अध्यादेशले प्रवेश पाएन मन्त्रिपरिषदमा

फाइल तस्वीर

काठमाडौं । पछिल्लो समय चर्चा र विवादमा रहेको संवैधानिक परिषद् अध्यादेश फिर्ता सम्बन्धी विषय मन्त्रिपरिषद्मा छलफल भएको छैन । सरकारले जारी गरेको अध्यादेशका विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीसहित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायत सबै राजनीतिक दल, संविधानविद् लगायतले विरोध गर्दै आएका छन् ।

अध्यादेश जारी भएलगत्तै नेकपाकै ८३ जना सांसदले विशेष अधिवेशन बोलाउन माग गर्दै हस्ताक्षर अभियान संकलन गरेर बुधबार राष्ट्रपतिसमक्ष बुझाउने प्रयाससमेत गरेका थिए ।

बुधबार नै बसेको नेकपा सचिवालय बैठकमा सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा जारी अध्यादेश फिर्ता लिने र अधिवेशन बोलाउन माग गरिएको हस्ताक्षर राष्ट्रपतिसमक्ष नबुझाउने सहमति भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा भने अध्यादेश फिर्तासम्बन्धी कुनै छलफलसमेत नभएको हो । एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता सम्बन्धी कुनै जानकारी गराएनन् भने बैठकमा अध्यादेशको विषयमा चर्चासमेत नभएको बुझिएको छ ।

झण्डै एक घण्टा बसेको मन्त्रिपरिषद् बैठकमा विभिन्न मन्त्रालयका नियमित एजेन्डा विषयमा मात्र छलफल भएको एक मन्त्रीले जानकारी दिएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अध्यादेश जारी भएपछि सत्तारुढ दल र प्रतिपक्षी दलहरूले चर्को विरोध गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 290 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
९० हजार मत गन्दा केशव भन्दा बालेन १५ हजार मतले अगाडी