ओस्कार अवार्ड बिजेता नायकसंग स्मार्टफोन छैन, कम्प्युटर चलाउन जान्दैनन्

एजेन्सी । ओस्कार अवार्ड विजेता अभिनेता क्रिस्टोफर वोकेन र फिल्म निर्माता क्रिस्टोफर नोलन प्रविधिको मामलामा निकै पछाडी छन् । उनीहरु दुवै जना मोबाइल फोन चलाउदैनन् । कम्प्युटर छैन ।

जुम मिटिङमा सहभागी हुँदै वाकेनले भने ‘म संग स्मार्ट फोन छैन । यो मिटिङ अरु कसैले आएर सेट गरिदिएको हो ।’ कार्यक्रम प्रस्तोताले प्रश्न गरे ‘प्रविधीबाट यसरि बचेर हिँड्नु पर्ने कुनै कारण छ ? जवाफमा ७७ वर्षिय अभिनेताले भने ‘होइन । म निकै ढिला भएँ । जब यो प्रविधी आयो । मैले सोचेँ १० वर्ष उमेरको बच्चा म भन्दा धेरै अगाडी छ ।’

उनले यो पनि भने उनको इमेल एड्रेस छैन र आजसम्म उनले कसैलाई पनि इमेल गरेका छैनन् । पीपुल म्याजजिनसंग कुरा गर्दै नेलन भन्छन् ‘मसंग स्मार्ट फोन छैन । म संग एउटा फ्लिीप फोन छ त्यहि बोकेर हिँड्छु र आवश्यक पर्दा कुरा गर्छु ।’

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

epaper

ताजा समाचार

के हात्तीले वर्षौँसम्म रिस राख्छ ?