साना लगानी, ठूला खुसीको आधार

सन्दर्भ १ : कोरोनाको त्रासमा लामो समय घरैमा बसेका बालबालिकाहरु अब विद्यालय जान थालेका छन् । तर, कोरोनाको त्रास मनबाट हटेको छैन । मनबाट मात्रै हैन, कोरोनाको संक्रमण कम भएको पनि छैन । दिनहुँ संक्रमित हुने क्रम जारी छ । सिड्डो शैक्षिक सत्र नै घरमा बसेर सकिने अवस्था आएपछि सिकाइ पक्रिया नियमित गर्न थालिएको छ । मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ७ स्थित बुद्धधर्म निम्न माध्यमिक विद्यालयमा पठनपाठन सुरु भएपछि ग्रामिण भेगका बालिबालिका विद्यालय आउन थालेका छन् । तर विद्यालय आउने दैनिकी समय अनुसार फेरिएको छ । अचेल सदाझैं विद्यार्थीहरु सरासर कक्ष कोठामा जाँदैनन्, आपसमा भेटिएपछि झ्याम्मिन र खेल्न पनि पाउँदैनन् ।

कलिलो मानलपटलमा भौतिक दुरीलाई ध्यान दिनुपर्ने बाध्याता छ, उनीहरुलाई आदत पनि पर्दै छ । व्यक्तिगत सरसफाइमा उनीहरु विस्तारै अभ्यस्त हुँदै छन् । विद्यालय परिसरमा पसेपछि सबैभन्दा पहिलो उनीहरु हात धुने स्थानमा पुग्छन् । हातले धारा खोलिरहनु पनि पर्दैन । यस्सो गोडाले थिच्यो धारा खोलिन्छ । धाराहरु बालमैत्री छन् । धारासँगै साबुन र ह्याण्ड वासिड्ड लिक्वुड राखिएको छ । पालैपालो हात धुन्छन् र कक्षा प्रवेश गर्छन् उनीहरु, कक्षामा भौतिक दुरी कामय गरेर बस्छन् ।
मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ५ को शारदा माध्यमिक विद्यालय, वडा न. २ हेमकर्ण आधारभुत विद्यालय, वडा नम्बर ४ को मनकामना आधारभुत विद्यालयका बालबालिकाहरुको पनि यसैगरी सुरु हुन्छ विद्यालय समय । जिल्लाको मनहरी गाउँपालिका स्थित युवा वर्ष गंगा निमावि, राष्ट्रिय रोटरी मावि र ब्रह्मकालि निमाविमा हाल धुने स्थानको व्यवस्था यसैगरी गरिएको छ ।

‘सामान्य सरसफाइको कुरा त पहिले पनि सिकाउने गरेका थियौ, कोरोनापछि हात धुनेलगायतको स्वास्थ्य सरसफाइको कुरो पहिलो प्राथमिकतामा पारेर सिकाउने गरेका छौं’ बद्धधर्म माविका प्रध्यानाध्यापक यादवप्रसाद अधिकारीले भने । शिक्षा सिक्ने थलोबाट नै सरसफाइको कुरालाई सबैभन्दा पहिलो प्राथमिकतामा राखेपछि विद्यार्थीमात्रै हैन घरघरका अभिभावकहरुलाई पनि सन्देश पु¥याउन सहज भएको छ ।

विद्यालय स्वास्थ्य सुरक्षा’bout उच्च सतकर्ता अपनाएका विद्यार्थीहरुले घरमा पनि आफ्ना साना साना भाई बहिनीहरुलाई यो सिप सिकाउने गरेको पाइएको छ । कोरोनापछि समस्याको समाधान खोज्दै निश्चित मापदण्ड अपनाएर खोलिएका स्कुलहरुमा स्वास्थ्य सुरक्षार्थ सहयोगि बनेको छ सिमित सामाजिक संस्था । विद्यालयमा स्वास्थ्य सुरक्षाको अभियानमा सघाउँदै मकवानपुरगढी र मनहरी गाउँपालिकामा राली इन्टरनेशलको आर्थिक सहयोगमा सामाजिक संस्था राडो नेपालले विद्यालयमा हात धुने स्थान राखिदिएपछि गाढी गाउँपालिकामा मात्रै १ हजार १ सय ६३ विद्यार्थी तथा ६२ जना शिक्षकहरु प्रत्यक्ष लाभान्वित भएका छन् । दुबै स्थानीय तहमा १ लाख १० हजारको दरले हात धुने स्थानको व्यवस्था गरिएको संस्थाका कार्यक्रम संयोजक विष्णु धितालले बताए । कार्यक्रमपछि बालबालि तथा गर्भवति र सुत्केरी आमाहरुको व्यस्थ्य व्यवहार, आहार व्यवहारमा परिवर्तन पाइएको धितालले बताए ।

सन्दर्भः २ : मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका –१ कि सृजना थिड्ड कोरोनाको कारण तनावमा थिइन् ।
कारण थियो आफ्नो स्वास्थ्य अवस्था । गर्भवति अवस्थाकी उनी नियमित स्वास्थ्य जाँचको लागि अस्पताल जान चाहन्थिन् तर डर थियो कोभिड संक्रमण हुने । सामान्य स्वास्थ्य जाँच ’bout जानकारी पाएकी उनलाई गर्भावस्थामा खानु पर्ने पौष्टिक आहारको ’boutमा जानकारी नभएको बाउँछिन् । उनीहरुलाई पौष्टिक आहार’bout जानकारी गराउँदै अण्डालगायतको पौष्टिक आहार सहयोग गरिएको छ । गर्भमा बच्चा रहेको २८ हप्तापछि कोरोनाको संक्रमणको जोखिम बढी हुनेभन्ने थाहा पाएकी उनलाई यसकुराले तनाव दिन्थ्यो ।

तर तनाव लिएरमात्रै हुन्न, आफ्नोतर्फबाट सुरक्षाको उपाय अपनाउनु पनि जरुरी छ । सुरक्षित हुनको लागि नियमित सरसरफाइसँगै खानपानमा ध्यान दिएको उनले बताइन् । रोजगार खोसिएपनि आफ्नो सिपको सदुपयोग गर्दै र भएको जग्गामा मेहनत गरेर स्वरोगार बन्दै स्वस्थ भएर बाँच्ने कोशिसमा लागेको उनले बताइन् । आफ्नो बगैचामा उत्पादन भएको तरकारी तथा फलफुलले आफ्नो स्वास्थ्य राम्रो हुन्छ भने, सिमित पैसाको लागि जागिर मात्रै किन भन्ने धारणाको विकास भएको उनले बताइन् ।

गर्भावस्थाकी सपना भम्जन (मकवानपुरगढी–१) ले पनि आफ्नो स्वास्थ्यवस्थालाई ख्याल गरेर अपनाउनु पर्ने सुरक्षित व्यवहार’bout जानकारी हासिल गरेकी छन् । तत्काललाई केही पौष्टिक आहार संस्थालहरुले दिए पनि हामीले यस्ता पोषण सधैं खानु पर्छ र यसको लागि आफैं उत्पादनमा लाग्नु पर्छ भनेर काम सुरु गरेको उनले बताइन् ।

कोभिड –१९ बाट प्रभावित भएर आय आर्जनमा परेको नकारात्मक असरले गर्भवती तथा सुत्केरी महिलाहरुमा पोषिलो खाना खाने सन्देश सहित गाउँपालिकाको विकट वडाहरु १ र ८ मा रहेका सबै सुत्केरी तथा गर्भवतिहरुलाई पोषण किट वितरण गरिएको राडो नेपालका कार्यवाह अध्यक्ष रामजी सापकोटाले बताए । यि दुई वडाका १ सय ३० घर परिवारलाई पोषण किट वितरण गरिएको फिल्ड अफिसर रोशन खनालले बताए ।

‘पहिलो धेरै कुराहरु थाहा थिएन, आफ्नो स्वास्थ्य संझेर,कोरोनाको कारणले पनि तनाव त हुन्थ्यो नै स्वास्थ्य सन्देश पाएपछि आफूलाई सहज बनाएँ’ उनले भनिन् । राडोले वितरण गरेको स्वास्थ्य सन्देशबाट आफूले बच्चालाई नियममित स्तनपान, आमा र शिशुको खोप,गर्भावास्थासँग जोडिएका भ्रम तथा झुटहरु, नियमित खानुपर्ने पौष्टिक आहार, देखापर्न सक्ने खतराको लक्ष्यणहरु जस्ता सन्देश समावेश भएको सामग्री राम्ररी अध्ययान गरेको उनले बताइन् ।

सन्दर्भः ३ : मकवानपुर गढी–३ का ६५ वर्षीय गुणनीधी दाहाल आधुनिक औजारको सहायताले फर्निचर व्यवसाय चलाइरहेका छन् । परम्परागत औजारको सहायताले फर्निचर निर्माण गर्दै आएका उनी अब आधुनिक हतियारको सहायताले सहज तरिकाले काम गर्न पाउँदा खुसि छन् ।स्वरोजगार बन्नको लागि बीउँपूजि स्वरुप उनलाई राडो नेपालमार्फत २५ हजार बराबरको आधुनिक सामग्री सहयोता प्राप्त भएपछि ढल्कदो उमेरमा काममा सहजता महसुस गर्ने भएका हुन् । “बुहारी (तुलसा) पनि मेरो काममा सघाउँछिन, उनैको नाममा यि औजार सहयोग प्राप्त भएको हो” उनले भने ।
स्वरोगार बन्नको लागि हौसला मिलेको छ गढी ३ कै युवा नवराज अर्याललाई । गाई फार्म सञ्चालन गर्दै आएका उनले भिरालो जग्गामा तरकारी खेति गर्ने मनासाय बनाए । तर पानीको समस्या देखियो । ३ सय मिटर तल खोल्साको पानी माथि तानेर जम्मा गर्दै भिरालो जग्गा रसिलो बनाएर तरकारी फलाउने उनको रहरलाई पनि राडो नेपालले सहजिकरण गरिदिएको छ ।

उनैको आवश्यकता अनुसार पाइप र पानी तान्ने मिसेन खरिदको लागि २५ हजार बराबरको सामग्री किन्न सहयोग गरेपछि उनी अहिले गाई पालनसँगै तरकारी खेतिमा लागि परेका छन् । उनले १६ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेका छन् । संस्थाले बाख्रा पाल्न चाहनेलाई बाख्राको लागि बिउँपुँजी सहयोग गरेको छ । लक्ष्यित वर्गका युवाहरुलाई उनीहरुकै रोजाइको व्यवसाय सञ्चालनको लागि बिउँपुँजी उपलब्ध गराएको हो ।

साना लगानीमा स्वरोजगार बन्न चाहना राख्नेहरुलाई उनीहरुले गर्दै आएको व्यवसायमा सम्बन्धित गाउँपालिकाको सिफरीसमा लक्ष्यित वर्गका युवाहरुलाई बिउ पुँजिको रुपमा जनही २५ हजार बराबरको सामग्री खरिदमा सघाएको थियो । यो कार्यक्रम अन्तरगत ६० घरपरिवारले लाभ लिएको गाउँपालिकाले जनाएको छ ।

सन्दर्भ ४ : कोरोनाको कारण मानसिक समस्या एक्कसी बढ्यो । व्यापार व्यवसाय, बन्द भए, दैनिक ज्यालादारीमा गुजारा चाल्नेहरुले काम पाएनन्, निजी क्षेत्रमा काम गर्नेहरुको नोकरी नै गुम्यो यस्ता कारण नियमित आम्दानी टुटेपछि परिवार चलाउन समस्या सिर्जना भयो ।यस्ता समस्याले तनावग्रस्त भएपछि आत्महत्यासम्मको घटना भए । मानसिक समस्यापछि देखापार्ने लक्ष्यण, समाधानको उपाय, परिवारको सदस्य तथा आपसको व्यक्तिहरुले गर्ने व्यवहार तथा भूमिकाको ’boutमा जानकारीको आवश्यकता बढ्दो छ । कोभिडको समयमा बालबालिका लगायत सबै वर्गका व्यक्तिलाई मानसिक समस्या कुनै न कुनै रुपमा देखिएको छ ।

कोभिडपछि वैकल्पिक सकाईको क्रममा अनलाई शिक्षालाई लिँदा अनलाईबाट बालिबालिकाहरु झनै असुरक्षित भएको गुनासाहरु एकातिर छन् भने सिकाइलाई निरन्तरता गर्नुपर्ने जिम्मेवारी एकातिर छ । बालबालिका अनलाईनमा सुरक्षित राख्न नसक्दा पनि उनीहरुमा मानसिक समस्या आइपरेको छ । यि विषयका ’boutमा पनि सुरक्षाको सन्देश ब्रुसरमार्फत गाउँगाउँ पु-याएको छ । कोरोनाको कारण सर्वत्र समस्या देखियो । समस्या सिर्जना भएपछि समस्यादेखि लकुेर मात्रै पनि समाधान भेटिदैन ।

सामुदायिक स्वास्थ्य र सरसफाइको क्षेत्रमा काम गर्दै आएको यो संस्थाले विद्यालयसँगै सामुदायिक स्वास्थ्यमा पनि स्वास्थ्य सन्देश पु-याएको छ । सामाजिक सञ्जालबाट पनि यस्ता सन्देशहरु प्रचार गर्ने गरिएको छ । राडोले सञ्चालन गरेको अनलाईन सामाजिक सञ्जालको अभियानमा हालसम्म १० हजारभन्दा बढी युवाले लाभ लिएका छन् ।

स्थानीय सरकारले स्थानीय तहमै रहेर स्वरोजगार बन्न चाहने युवाहरुलाई आफ्नै गाउँठाउँमा टिकाउनको लागि स्वरोजगारमूलक कार्यक्रमहरु ल्याएपछि गाउँमा निजी फर्महरु खोल्ने क्रम बढेको छ । स्थानीय तहहरुसँगको समन्वय तथा सहकार्यमा सामाजिक संघसंस्थाहरुले होस्टेमा हैंसे गर्दा युवा शक्ति विदेश पलायन हुनबाट रोक्ने, स्वस्थ तथा तन्दुरुस्त नयाँ पिढीको लागि गरिएका यि सानासाना उदाहरणहरु मात्रै हुन् । जसमा १ सय ११ जना विद्यालर्थीहरुले कोभिडको समयमा विभिन्न माध्यमबाट पाँच विषयमा अनुसन्धान गरेका थिए ।

कोभिडको कारण बढेको लैड्डिक हिंसा, कृषि उद्यममा परेको प्रभाव, स्वास्थ्य क्षेत्रमा परेको प्रभाव, मानसिक क्षेत्रमा परेको प्रभाव दैनिक ज्यालादारी र कोभिडको समयमा अग्रभागमा बसेर काम गर्नेहरुमा परेको प्रभावका ’boutमा अध्ययन गरिएको थियो । उक्त अध्ययनपछि संस्थाले केही साना साना प्रयासबाट ठुला खुसिका आधारहरु जगाउने प्रयास गरेको थियो ।
देशको राजनैतिक अवस्था जे जस्तो भएपनि तल्लो तहमा सबेर दैनिक गुजारा चलाउने वर्गहरुको लागि साना साना लगानीबाट ठुला ठुला खुसिको आधारहरु तय गर्न सबैले हातेमालो गर्नु जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 345 times, 1 visits today)

epaper

ताजा समाचार

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र