो

धनगढी । लामो खडेरीका कारण नलका र धारा सुकेर खानेपानीको अभाव झेल्दै आएको स्याउले बजार क्षेत्रमा डिप बोरिङमार्फत खानेपानीको व्यवस्था गरिएको छ ।

धनगढी उपमहानगरपालिकाले स्थानीयको खानेपानी समस्या समाधान गर्ने उद्देश्यले स्याउले बजार नजिक वन कार्यालय अगाडि डिप बोरिङ निर्माण गरेको हो ।

उपमहानगरपालिकाका अनुसार वडा नं. १४ का अध्यक्ष मानबहादुर बिष्ट सँगको छलफलपछि तीन दिनअघि बोरिङ निर्माणको काम सुरु गरिएको थियो । निर्माणका क्रममा ३२० फिट गहिराइमा पर्याप्त मात्रामा पानी फेला परेको उपमहानगरपालिकाका विपद् शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिए ।

डिप बोरिङ सञ्चालनमा आएपछि स्याउले बजार आसपासका स्थानीयले खानेपानी समस्याबाट उल्लेखनीय राहत पाउने अपेक्षा गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

स्याउले बजारमा खानेपानी राहत: ३२० फिट गहिराइमा डिप बोरिङबाट पानी भेटियो