Friday, April 23, 2021
Home भर्खरै नेकपा संकट समाधानका लागि युवा नेताको सक्रियता

नेकपा संकट समाधानका लागि युवा नेताको सक्रियता

दुवै अध्यक्षका दस्तावेज फिर्ता गराउन पहल

,

काठमाडौं । सत्तारूढ दल नेकपाभित्र देखिएको संकट समाधान गर्न दोस्रो तहका युवा नेताले प्रभावकारी पहल थालेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहको विशेष अधिवेशनको मागपत्र फिर्ता गराएर पार्टीभित्रको गम्भीर संकट रोक्न सफल भएका युवा नेताले पार्टीलाई एक राख्न थप सक्रियता देखाउन थालेका छन् ।

जसअनुसार आगामी ५ पुसमा तय भएको स्थायी कमिटी बैठकअघि नै दुवै अध्यक्षका आरोप र प्रत्यारोप समेटिएका दस्तावेज फिर्ता गराउने गरी दोस्रो तहका नेता दौडधूपमा लागेका छन् ।

बुधबार प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष दाहालसँग अध्यादेश फिर्ता गर्ने भए राष्ट्रपति कार्यालयमा पेस गर्न लागिएको पत्र र यसअघि दाहालले पेस गरेको अभियोग पत्रसमेत फिर्ता गर्नुपर्ने बताएका थिए । जवाफमा दाहालले अहिले अध्यादेश फिर्ता गर्नुपर्ने र अन्य विषयमा पछि छलफल गर्न सकिने बताएका थिए ।

पार्टीको दोस्रो तहका नेताहरू घनश्याम भुसाल, सुवास नेम्वाङ, शंकर पोखरेल, योगेश भट्टराई, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्टलगायतका नेता दुवै अध्यक्षका दस्तावेज फिर्ता गराउने अभियानमा लागेका हुन्

स्रोतका अनुसार पार्टीको दोस्रो तहका नेता घनश्याम भुसाल, सुवास नेम्वाङ, शंकर पोखरेल, योगेश भट्टराई, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्टलगायतका नेताहरू दुवै अध्यक्षका दस्तावेज फिर्ता गराउने अभियानमा लागेका हुन् । उनीहरूको यस अभियानमा महासचिव विष्णु पौडेल तथा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ले पनि पूर्ण सहयोग गरिरहेका छन् ।

बुधबार दुई अध्यक्षबीच दुई बुँदे सहमति गराउन पोखरेल र भुसालको महŒवपूर्ण भूमिका रहेको थियो । अहिले उनीहरूलगायत दोस्रो पुस्ताका अन्य नेता पार्टी जोगाउन दुवै अध्यक्षसँग परामर्श गर्दै दस्तावेज फिर्ता गराउने गरी मनाउने अभियानमा दौडधूप गरिरहेका छन् ।

दुई अध्यक्षको प्रस्ताव फिर्ता नगर्ने हो भने पार्टी फुट्न सक्ने भन्दै पार्टी जोगाउन दोस्रो तहका नेताको अभियानमा पार्टीका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले पनि साथ दिएको गौतम निकट स्रोतले जानकारी दिएको छ । गौतमले स्थायी कमिटी बैठकमार्फत दुवै अध्यक्षको प्रस्ताव फिर्ता गर्नुपर्ने गरी आफ्नो भूमिका बढाउने तयारी गरेको बताइएको छ ।

अध्यक्ष दाहालको प्रस्ताव फिर्ता नहुँदासम्म आफू स्थायी कमिटी बैठकमा सहभागी भएर छलफल गर्न नसक्ने प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओलीको अडान छ । यसले गर्दा पनि पार्टीभित्र संकटको गाँठो फुक्न कठिन हुने भन्दै पार्टीको संकटमोचन गर्न पनि दुई अध्यक्षको प्रस्ताव फिर्ता हुनै पर्ने माग अन्य नेताहरूबाट समेत उठ्न थालेको छ ।

स्थायी कमिटीमा दुई अध्यक्षको प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव पेस गर्दै एकताको सन्देश दिनुपर्नेमा आम नेताहरूको समान मत बन्न थालेको पाइएको छ । प्रधानमन्त्री ओलीले पनि बैठकमा साझा प्रस्ताव पेस गर्न आग्रह गरिरहेका छन् । अभियोग पत्रलाई कुनै पनि हालतमा स्थायी कमिटी बैठकको एजेन्डा बनाउन नहुने अडानमा ओली छन् ।

उपाध्यक्ष वामदेव गौतम पनि पार्टी एकताका लागि दुवै अध्यक्षको दस्तावेज फिर्ता गर्नुपर्ने पक्षमा

दुई अध्यक्षबीच दुई बुँदे सहमति कायम गराउन महŒवपूर्ण भूमिका खेलेकामध्ये संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीलाई संकटबाट जोगाउन दुवै अध्यक्षका प्रस्ताव फिर्ता गर्नुको विकल्प नरहेको बताए । बुधबार बालुवाटारको छलफलमा यसबारे कुरा भए पनि ठोस सहमति कायम हुन नसकेको उनले जानकारी दिए ।

सहमति जुटाउन क्रियाशील दोस्रो तहका नेताले आफूहरूले हस्तक्षेप गरेर भए पनि पार्टी फुट्न नदिने बताए । उनीहरूले पार्टीलाई २६ भदौको सहमतिमा फर्काएर भने पनि एकजुट राख्ने प्रतिबद्धता जनाएका छन् ।

सहमतिको प्रयासमा नेता लागे पनि नेकपाका दुवै पक्ष एक अर्काको कार्यप्रति संशकित छन् । प्रधानमन्त्री ओलीले अध्यादेश फिर्तामा गरेको ढिलाइले पनि केही आशंका बढाएको दाहाल पक्षको भनाइ छ । तर अभियोग पत्र फिर्ता नहुँदासम्म अध्यादेश पनि फिर्ता नगर्ने योजनामा प्रधानमन्त्री रहेको हुन सक्ने बताइएको छ ।

बिहीबार पनि ओलीले अध्यादेश फिर्ता गर्न छोडेर पुनः संवैधानिक परिषद्को बैठक बोलाएपछि विवाद चुलिने सम्भावना बढेको थियो तर पछि प्रचण्डसँग छलफल गरेपछि ओलीले संवैधानिक परिषद्को बैठक स्थगित गरेका थिए ।

(Visited 190 times, 1 visits today)
Loading comments...

आजको समाचार

संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला...

नेपाली विद्यार्थीको भविष्यसित खेलबाड

उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

कस्तुपको सिलौटोमा कुलेन्द्र, रामजी, ज्योति र प्रीति

काठमाडौं । कलेन्द्र बिक, रामजी खाँड, ज्योति मगर र प्रीति आले आफैंमा गायक गायिका हुन् । तर, यतिबेला लोकदोहोरीका यी चार हस्ती एउटा लोकदोहोरी...

कर्णालीमा फ्लोर क्रस गर्ने चार जनालाई एमालेको कार्वाही

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्नेे चारजना सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ । माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर...

साताका लोकप्रिय समाचार

नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटनजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समानान्तर कमिटी गठन गरेको...

भारतबाट फर्केका पुरूषकाे काेराेनाबाट मृत्यु, एक सातामा पाँचकाे निधन

पर्सा ।  कोरोना सङ्क्रमणकै कारण पर्सामा आज फेरि एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भारतबाट केही दिन अगाडि नेपाल फर्किएका वीरगञ्ज महानगरपालिका–१४...

ऐंजेरुविहीन सुन्दर राजनीति कस्तो होला ?

अहिले मुलुकको राजनीति ऐंजेरुले घेरिएको सुगन्धित वृक्षजस्तो छ । राष्ट्रिय राजनीतिलाई कुरूप अवस्थामा पु¥याउने ऐंजेरुपालक नेताहरू पनि जनताको नजरमा चिनिँदै आएका छन् । नेताकै...

नमूना नै नलिई बन्छ पिसिआरको नेगेटिभ रिपोर्ट

काठमाडाैं ।  मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ । काठमाडौँको सिनामङ्गलमा रहेको...

यसरी तानियो सेतो मच्छिन्द्रनाथको रथ (फोटोफिचर)

काठमाडौं ।सेतो मच्छिन्द्रनाथ (जनवाह द्य) रथ जात्राको पहिलो दिन काठमाडौं स्थित तीनधारा पाठशालाबाट तानेर असन लैजादै श्रद्धालुहरु । ...

ट्रेन्डिङ

सुनको मूल्य ८०० ले घट्यो

काठमाडौँ । तोलामा रु दुई हजार ३०० ले आइतबार ओरालो लागेको सुनको मूल्य आज पुनः रु ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी...

भारतीय फिल्ममा स्वस्तिमा अनुबन्धित

काठमाडौं । गत वर्ष चलचित्र बुलबुलबाट दक्षिण एसियाकी उत्कृष्ट नायिकाको अवार्ड पाएपछि अभिनतेत्री स्वस्तिमा खड्कालाई दक्षिण एसियामा चासो दिइयो । यिनै अभिनेत्री यतिबेला एक...

व्यवसायी चन्द्र ढकाललाई कोरोना पुष्टि

काठमाडौं । व्यवसायी चन्द्र ढकाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको स्वास्थ्य परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी...

सार्वजनिक सवारीमा आरक्षण सिट अनुगमन गर्न स्कुटरमा महिला प्रहरी परिचालन

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनमा आरक्षण सिट अनुगमनका लागि महानगरीय ट्राफिक प्रहरीले अनुगमन टोली खटाएको छ । सवारी साधनमा आरक्षण सिट...

दुर्घटनामा मोटरसाइकलमा सवार सात जनाको मृत्यु

काठमाडौं । मुलुकका विभिन्न भागमा भएका पछिल्ला सवारी दुर्घटनामा मोटरसाइकलमा सवार सात जनाको मृत्यु भएको छ भने आधा दर्जन बढी घाइते भएका छन् ।...

तस्विरमा दाहाल–नेपालको नेपाल बन्द

काठमाडौं । संवैधानिक निकायमा सरकारले पदाधिकारी नियुक्ति गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको दाहाल–नेपाल समूहले बिहीबार नेपाल बन्द ग-यो । बन्दका कारण लामो तथा छोटो दूरीमा...

कोरोना संक्रमितको ‘रेडजोन’बन्दै दैलेख

दैलेख । कर्णालीमा कोरोना संक्रमितको संख्या ६७१ पुग्दा सम्म दैलेखका ३८६ संक्रमित भेटिएका छन् । समयमा आरडीटी र पीसीआर नहुँदा दैलेखमा संक्रमितको संख्या बढेको...

रिलिज रोकिएको आर्याको आयो नयाँ गीत

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण रिलिज हुन नसेकेको नयाँ चलचित्र आर्याको एउटा गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ । तिमिल्सिना फिल्म प्रडक्सनबाट निर्माण सम्पन्न...

संसद् विघटनविरुद्ध हुने आन्दोलनको नेतृत्व कांग्रेसले लिने

काठमाडौं । लोकतन्त्र र संविधान रक्षाका लागि हुने आन्दोलनको नेतृत्व लिन कांग्रेस तयार देखिएको छ । तर, व्यक्तिसँग नभई पार्टीसँग आन्दोलन हुने कांग्रेसले बताएको...

मल्ल गोलरक्षक प्रशिक्षक

काठमाडौं । नेपाली राष्ट्रिय टोली तथा विभागीय त्रिभुवन आर्मी क्लबका पूर्वगोलरक्षक विकास मल्ल राष्ट्रिय पुरुष फुटबल टोलीको गोलरक्षक प्रशिक्षक नियुक्त भएका छन् । प्राविधिक समितिले...

भारतमा कोरोनाबाट एक नेपालीको मृत्यु

काठमाडौं । भारतमा कोरोना संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । दिल्लीस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार कोरोना संक्रमित ४५ वर्षीय दुर्गा थापाको मृत्यु भएको...

संखुवासभामा सडक माथिको ढुङगा खसेर एक एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–२ गोगनेमा सडक माथिबाट खसेको ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मकवानपुरका जिल्लाका ३०...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)