तालमा बेपत्ता लुइँटेल मृत फेला

पोखरा । फेवातालमा डुंगा डुब्दा बेपत्ता काठमाडौं–१०, कपनका २७ वर्षीय सुमित भन्ने रामशरण लुइँटेल घटनाको भोलिपल्ट मृत फेला परेका छन् । तालमा तैरिरहेको अवथामा दिउँसो २ः३५ बजे उनको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

डुंगा भाडामा लिएर लुइँटेलसहित ३ जना तालमा सवार रहेकोमा सोमबार दिउँसो सो डुंगा एक्कासी डुबेको थियो । डुंगासहित तालमा डुबेका काठमाडाैं –१०, कपनका २७ वर्षीय सुविन चालिसे र २८ वर्षीय रुपेश अधिकारीलाई भने प्रहरीले सकुशल उद्धार गरेको थियो । लुइँटेललाई फेला पार्न सकिएको थियो । उक्त घटना’bout प्रहरीले थप अनुसन्धान अगाडि बढाएको प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्वमन्त्री खड्कालाई रिहा गर्न सर्वोच्चकोआदेश