Tuesday, May 11, 2021
Home प्रदेश प्रदेश ३ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जाऔँ : सांसद तामाङ

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जाऔँ : सांसद तामाङ

,

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद शेरबहादुर तामाङले शासकीय स्वरुप परिवर्तन गरेर अगाडि बढ्नाको कुनै विकल्प नभएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा पूर्वकानून, न्याय तथा संसदीय मामिलामन्त्री तामाङले खर्चिलो निर्वाचन प्रणालीले विकास थिलोथिलो भएको र भ्रष्टाचार मौलाएको जनाउँदै अब प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीतर्फ सबैको ध्यान जानुपर्ने बताए ।

निर्वाचन जितेपछि जनताप्रति होइन, निर्वाचन खर्चप्रति बफादार बन्नुपर्ने अवस्थाले भ्रष्टाचार मौलाउँदै गएकामा चिन्ता व्यक्त गर्दै उनले भने, ‘म हार्दिक आह्वान गर्दछु, प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्छ, संसद् पूर्णसमानुपातिक निर्वाचन प्रणालीमा हुनुपर्छ ।’ विकास खर्चभन्दा साधारण खर्च ६० प्रतिशतले बढ्दै गएको जनाउँदै उनले संरचना घटाएर विकासमा खर्च गर्न सकिने बताए । महँगो शासकीय स्वरुप परिवर्तन गरी जनताको आकाङ्क्षा सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।

सात सय ५३ स्थानीय तहलाई घटाएर ३५० को हाराहारीमा बनाउन तथा राजधानीको विकास गर्न बृहत् काठमाडौँ उपत्यका विकास प्राधिकरण बनाएर जानुपर्ने सुझाव पनि उनले दिए ।

कालापानीमा सीमा सुरक्षाचौकी माग
नेकपाकै भीमबहादुर रावलले दार्चुलाका कालापानी, लिपुलेक तथा लिम्पुयाधुरा क्षेत्रमा भारतीय पक्षबाट सीमा अतिक्रमणलगायत घटनालाई कूटनीतिक पहलमार्फत रोक्न सरकारको ध्यानाकर्षण गराए । उनले कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सीमा सुरक्षाचौकी स्थापना गर्नका लागि तदारुकताका देखाउन माग गरे ।

सीमा सुरक्षा सर्वाधिक प्राथमिकतामा पर्ने भएकाले उल्लेख्य बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए । भारतीय फौजको उपस्थिति हटाउन भारतलाई पत्राचार गर्न पनि उजले आग्रह गरे । प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन भारतीय प्रधानमन्त्रीले बुझ्ने र असमान सन्धिसम्झौता पुनरवलोकन गर्ने सम्बन्धमा सदनलाई जानकारी गराउन उनले सरकारसँग माग गरे । नागरिकता विधेयकलाई अविलम्ब अघि बढाउन पनि उहाँले सरकारको ध्यानाकर्षण गराए ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका गगनकुमार थापाले जनचासोका विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताए । ‘प्रधानमन्त्री सदनमा आउनुपर्छ’, उनले भने, ‘उहाँले प्रतिपक्षको प्रश्नको सामना गर्नुपर्छ ।’ सांसद थापाले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउनका लागि ‘रुलिङ’ गर्न सभामुखको ध्यानाकर्षण गराए । भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने प्रधानमन्त्रीको अभिव्यक्ति व्यवहारमा नदेखिएको आरोप पनि उनले लगाए ।

(Visited 200 times, 1 visits today)
Loading comments...

आजको समाचार

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व

प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

साताका लोकप्रिय समाचार

निषेधाज्ञाको मौकामा धमाधम सडक सिंगारपटार

काठमाडौं । सरकारले निषेधाज्ञाको मौका छोपेर सडकमा मार्किङ गर्ने, जेब्रा क्रसिङ बनाउने तथा सडक सिंगारपटारको काम धमाधम अघि बढाएको छ । सडक डिभिजन कार्यालय...

गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं । लोकप्रिय गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८५ वर्षीय गायक प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा निधन भएको हो...

कोरोना संक्रमित पर्यटकलाई स्वागत छ (फोटोफिचर)

काठमाडौं । काठमाडौको क्षेत्रपाटी स्थित होटल टिम्बर हाउसलाई अहिले आइसोलशन सेन्टर बनाइएको छ । जहाँ नेपाल घुम्न आएका कोरोना संक्रमित विदेशी पर्यटकहरु बस्दै आएका...

चार्टर्ड र उद्धार उडान सञ्चालन हुने

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर तीव्र रूपले बढेर संक्रमितको संख्या दैनिक ३४ सय नाघेको र मृत्युदर पनि बढेर दैनिक ३७ जना पुग्न थालेपछि...

सिलौटाले हानेर श्रीमतीको हत्या

सर्लाही । सर्लाहीका एक पुरुषले सिलौटोले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. २ नवलपुर पुनर्बास घर भई...

ट्रेन्डिङ

अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका...

धार्मिक संस्कारमा ऋषिपञ्चमी

सामान्य अर्थमा भन्नुपर्दा पञ्चमीलाई हिन्दू पञ्चांगअनुुसार पाँचौं तिथिको क्रममा पर्नेलाई पञ्चमी भनिन्छ । यसरी पञ्चमी एक तिथि अर्थात् एक महिनामा दुईवटा हुन्छ । पूर्णिमापश्चात्...

जुम्लामा सुत्केरी र शिशुसहित २४ जनाले जिते कोरोना

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका सुत्केरी र उनका अठार दिने शिशुसहित २४ जना व्यक्तिले कोरोना जितेर घर फर्किएका छन् । स्वाब...

सातामा ७ अर्बको सेयर कारोबार

काठमाडौं । सातामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ७ अर्ब बढीको कारोबार भएको छ । दुई साताअघिसम्म निरन्तर बढेर १ हजार ६३२ को बिन्दु...

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

गोरखा । गोरखामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी...

कलैया उपमहानगरपालिका घेराउ

बारा । बाराको कलैया उपमहानगरपालिका घेराउ गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्वर ९ का स्थानियहरुले उपमहानगरपालिका घेराउ गरेका हुन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत...

कालीगण्डकीमा डुंगा दुर्घटना, १ बेपत्ता, ३ जनाको उद्दार

नवलपुर । पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका ३ स्थित कालीगण्डकी नदीमा डुंगा दुर्घटना हुँदा १ जना वेपत्ता भएका छन् । डुंगा चालक सहित ५ जना सवार...

मौसम पूर्ण सुधार हुन अझै केही दिन लाग्ने

काठमाडौँ । पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै दुई–तीन पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर...

सांसदको लोगो नेपालको नयाँ नक्साअनुसार परिमार्जन गरिने

काठमाडौँ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सङ्घीय संसद्को प्रतीक (लोगो) र प्रतिनिधिसभाका सदस्यले प्रयोग गर्दै आएका प्रतीकलाई नेपालको वास्तविक सीमाअनुरुपको नक्साअनुसार परिमार्जन गर्ने...

दुई दिनदेखी हराएकी महिला मृत फेला

हात्तीले कुल्चेर मारेको खुलासा, पाँच दिनमा दुईको ज्यान गयो राजविराज । गाई, बाख्रा चराउन घरबाट निस्केकी एक महिला मृत अवस्थामा फेला परेकी छिन् । दुई...

किर्ते दस्तखतमा उपभोक्ता समिति गठन

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकास्थित एक सडक निर्माणका लागि किर्ते दस्तखतमा उपभोक्ता समिति गठन गर्दै काम सञ्चालन गरेको पाइएको छ । गाउँपालिकाको २८ लाख...

भारतको सहयोगमा निर्मित क्याम्पस भवन उद्घाटन

काठमाडौं । भारत सरकारको सहयोगमा निर्मित विराटनगरस्थित महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पसका विज्ञान भवनको उद्घाटन गरिएको छ । नवनिर्मित विज्ञान भवनको काठमाडौंस्थित भारतीय राजदूतावास, जिल्ला समन्वय...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)