जाडोमा शरीरमा सुक्खापन हुने, शरीरमा श्वासप्रश्वास प्रणालीका कोषिकाहरू कम सक्रिय रहँदा कोरोना श्वासप्रश्वासमा कोरोना लामो समयसम्म रहने हुन्छ । जाडोमा अन्य समयभन्दा प्रतिरोधी शक्ति कम हुने, कम घाम लाग्ने, सामुहिक बसाई, हिटर ताप्ने, भिटामिन डी को कमीले पनि जाडोमा कोरोना संक्रमण हुनसक्ने संभावना बढेर जान्छ । यसले शारीरिक तथा प्रतिरोधात्मक शक्तिमा कमी ल्याउँछ । गत वर्ष पनि चीनमा जाडोयाममा नै सुरु भएर विश्वभर फैलिएको थियो । जाडो बढ्दै गर्दा र हाल युरोपमा चिसो भएकाले सवैभन्दा चिसो भएको रसियामा संक्रमण दैनिक तीव्रगतिमा बढ्दै छ र त्यसअनुसार मृत्युको ग्राफ उचो लागिरहेको छ ।
मृत्युवद्धक किन : बढी समयसम्म बाच्ने सक्रिय रहने भाइरल लोड बढी हुने. नाक,मुख र घा“टीका कोषीकाहरू सुक्खा रहने भएकाले भाईरस फैलिनसक्ने. चिसोमा देखिने फ्लु, निमोनिया, समस्या, ब्याक्टेरियल संक्रमणले कोभिडमा थप जटिलता, झयालढोका बन्द गरी गुम्सीएर बस्ने, समुहमा हिटर, आगो ताप्ने, गफिने, रोग प्रतिरोधात्मक क्षमतामा कमीले कोरोना जटिल र मृत्युवद्र्धक बन्नसक्छ । त्यसैपनि बालवालिका, वृद्धवृद्धा, प्रतिरोधात्मक क्षमता कमजोर भएका, दीर्घरोगी बिशेषत मुटु र दम रोगीलाई चिसोले सताउने भएकाले त्यसैमा कोभिड संक्रमण भए खतरनाक हुन सक्छ ।
चिसो बढ्ने र पानी नपर्ने तथा हावा नचल्ने भएपछि वायुप्रदूषण बढ्ने भएकाले कोभिड–१९ को संक्रमण थप फैलन सक्छ
नेपाल तथा उत्तर भारतमा दोस्रो तथा युरोपमा तेस्रो लहर : चिसोमा आरएनए भाइरस वृद्धि हुन सक्ने भएकाले नियमितरूपमा सही तरिकाले मास्क लगाउने, सामाजिक दूरी र हातको सरसफाईमा थप ध्यान दिन जरुरी छ ।नेपालमा कोरोनाको पहिलो लहर जहा पीसीआर परीक्षण,संक्रमण घट्दो र मृत्यु बढ्दो नसकिदै डिसेम्वर देखी फेब्रुअरीसम्म दोस्रो लहरमा संक्रमण बढ्नसक्ने देखिन्छ ।बिश्व स्वास्थ्य संगठनले यसै साता चेतावनी जारी गर्दे दक्षिण र पश्चिम एसियाली मुलुकमा कोरोनाको दोस्रो तरंग आउने भएकाले साबधान रहन भनेको छ ।संक्रमणको संख्या एक सातामै आठ, अगामी सात दिनमा ४०, तेस्रो साता ३ सय र चौथो साता हजार गुणाले बढछ अर्थात् फैलिन सक्छ ।
वायुप्रदूषणले थप जोखिम : जाडोयाम विशेषत मंसिर दोस्रो सातादेखि माघ तेस्रो सातासम्म चिसो बढ्ने र पानी नपर्ने तथा हावा नचल्ने भएकाले वायुप्रदूषण बढ्ने भएकाले कोभिड–१९ को संक्रमण थप फैलन सक्छ । हिउँदमा बर्षायाममा भन्दा वायुप्रदूषण ४ देखी ५ गुणा बढी हुन्छ,जस्मा बिहान ८ देखी १० बजेसम्म बढी हुन्छ । त्यसैमा काठमाडांै उपत्यका कचौरा आकारको भएकाले धुलाका कण तल्लो तहमा तैरिन्छन् । मुटु, छाती र श्वासप्रश्वासजस्ता दीर्घरोगीहरूलाई घरबाहिर निस्किएका व्यक्तिसँग टा“सिएर जाने धुलोका कणले जाडायाममा भाइरसको लोड बढी हुने भएकाले छिट्टै संक्रमणको सम्भावना झनै बढाउनसक्छ । प्रदूषणले प्रतिरोधात्मक क्षमता घटाउने र फोक्सामा कण गई क्षमतामा असर पार्ने भएकाले कोभिडको बढी जटिलता हुन सक्छ । प्रदूषण र कोरोनाको दोहोरो आक्रमणमा परेपछि फोक्सोमा गम्भीर समस्या हुने नै भयो ।
अमेरिकाको हावर्ड विश्वविद्यालय र जर्मनीका बैज्ञानिकहरूले अमेरिका र चीनमा ४ महिनाअघि गरेको अध्ययनमा वायुप्रदूषण बढी भएका स्थानहरूमा कोभिड–१९ संक्रमण बढी देखिएको थियो । कोभिड–१९ बाट मृत्यु भएकामा १५ प्रतिशतको मुख्य कारण वायु प्रदूषण रहेका ठम्याइ छ । मेडिकल जर्नल लेनसेटको रिर्पाेटमा वायुप्रदूषणको स्तर बढ्नाले कोभिड–१९ को केसहरू १३ प्रतिशतसम्म बढ्न सक्छ ।भारतको आईसीएमआरका अनुसार पनि लामोसमयसम्म प्रदूषणको प्रभावमा रहदा कोभिडले मृत्यु हुने जोखिम समेत बढ्ने सम्भावना रहन्छ । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको खोजले वायु प्रदूषणले कोभिडका बिरामीलाई गम्भीर असर पार्ने तथा अमेरिकाको हार्भड बिश्वविद्यालयको एक खोजमा वायुका अत्यन्त सूक्ष्मकणहरू अर्थात् पीएम २.५ १ माइक्रोग्रामले बढ्दा कोभिड–१९ बाट हुने मृत्युदर ८ प्रतिशतले बढ्ने देखाएको छ ।
मौसमी रुघाखोकी र कोरोना : मौसम परिवर्तन हुने बेलामा जस्तै जाडोयामबाट गर्मी र गर्मीयामबाट जाडोयाम सुरु हुद“ा स्वास्थ्यमा ख्याल गरिएन भने रुघाखोकी लगायतका समस्याहरू हरेक बर्ष देखिन्छन ।तर यस बर्ष कोरोना महामारीका कारण मौसमी रुघाखोकीलाई पनि सामान्य मान्ने अवस्था छैन, कोभिड–१९ हो कि भनेर सोच्नैपर्छ ।सामान्य रुघाखोकी,फ्लु र कोरोना ’boutमा जानकारी र निको हुने समय तथा जटिलताका फरकका ’boutमा ज्ञान लिनैपर्छ । स्वाद र गन्ध थाहा नपाउने या परिवर्तन कोभिड–१९ मा मात्र देखापर्छ भने फलुका लक्षणहरू देखिन १ देखि ४ दिनमै तथा कोभिडको ५ देखी १४ दिन लाग्छ । फ्लुका बिरामीलाई पहिलो हप्तामै गाह्रो हुन्छ भने कोभिडमा दोस्रो हप्तापछि । फ्लुका बिरामीले ३ देखि ७ दिनसम्म रोग सार्न सक्छन् भने कोभिड–१९ ले कम्तीमा १० दिनसम्म ।
विश्वभर नै जहाँ कोरोनाको प्रकोप छ, त्यहाँ रुघाखोकी ज्यादै न्यून छ । तसर्थ, आइसोलेसन र पीसीआर गर्नमा अटेरी नगरौं
कोरोनामा रुघाभन्दा बढी सुक्खा खोकी लाग्छ, १०२ डिग्री फरेनहाईट भन्दा बढी ज्वरो आउँछ र सास फेर्न समस्या हुन्छ । रुघाखोकीको सर्नेदर कोरोनाभन्दा निकै कम हुन्छ र रुघाखोकीले बालबालिका, गर्भवती, वृद्धवृद्धा तथा पहिलेदेखी नै स्वास्थ्य समस्या भोगिरहेकालाई बढी असर गर्छ भने कोरोनाले हालसम्म बालवालिका र गर्भवतीलाई धेरै असर गरेको देखिँदैन । सामान्य रुघाखोकीले मानिस मर्दैन, फ्लुले हजारमा १ जनाको मृत्यु हुन्छ भने कोरोनाको मृत्युदर औसत ४ र बढीमा ३० प्रतिशतसम्म देखिएको छ । संक्रमण पनि फ्लुमा १.२ जना छ भने कोरोनामा २ देखि ३ जना छ ।
तथापि, मृत्युदर व्यक्तिको उमेर, स्वास्थ्य र स्वास्थ्य सेवा प्रणाली, पहु“च परीक्षण र उपचारको आधारमा पनि निर्भर छ । लन्डनको इम्पेरियल कलेजको आंकलनमा ८० वर्ष माथिका ब्यक्तिमा औसत मृत्युदरभन्दा १० गुणा बढी र ४० बर्षभन्दा कम उमेरमा कम छ ।चीनको खोजमा मधुमेह, उच्चरक्तचाप, श्वासप्रश्वासको समस्या र मुटुको समस्या भएकामा मृत्युदर ५ गुणा बढी देखिएको थियो । देश अनुसार पनि मृत्युदर फरक छ ’cause निदान, पहिचान र नियन्त्रणका उपायहरू फरक फरक छन् ।
काेरोनाको संक्रमण, गम्भीरता र मृत्युको दरमा गम्भिर हुने दर सार्स र मर्स भन्दा बढी देखिएको छ । संक्रमण भएका बिरामीमा २५ प्रतिशत बढी नाजुक बन्छन् जब कि स्वाइन फ्लुमा एक देखी डेढ प्रतिशत छ । मृत्युदर कोरोनामा ४ प्रतिशत मात्र छ जब कि सार्स र मर्समा क्रमशः १५ र ४० प्रतिशत छ, एभियन फ्लुमा ६५ र इन्फ्लुएन्जा ए—एच वन एन वन मा १ प्रतिशतभन्दा कम छ । विदेशमा समेत जाडो मौसममा संक्रमित भई भर्ना भएकामा खोकी कम नहुने र निको भएकामा हिँडडुल गर्दा पनि स्याँ स्याँ हुने, मांशपेसी दुख्नेजस्ता समस्या निम्तिने खतरा देखिएका छन् । निको भएर घर गएका पनि जटिलतासहित फर्किेने तथा घरमै आकस्मिक मृत्यु हुने क्रम पनि बढी छ ।
अन्तमा, अस्पताल तथा क्लिनिकमा रुघाखोकीका बिरामी प्राय शुन्य छन आजभोलि । ’cause कोरोना महामारीका डरले जनस्वास्थ्यका मापदण्ड मास्क, भेटघाट कम, विद्यालय बन्द, सामाजिक दूरी र साबुनपानी तथा स्यानिटाइजरले हात धोइरहँदा रुघाखोकी लाग्ने र सर्ने प्रायः रहँदैन । रुघाखोकी मानेर क्वारेन्टिनमा नबस्दा घर तथा समाजमा संक्रमण पूरै सर्न सक्ने र परीक्षण नगरी बस्दा खतरनाक र जटिलता आएपछि मात्र पीसीआर हुँदा उपचारमा ढिलो हुन सक्छ । एक सातामा पीसीआर परीक्षण गराउनुपर्छ । रुघाखोकी होला भन्दै त्यही पनि पीसीआर गराै भन्दा प्रायः सबैमा कोरोना पुष्टि भएका छन् । विश्वभर नै जहा कोरोनाको प्रकोप छ, तहाँ रुघाखोकी ज्यादै न्यून छ, तसर्थ आइसोलेसन र पीसीआर गर्नमा अटेरी नगरौं ।






