बन्द रहेको माटो परीक्षण प्रयोगशाला पुनः सञ्चालन हुने

इलाम । इलाममा लामो समयदेखि बन्द रहेको माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने भएको छ । माटो परिक्षणका लागि अन्य जिल्ला जानुपर्ने किसानको गुनासो आएसँगै बन्द रहेको प्रयोगशाला पुनः सञ्चालन गरिने भएको हो ।

तीन वर्ष यताबाट इलामका किसानको माटो परीक्षणका लागि सुनसरीस्थित क्षेत्रीय माटो परीक्षण प्रयोगशाला झुम्का, सुनसरी र झापाको माटो परीक्षण प्रयोगशाला सुरुङ्गा, झापामा पु-याउनु पर्ने बाध्यता थियो । माटो परीक्षणको सर्वसुलभ सुविधाबाट वञ्चित हुँदा व्यवसायिक किसान मारमा परीरहेका थिए । इलाममा प्रयोगशाला सञ्चालन भएपछि भने किसानलाई राहत मिल्ने भएको छ ।

इलामका ग्रामिण क्षेत्रका माटो परीक्षण गर्नको लागि जिल्लासम्म ल्याउन नै लामो समय लाग्छ । जिल्ला ल्याएर पनि सुरुङ्गा वा झुम्का पठाउँदा भने लामो समय लाग्ने भएकाले किसान झञ्झट मान्ने गरेको पाइन्छ । यसर्थ झन्झटिलो मानेर किसानले विगतदेखि हालसम्म परीक्षणका लागि माटो नै नल्याएको कृषि ज्ञान केन्द्र इलामका बाली संरक्षण अधिकृत हेमराज पन्तले जानकारी दिए ।

अधिकृत पन्तका अनुसार, प्रयोगशाला सञ्चालन केन्द्रले गर्नु पर्ने जिम्मेवारी भित्र नरहे पनि किसानका सुविधाका लागि सञ्चालन गरिने भएको हो । प्रयोगशाला सञ्चालन पछि माटोलाई प्रतिमहिना परीक्षण गरी आवश्यक उपचारका लागि फिल्डमा जान सहज हुने लक्ष्य राखिएको छ । माटोको पीएच मान छदेखि सातसम्म भएको माटोलाई खेती योग्य माटो मानिने पन्तको भनाई छ ।

विरुवालाई चाहिने अर्थात माटोमा हुनुपर्ने नाइट्रोजन फसफोरसको मात्रा, पोटासको मात्रा चाहिने भन्दा कम छ या मध्यम छ भनेर जाँच्ने गरिन्छ । माटो सम्बन्धि प्राविधिकहरुका अनुसार, माटोको पीएच मान सात भन्दा तल झर्दा अम्लियपन बढी र पीएच मान सात भन्दा माथि हुँदा अम्लियपन बढी हुन्छ । पीएच मान कम भई अम्लियपन बढ्दै गएको माटो अन्नबाली खेतका लागि उपयुक्त मानिदैन ।

दुई वर्ष अघि परीक्षण गरिएको माटोको नमुनालाई हेर्दा इलामका माटोमा अम्लियपन बढी (पिएच मान चार भन्दा कम) पाइएको थियो । पिएच मान चार भन्दा कम हुनु भनेको माटो विस्तारै खेतीका लागि काम नलाग्ने भएको मान्नुपर्छ अधिकृत पन्त भन्छन् । उचित समयमा माटोको परीक्षण गरेर उचित समयमा उपचार गरे किसानको पसिना खेर नजाने भएकाले स्थगित रहेको प्रयोगशालालाई पुनः सुचारु गरिने भएको हो । आगामी पुस पहिलो साताबाट प्रयोगशाला सुचारु गरी किसानलाई सर्वसुलभ सेवा दिने र पहिलो चरणमा एक सय जना किसानको माटो परीक्षण गर्ने तयारीमा केन्द्रको रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 403 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरीमा लागूऔषध बरामद र भ्रामक भिडियो प्रकरणमा खास भएको के हो ?