बुटवल । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण सभापति गगन थापाको पक्षमा उभिएका छन् । कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत बुधबार बुटवल नगर समितिको अधिवेशन उद्घाटन समारोहमा उनले थापा फेरि पनि सभापति बन्ने बताए ।
पार्टीभित्र पछिल्लो समय विकसित भएको रूपान्तरणको तरंग’bout बोल्दै नेता खाँणले कांग्रेसको नेतृत्व फेरि प्राकृतिक रूपमै युवाहरूकै काँधमा पुगेको र यो यात्रा अब नरोकिने बताए। उनले आसन्न १५औँ महाधिवेशनबाट पार्टी सभापतिमा पुन: गगन थापा नै निर्वाचित हुने बताए ।
पार्टी हाँक्न अगाडि सरेको नयाँ पुस्ताको आँटको प्रशंसा गर्दै उनले भने, ‘अब पार्टी हामी सम्हाल्छौँ भन्दै जिम्मेवारी लिन आएका सम्पूर्ण युवा नेता–कार्यकर्ताहरूलाई शुभकामना छ।’
नेपाली जनता र भुइँतहका आमकार्यकर्ताले पनि यसपटक कांग्रेसको रूपान्तरण र युवा नेतृत्वलाई पूर्ण साथ दिनेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरे । नेता खाँणले गतिशील नेतृत्व, स्पष्ट नीति र दरिलो आन्तरिक एकतामार्फत गगन थापाकै नेतृत्वमा कांग्रेस फेरि देशको निर्विकल्प र सर्वाधिक भरोसायोग्य शक्ति बन्ने दाबी गरे।
उनले कांग्रेस ऐतिहासिक रूपमै युवाहरूको पार्टी भएको दाबी गरे । नेता खाँणले कांग्रेसको वास्तविक इतिहास र यसको निर्माण प्रक्रियालाई नबुझेकाहरूले मात्र यसलाई वृद्धहरूको पार्टी भन्ने गरेको टिप्पणी गरे ।
कांग्रेसको गौरवमय विगत स्मरण गराउँदै नेता खाँणले पार्टी स्थापनाको जग नै ऊर्जावान् युवाहरूको वैचारिक र क्रान्तिकारी आन्दोलनबाट उठेको प्रस्ट पारे। उनले भने ‘कांग्रेसका संस्थापक नेता बीपी कोइराला देशको गृहमन्त्री बन्दा केवल ३६ वर्षको हुनुहुन्थ्यो भने संसदको पहिलो सभामुख बन्दा कृष्णप्रसाद भट्टराई मात्र २५ वर्षको लक्का जवान हुनुहुन्थ्यो ।’
इतिहासका केही कालखण्डमा नेतृत्वमा वृद्ध नेताहरू देखिए पनि पार्टीको सांगठनिक जीवन र भुइँतहमा सधैँ युवाहरूकै बाहुल्य र निर्णायक उपस्थिति रहँदै आएको खाँणले दावी पारे।
सम्बन्धित समाचार
रविकोको सम्बोधन सकिएलगत्तै प्रतिनिधिसभाबाट बाहिरिए प्रधानमन्त्री बालेन
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार
अहिले नेपाल नेपालीको हातमा छैनः प्रचण्ड
प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता
आइजीपीलाई तत्काल बर्खास्त गर्न सरकारसँग खगेन्द्रको माग
एमालेमा अन्तरकलहः आन्तरिक समीक्षामा दुईधार, ओली जोगाउन ‘मझधार’
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा बस्दै
नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ : झलनाथ खनाल






