मुम्बई । शाहरुख खान अभिनित फिल्म ‘फ्यान’को विषयमा टिप्पणी गर्नेहरुले भनेका छन् । यो फिल्म सन १९९६ मा रिलिज भएको हलिउड फिल्म ‘द फ्यान’को कपि हो ।
जुन फिल्ममा रोबर्ट डि नीरो र वेस्ली स्नाइप्सले मुख्य भुमिका निर्वाह गरेका छन् । फरक यति हो हलिउड फिल्ममा दुई अलग अलग पात्र थिए भने हिन्दी फिल्ममा शाहरुख दोहोरो चरित्रमा देखिएका छन् ।
निर्देशक टोनी स्कटको ‘द फ्यान’ मा एक स्पोट्स स्टार र उनको फ्यानको सम्बन्धविचको कथा थियो । फ्यानमा एउटा फिल्म स्टार र उसको फ्यानको सम्बन्ध पेश गरिएको छ ।
हलिउड फिल्मवाट प्रभावित शाहरुखको फिल्म यहि मात्रै हैन । यस्ता अरु धेरै फिल्म छन् । बलिउड बादशाह भनिने शाहरुख खानले समेत चोरी गरिएका फिल्ममा निर्धक्क काम गरे । ति मध्ये कति फिल्मले त उनलाई चर्चितको उपाधी नै दियो । हेरौं कुन कुन फिल्म हलिउड फिल्मवाट कपि भएको रहेछ :
चमत्कार : सन १९९२ मा प्रदर्शित राजीब मेहरा निर्देशित चमत्कारमा शाहरुख खान उर्मिला मातोण्डकर र नसीरुद्दिन शाहले अभिनय गरेका थिए । उक्त फिल्म सन १९६८ मा रिलिज भएको हलिउड फिल्म ब्लयाक बियर्ड घोस्टवाट प्रभावित थियो । रोबोर्ट स्टेभेन्सको निर्देशनमा बनेको उक्त फिल्ममा पीटर उस्तीनोभ र डेन जोन्सले अभिनय गरेका थिए ।
बाजीगर : शाहरुखलाई चर्चामा ल्याएको फिल्म बाजीगर पनि नक्कलको आरोपवाट मुक्त हुन सकेन । अब्बास –मस्तान निर्देशित उक्त फिल्ममा शाहरुख, काजोल र शिल्पा शेट्टीको मुख्य भुमिका निर्वाह गरेका छन् । बाजीगरलाई सन १९९१ मा बनेको हलिउड फिल्म ‘एक किस बिफोर डाइन्ड’को नक्कल गरेको बताईन्छ ।
हिन्दी फिल्म इतिहासमा सबै भन्दा धेरै समय प्रदर्शन हुने फिल्मको रुपमा चिनिन्छ दिलवाले दुल्हनिया ले जाएंगे’ रोब रिनर निर्देशित ‘द स्योर थिंग्स’वाट दिलवाले दुल्हनिया ले जाएंगे चोरी गरेको आरोप लागेको थियो
डर : यश चोपडा निर्देशित चलचित्र ‘डर’ हलिउड फिल्म ‘केप फियर’ वाट कपि गरिएको थियो । मार्टिन स्कोर्स निर्देशित केप फियरमा रोबेर्ट डी निरो र निको नोट्लेले अभिनय गरेका छन् । हिन्दी फिल्म डरमा शाहरुख खान, जुही, चावला र सन्नी देओलले अभिनय गरेका छन् ।
दिलवाले दुल्हनिया ले जाएगे : हिन्दी फिल्म इतिहासमा सबै भन्दा धेरै समय प्रदर्शन हुने फिल्मको रुपमा चिनिन्छ दिलवाले दुल्हनिया ले जाएंगे’ आदित्य चोपडा निर्देशत यो फिल्मलाई पनि हलिउड फिल्मवाट कपि गरेको आरोप लागेको थियो । रोब रिनर निर्देशित ‘द स्योर थिंग्स’वाट दिलवाले दुल्हनिया ले जाएंगे चोरी गरेको आरोप लागेको थियो ।
यस बोस : अजिज मिर्जा निर्देशित ‘यश बोस’मा शाहरुख खान र काजोलले मुख्य भुमिका निर्वाह गरेका छन् । यस फिल्मलाई पनि हलिउड फिल्म फर लभ आर मनीवाट प्रभावित भएको भनिन्छ ।
जोश : शाहरुख खान, ऐश्वर्या राय र चन्द्रचुड सिंहको अभिनय रहेको ‘जोश’को बक्स अफिसमा राम्रै चर्चा भएको थियो । यसलाई पनि सन १९६१ मा बनेको हलिउड फिल्म ‘वेस्ट साईड स्टोरी’वाट नक्कल गरेको भनिन्छ ।
मोहब्बते : अर्को ब्यापक चर्चा भएको फिल्म हो मोहब्बते । शाहरुख खानको मुख्य भुमिका उक्त फिल्मले पनि हलिउड फिल्म ‘हेड पोएट्स सोसाईटी’ वाट नक्कल गरेको आरोप खेप्नु प-यो । पेटर वेरको निर्देशन रहेको उक्त फिल्ममा रोबिन वीलिम्सले मुख्य भुमिका निर्वाह गरेका थिए ।
चलते चलते : शाहरुख खान र रानी मुखर्जीको जोडिलाई दोस्रो पटक चर्चामा ल्याएको थियो चलते चलतेले । उक्त फिल्म पनि हलिउड फिल्म फोर्गेट पेरिसवाट प्रभावित भएको भनियो ।