रौतहट । मापदण्ड बिपरित चलेका रौतहटका ८ वटा क्रसर उद्योग बन्द हुनेभएका छन् । मंगलबार क्रसर उद्योगहरुको बिस्तृत अध्ययन तथा अनुगमन समितिको बैठकले मापदण्ड पुरा नगरेका क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी ईन्द्रदेब यादबको संयोजकत्वमा बसेको बैठकले प्राबिधिक समितिको प्रतिबेदनको आधारमा श्रीराम जानकी क्रसर उद्योग बृन्दाबन नगरपालिका वाड नं. ६ हर्साहा, सुमुख क्रसर उद्योग फतुवा बिजयपुर नगरपालिका वडा नंं ८, शिबशंकर क्रसर उद्योग गरुडा नगरपालिका महमदपुर, संकटमोचन वासिङ्ग उद्योग बृन्दाबन नगरपालिका वडा नं. १, शिबम बालुवा वासिङ्ग उद्योग बृन्दाबन नगरपालिका वडा नं. १, आश्रय अस्फाल्ट एण्ड क्रसर उद्योग चन्द्रपुर नगरपालिका वाड नंं ८ नयाबस्ती, रमन/सगरमाथा जेभि गुजरा नगरपालिका, र श्रेष्ठ धुकुछु मृत संजिबनी जेभि फतुवा बिजयपुर नगरपालिकालाई बन्द गर्ने निर्णय भएको हो ।
बैठकको निर्णय अनुसार घरेलु तथा साना उद्योग कार्यालय वा सम्बन्धित स्थानीय तहमा उद्योग दर्ता नभई र अनुमति प्राप्त नगरी सञ्चालन गर्दै आइरहेको क्रसर उद्योगलाई तत्काल बन्द गर्ने, घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई क्रसर सञ्चालन गर्ने अनुमति प्राप्त गरेको तर आबश्यक मापदण्ड पुरा नगरेका क्रसर उद्योगहरुलाई हाललाई बन्द गरी मापदण्ड पुर्याएपछि मात्र संचालन गर्न अनुमति दिने, र राष्ट्रिय गौरबको आयोजना तथा प्राथमिकता प्राप्त योजनाको हकमा आबश्यक क्रसर उद्योगहरु सञ्चालन गर्न अनुमति दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादबले जानकारी दिएका छन् ।
जस मध्ये श्रीराम जानकी क्रसर उद्योग बृन्दाबन नगरपालिका–६, सुमुख क्रसर उद्योग फतुवा बिजयपुर नगरपालिका–८, सधैंको लागि बन्द हुने भएको देखिन्छ । यस्तै शिबशंकर क्रसर उद्योग गरुडा नगरपालिका महमदपुर, संकटमोचन वासिङ्ग उद्योग बृन्दाबन नगरपालिका–१, शिबम बालुवा वासिङ्ग उद्योग बृन्दाबन नगरपालिका–१ लाई भने मापदण्ड पुरा गरेपछि सञ्चालन गर्ने दिने र अस्फाल्ट एण्ड क्रसर उद्योग चन्द्रपुर नगरपालिका–८, रमन/सगरमाथा जेभी गुजरा नगरपालिका, र श्रेष्ठ धुकुछु मृत संजिबनी जेभि फतुवा बिजयपुर नगरपालिकालाई भने आबश्यक कागजात जिल्ला प्रशासन कार्यालय रौतहटमा पेश गरी अनुमति लिएपछि मात्रै सञ्चालन गर्न दिने निर्णय भएको छ । कार्वाहीमा परेका सम्मुर्ण क्रसर उद्योगलाई बन्द गर्न पत्रचार गरिसकेको प्रजिअ यादबले बताए । आइतबार ती क्रसर उद्योगको स्थलगत अनुगमन गर्ने प्रजिअ यादबको भनाइ छ ।







