रौतहट । अबैध स्रोत नखुलेको रकम सहित दुई जना लाई रौतहट शसस्त्र प्रहरीले पक्राउ गरेको छ । रौतहटको राजदेबी नगरपालिका वाड नं. ८ लक्ष्मीपुर स्थित ससस्त्र प्रहरी बल नेपाल बिओपी बेलबिछवाको ससस्त्र प्रहरीको टोलिले १९ लाख १ हजार १ सय ५० नेपाली मुद्रा सहित सोमबार पक्राउ गरेको हो ।
रकम सहित रौतहटको कटहरिया नगरपालिका वाड नं. ६ बगही बस्ने २० बर्षिय नवल किशोर साह र भारतको सितामढि जिल्ला बैरगनीया–१४ बस्ने २३ बर्षिय सन्नी कुमार लाई पक्राउ गरेको ससस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हेड क्वाटर रौतहटका शसस्त्र प्रहरी उपरिक्षक रबिनराज कर्णजितले जानकारी दिएका छन ।
भारत बाट नेपालको रौतहट आउदै गरेको बी आर ०५ आर ९४६४ नम्बरको मोटरसाईकलमा सबार उनीहरु लाई ससस्त्र प्रहरीले चेकजाँच गर्दा उक्त रकम सहित पक्राउ गरिएको शसस्त्र प्रहरी उपरिक्षक कर्णजितले बताए ।
उनीहरुको प्रयोग गरेको सो मोटरसाँईकल, ३ वटा मोबाईल सेट बरामद गरिएको उनले जानकारी दिएका छन । पक्राउ परेका दुबै लाई आबश्यक कारबाहीको लागि ससस्त्र प्रहरीले गौर भन्सार कार्यालयमा बुझाएको छ ।






