Saturday, September 25, 2021
Your Ads Here
HomeBreaking Newsकसैको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

कसैको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

,
sharethis

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वका विरुद्ध एकताबद्ध भएर उभिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । उनले पार्टी एकताबद्ध रहेको र कसैको पार्टी विरोधी गतिविधिले एकतालाई कुनै तात्विक असर नपर्ने स्पष्ट गरेका छन् ।

अध्यक्ष दाहालले आज विज्ञप्ति प्रकाशन गरी नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण सङ्घर्षको परिणामस्वरुप प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार भएको बताउँदै एकाधको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र एकतालाई भत्काउन नसक्ने ठोकुवा गरेका छन् ।

उनले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आमजनसमुदायलाई आग्रह गर्दै भनेका छन्, ‘ राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकताबद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यस प्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपिल गर्दछु ।’

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   राष्ट्रपतिबाट बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिनिधिसभा विघटनको सिफारिशको पार्टी स्थायी कमिटीको बैठकले विरोध गरिसकेको समेत उल्लेख गरेका छन् । नेकपा स्थायी कमिटीको आइतबार बसेको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको समेत अध्यक्ष दाहालले स्मरण गराएका छन् । रासस

तपाइको प्रतिक्रिया

(Visited 235 times, 1 visits today)

आजको समाचार

म्युजिक भिडियोमा देखिँदै साम्राज्ञी (फाेटाेफिचर)

  काठमाडाैं । म्युजिक भिडियोमा खासै नदेखिने अभिनेत्रीमा पर्छिन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । उनै अभिनेत्री शाहलाई दर्शकले अब नयाँ एक गीतको भिडियोमा देख्न पाउने भएका...

करिश्मादेखी शान्ता चाैधरी समेतले होम सेन्टरमै दिए कक्षा १२ को परीक्षा

काठमाडाैं ।  राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरबाट सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट सम्पन्न भएको छ ।...

महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्कमा

  काठमाडाैं ।  पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन...

सुदूरपहाडमा भूकम्पको धक्का

बैतडी ।  बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्प गएको छ । राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का...

दसैंमा टिकाकाे साइत बिहान १० बजेर ०२ मिनेटमा

  काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत...

साताका लोकप्रिय समाचार

खाद्य कम्पनीले सुर्खेत पठाएको चामल गोदाममा सिल

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य व्यवस्था तथा व्यापार कम्पनीअन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको चामल गोदाम सिल गरेको छ ।...

कुहिएको झन्डै पाँच सय टन चामल बिक्री गर्न सुर्खेत पठाइयो

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनताको स्वास्थ्यमाथि चरम खेलबाड गर्दै आएको पाइएको छ । आफ्नो गोदाममा रहेको कुहिएको झन्डै...

माफिया, तस्कर र बिचौलियाको सलबलाहट

नेपालमा केही अपवादलाई छाडेर अब वास्तविक रूपमा असल र इमानदार नेता पाउनै कठिन हुन थालेको छ । राजनीतिको आवरणमा अपराधीकरण यति धेरै बढ्न थालेको...

दिगो विकास लक्ष्यका विषयमा जनप्रतिनिधि नै बेखबर

काठमाडौं । दिगो विकास लक्ष्य सुरु भएको छ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नहुँदा कार्यान्वयनमा चुनौती देखिएको यस क्षेत्रका विज्ञको भनाइ छ...

सेतीमा २ जना कोरोना संक्रमितको मृत्यु

  धनगढी । धनगढीमा दुई जना कोरोन संक्रमितको मृत्यु भएको छ । उनीहरूको सेती प्रादेशिक अस्पतालमा उपचार क्रममा सोमबार मृत्यु भएको हो । मृत्यु हुनेमा बझाङको...

ट्रेन्डिङ

काठमाडौंमा चक्कु प्रहार गरेर मोबाइल लुटियो

काठमाडौं । टोखा नगरपालिका– ९ दिपज्योतीमा सुर्खेत गुरुवाकोट नगरपालिका–६ घर भएका एक पुरुषको बुधबार राति मोबाइल लुटपाट भएको छ । ती पुरुष समेत २ जनालाई...

शंकर ग्रुपको अर्को बदमासी : जगदम्बा हस्पिटालिटीद्वारा निर्माणाधीन हिल्टन होटलको बलमिचाइ

काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा हस्पिटालिटीले निर्माण गरिरहेको हिल्टन होटलले स्थानीयलाई निकै सास्ती दिँदै आएको पाइएको छ । सो होटलले निर्माणका क्रममा पालना गर्नुपर्ने न्यूनतम...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)