संवैधानिक इजलासप्रति वकिलहरुको आपत्ति

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटहरूको सुनुवाइ गर्न सर्वोच्च अदालतले गठन गरेको संवैधानिक इजलासको विषयमा वकिलहरूले आपत्ती जनाएका छन् ।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले इजलास गठनमा प्रश्न उठाउदै इजलास गठन नमिलेको बताए । त्रिपाठीले प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले इजलासलाई लिएर शंका नगर्न आग्रह गरेका छन् ।

अहिले ती रिटहरूमा सुनुवाइ भइरहेको छ । रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश राणाले आफूसहित पाँच जनाको इजलास बनाएका छन् ।

इजलासमा राणासहित न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वकप फुटबलः फ्रान्स र नर्वे अन्तिम १६ मा