काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा एक हजार ४७४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ९ हजार ९११ जनाको स्वास्थ्य परीक्षण गर्दा एक हजार ४७४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ३३ हजार ४५२ पुगेको छ । पछिल्लो समय एक हजार ९३१ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या २ लाख १४ हजार ५२१ पुगेको मन्त्रालयले जनाएको छ । देशभर १७ हजार ४२३ सक्रिय सङ्क्रमित छन् । देशभर ५३५ जना क्वारेन्टिनमा छन् ।
तपाइको प्रतिक्रिया
(Visited 267 times, 1 visits today)






