Friday, June 18, 2021
Home प्रदेश प्रदेश ५ बलात्कारी दाजु, पाेल खुल्ने डरले बहिनीलाई बाँधेर राखे

बलात्कारी दाजु, पाेल खुल्ने डरले बहिनीलाई बाँधेर राखे

,

रुपन्देही । दाजुले आफ्नै बहिनीमाथि लगातार सात वर्षसम्म बलात्कार गरेको रहस्य खुलेको छ । पाल्पाको तिनाउ गाउँपालिका–२ ओढारखोला घर भई हाल बुटवलमा एक संस्थामा कार्यरत व्यक्तिले बहिनीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत पाल्पामा मुद्दा परेपछि घटना बाहिर आएको हो ।

सात वर्षदेखि १४ वर्षको उमेरसम्म लगातार बलात्कार गरेको भन्दै दाजुविरुद्ध बहिनीले अदालतमा हाडनाता करणीको मुद्दा हालेपछि घटनाको रहस्य बाहिर आएको हो । गत मङ्सिर २३ गते पीडित युवतीले हाडनाता करणीअन्तर्गत मुद्दा दिएको अदालतले जनाएको छ । पीडित युवतीका अनुसार ओढारखोलास्थित घरमा दाजुले लगातार बलात्कार गर्ने गरेका थिए ।

सानै हुँदा बलात्कारका बारेमा भन्न नसके पनि ठूली भएर भन्न खोज्दा दाईले घरमा बाँधेर राख्ने गरेको पिडा सुनाउँदै उनले त्यसपछि आफू भागेर काठमाडौँ भएको बताइन्

तत्कालीन समयमा पाल्पाको तानसेनमा स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले आफू बस्ने कोठामा लगेर पटकपटक बलात्कार गर्ने गर्थे । सानै उमेरमा बलात्कार भएका कारण परिवारलाई पिडा हुने देखेर बाहिर बोल्ने आँट नगरेको भए पनि अहिले बुबा आमाको मृत्यु भएपछि दाजुविरुद्ध अदालतमा जाहेरी दिएको युवतीको भनाइ छ । ‘म सानै भएकाले पहिले त मैले यसबारे कसैलाई भन्न सकिन, विस्तारै ठूली हुँदा बुबा आमालाई पीडा हुन्छ की भनेर मौन रहेँ’, पीडित महिलाले भनिन्, ‘अहिले बुवा आमा पनि बित्नुभयो र आँँट गरेर उजुरी हालेँ ।’

सानै हुँदा बलात्कारका बारेमा भन्न नसके पनि ठूली भएर भन्न खोज्दा दाईले घरमा बाँधेर राख्ने गरेको पिडा सुनाउँदै उनले त्यसपछि आफू भागेर काठमाडौँ भएको बताइन् । बाँधेर राखेपछि म धेरै कमजोर भएँ तर मेरो बारेमा बोलिदिने कोही भएन, दाजुको व्यवहारले घरमा बस्न मन नभएपछि भागेर हिँडेको उनले सुनाइन् ।

लगातारको बलात्कारका कारण अहिलेसम्म मानसिक यातना भोग्नुपरेको पीडित युवतीको गुनासो छ । उनका अनुसार स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले विभिन्न औषधि खुवाएर बलात्कार गर्ने । ‘आफ्नै दाइले यस्तो गर्छ भनेर मैले सोचेकी थिइन्, असह्य पिडाले मलाई मानसिक समस्या भयो’, उनले भनिन्, ‘डाक्टरसँग परामर्श लिएर उपचार गरेपछि मानसिक समस्याबाट छुटकारा पाएँ ।’

करीब चार वर्षसम्म वैदेशिक रोजगारीमा बसेर फर्किएको अनुभव सुनाउँदै पीडत युवतीले अब सात वर्षसम्म सहेको बलात्कारको पिडा र अहिलेसम्म भोगेको मानसिक यातनाविरुद्ध न्याय खोज्न नेपाल फर्किएको बताउँछिन् । ‘तीन महिनाको अन्तरालमा बुवा र आमा गुमाए, कोरोना सङ्क्रमित भएकाले मुख देख्न आउन पाइन, मन सम्हालेर आफूमाथि भएको अन्याय विरुद्ध न्यायका लागि अदालतको ढोका ढक्ढकाएकी छु’, पीडित युवती भनिन्, ‘न्याय मरेको छैन भने आवश्यक पाउनेछु भन्ने आशा छ ।’ मुलुकी अपराध संहिता २०७४ अनुसार हाडनातामा करणी भएमा जन्मकैददेखि १० वर्षसम्म कैद सजाय र एक लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

(Visited 2,600 times, 1 visits today)
Loading comments...

आजको समाचार

जुम्लाकाे पातरखाेलामा पहिराेले १० घर भत्किए,सिंगाे गाउँ जाेखिममा

  जुम्ला ।  जुम्लाकाे हिमा गाउँपालिकामा पहिराेले १० वटा घर भत्किएका छन्। हिमा गाउँपालिका वडा नम्वर ६ र ७ मा पहिराेले १० वटा घर भत्किएकाे...

राष्ट्रिय संगीतकर्मी संघद्वारा निशालाई आर्थिक सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई सहयोग मिल्ने क्रम जारी छ । उनी सदस्य रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

  पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएका छन् । गण्डकीमा लामो समयको राजनीतिक खिचातानी शुक्रबार उनको पक्षमा विश्वासको मतसँगै अन्त्य...

साताका लोकप्रिय समाचार

डेढ अर्ब फाइदामा नेपाल वायुसेवा निगम

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटेसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डेढ अर्ब फाइदा हुने भएको छ । निगमले गरेको हवाई इन्धन मूल्य...

नेपाली राजनीति, दलीय अनुशासन र इमानदारिता

नेपालमा विभिन्न समयमा भएका जनआन्दोलनको मुख्य एजेन्डा भनेकै लोकतन्त्रलाई संस्थागत गर्दै अघि बढ्नु हो । देशको सर्वांगीण विकासका लागि राजनीति गुणस्तरयुक्त र स्वस्थ प्रतिस्पर्धामा...

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

  स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि...

अन्तिम खेलमा अष्ट्रेलियासँग नेपाल पराजित

काठमाडौं । विश्वकप फुटबल एवं एसियन कप फुटबलको छनौट चरणको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ३–० ले पराजित भएको छ । कुवेतको कुवेत सिटीमा गएराति...

मनाङमा एक बेपत्ता, उद्दारमा खटिएको टोली गन्तव्य पुग्न सकेन

लमजुङ । हिमाल पारीको जिल्ला मनाङमा अविरल वर्षले जनजीवन प्रभावित भएको छ । बाढीमा परेर एक जना बेपत्ता भएका छन् । अझै वर्षा नरोकिएकाले...

ट्रेन्डिङ

अनलाइनको नाममा शुल्क असुल्दै विद्यालय

काठमाडौंं । काठमाडौंस्थित सार्वजनिक शैक्षिक गुठीद्वारा सञ्चालित बूढानीलकण्ठ स्कुलले अनलाइन कक्षाको नाममा अभिभावकबाट शुल्क माग्दै आएको पाइएको छ । यद्यपि, सो विद्यालयलाई सरकारले वार्षिक...

कालिकोटमा अनेरास्ववियुद्वारा एक हजार मास्क वितरण

काठमाडौँ । अनेरास्ववियु कालिकोटले सदरमुकाम मान्म बजारमा एक हजार KN 95 मास्क वितरण गरेको छ । एक स्थानीय डाक्टरलाई कोरोना देखिँदा नागरिकलाई कोरोना संक्रमण...

बाघको आक्रमणबाट एक जना घाइते

बर्दिया । बाघले आक्रमण गर्दा बर्दियामा एक जना गम्भीर घाइते भएका छन् । गेरुवा गाँउपालिका-१ जनकनगरका ३५ बर्षीय चुलाराम थारु बाघको आक्रमणबाट घाईते भएका...

नौ जना कोरोना संक्रमित थपिए, २ सय ५८ लाई संक्रमण

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षण पछि नौ जना नयां संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता...

टोकियो ओलम्पिकका प्रतिनिधिलाई खोप

टोकियो । टोकियो ओलम्पिकमा सहभागी हुने जापानी प्रतिनिधिहरूलाई अर्काे हप्तादेखि कोरोनाविरुद्धको खोप लगाइने भएको जापान सरकारले जानकारी दिएको छ । जापानको ओलम्पिक कमिटीले बिहीबार गरेको...

खतिवडा पुनः अर्थमन्त्री नियुक्त, आज ४ बजे सपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विहान डा.युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका छन् । मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटर जानुअघि प्रधानमन्त्री ओलीले...

कोभिड–१९ र जलवायु परिवर्तन

जलवायु परिवर्तनको जोखिमबाट गुज्रिरहेको सिंगो मानवजातिलाई कोभिड–१९ ले आज एउटा असजिलो र अमिलो मन लिएर एउटा कोठामा लुकेर बस्नुपर्ने अवस्थामा पु-याइदिएको छ ।...

च्याम्पियन्स लिगको तालिका सार्वजनिक, समूह ‘जी’ ग्रुप अफ डेथ

लन्डन । युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता युएफा च्याम्पियन्स लिगको समुह चरणको खेल तालिका सार्वजनिक गरिएको छ । युरोपेली फुटबल महासंघ युएफाले हिजो निकालेको...

मानव विकास सूचकांकमा सुधार

काठमाडौं । नेपालको मानव विकास सूचकांकमा सामान्य सुधार देखिएको छ । राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को सहयोगमा आइतबार सार्वजनिक गरेको ‘मानव...

रोकिएन गोर्खा ब्रुअरीको ठगी धन्दा

काठमाडौं । बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले विद्यमान ऐनमा उल्लिखित गुणस्तरलाई बेवास्ता गर्दै बियर भनेर गुणस्तरहीन लोकल रक्सी उत्पादन गरी बिक्री गर्दै आएको पाइएपछि आन्तरिक...

भरतपुर अस्पतालमा मृत्यु भएकी युवतीको नतिजा नेगेटिभ

चितवन । भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी एक युवतीको नतिजा नेगेटिभ आएको छ । उपचारको क्रममा शुक्रबार मृत्युपछि बिहान सिन्धुली घर भएकी युवतीको...

पहिरोले पुरिएर पाँचको मृत्यु, चार बेपत्ता

पर्वत । कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ ।...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)