बलात्कार घटनामा मिलापत्र गराउने छ जना पक्राउ

मोरङ । बलात्कारको घटनामा मिलापत्र गराउने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । २१ वर्षीया युवतीलाई बलात्कार गरेको घटनामा पीडित पक्षलाई नगद ५ लाख रुपैयाँ दिई मिलापत्र गराउने कार्यमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा धनपालथान गाउँपालिका–५ बस्ने ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका–१ बस्ने ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका–८ बस्ने ५३ वर्षीय मथालु खवास रहेका छन् ।

गएको भदौ २४ गते साँझ धनपालथान गाउँपालिका–५ स्थित धान खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका–८ बस्ने ३२ वर्षीय सुरेश कुमार खवासले २१ वर्षिय युवतीलाई एक्लै पारी बलात्कार गरी फरार भएका थिए । एलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले खवासलाई मङ्सिर १९ गते रंगेली नगरपालिका–७ रंगेली बजारबाट पक्राउ गरेको थियो । थप अनुसन्धान गर्ने क्रममा उक्त घटना गाउँघरमा पीडित पक्षलाई उक्त नगद दिई मिलापत्र गराएको खुल्न आएपछि मिलापत्र कागज सहित ति छ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?