सुतिरहेकी छोरीलाई उठाएर बलात्कार गर्ने बाबु पक्राउ

सर्लाही । आफनै छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेको छन् । पक्राउ पर्नेमा भारतको मुज्जपरपुर घर भई हाल हरिपुर नगरपालिका वडा न. ६ ससुराली घरमा बस्दै आएका ३५ वर्षिय एक पुरुष रहेका छन् । आइतवार इलाका प्रहरी कार्यालय हरिपुरवाट खटिएको टोलिले आफ्नै ६ वर्षिय छोरीलाई पटक पटक बलात्कार गर्ने वावुलाई पक्राउ गरेको छ ।

पक्राउ परेका ति पुरुषले ६ वर्षिया छोरीलाई पटक पटक बलात्कार गरेको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुई छोरा र १ छोरी गरी ३ सन्तानका बाबुले माईली छोरीलाई बलात्कार गर्दै आएका थिए । सबै परिवार इट्टा भट्टामा मजदुरी गर्छन् भने सोही ईट्टा भट्टामा रहेको सानो झोपडीमा बस्दै आएका छन् ।

परिवारका सदस्यले दिएको जानकारी अनुसार तीन साता अघि ति पुरुषले सुतीरहेकी छोरीलाई उठाएर झोपडी भन्दा केही पर लगेर योनिमा लिङ्ग छिराउने प्रयास गरेका थिए भने छोरीको मुखमा बिर्य संख्लन गराएको प्रहरीले जनाएको छ । घटना घटेपछि बालिकाकी आमाले सम्झाई बुझाई एक पटकका लागी भन्दै छाडेको बताइन् ।

गएको मंसिर १२ गते शुक्रवार राती सुतेको बेलामा छोरीलाई उठाई झोपडीको उत्तर पट्टीको कुन्नामा लगी छोरीको योनिमा लिङग छिराउन प्रयास गरेको र मुखमा बिर्य स्खलन गरेको घटना सार्वजनिक भएपछि बालिकाको आमाले आवश्यक कार्वाहीको लागि शनिवार इलाका प्रहरी कार्यालय हरिपुरमा निबेदन दिएको थिइन् ।

त्यसपछि ति पुरुषलाई प्रहरीले पक्राउ गरी जवरजस्ती करणी कसुर अन्तर्गत जिल्ला अदालत सर्लाहीवाट ५ दिनको म्याद लिई अनुसन्धान अगाडी वढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

epaper

ताजा समाचार

संघीय संसद्का दुवै सदनको बैठक बस्दै