काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उनले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहलाई अझै पनि सम्हालिएर आउन आग्रह गरेका छन् ।
बिहीबार दिउँसो आफ्ना पक्षका केन्द्रीय कमिटी सदस्यको बालुवाटारमा भएको बैठकलाई सम्बोधन गर्दै ओलीले नसम्हालिए कार्वाही गर्न सकिने बताए । पाँच वर्ष अघि प्रचण्ड नेपालले आफ्नो सरकार गिराएको भन्दै उनीहरुले सरकारको पक्षमा कहिल्यै नबोलेको, राष्ट्रको पक्षमा नबोलेको आरोप लगाए । ‘सरकारले भूमिसहितको नक्सा जारी गर्दा भारतसंग सम्बन्ध बिगारेको आरोप लगाइयो,’ ओलीले भने,
प्रचण्ड नेपाल समूहको आजै बसेको केन्द्रीय कमिटी बैठकले प्रतिनिधि सभा विघटनविरूद्ध पुस १४ गते देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ । आन्दोलन परिचालन समितिको संयोजकमा समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ रहेका छन् । श्रेष्ठको विषयमा टिप्पणी गर्दै ओलीले भने ‘पर्दाभित्र बसेर अन्तरर्वार्ता दिनेले आन्दोलन गर्ने रे ।’






