Friday, June 18, 2021
Home Exclusive दिल्ली हिंसामा मारिनेको संख्या २२ पुग्यो

दिल्ली हिंसामा मारिनेको संख्या २२ पुग्यो

,



नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन विधेयकविरुद्ध सुरु भएको प्रदर्शनपछि हिंसात्मक समुहहरुले मुस्लिमहरूको घर र पसलहरूमा आक्रमण गरेका छन् । दिल्लीमा लगातार तेस्रो रात हिंसा भड्किदा मृत्यु हुनेको संख्या २१ पुगेको छ । राजधानी दिल्लीमा दशकौंपछि घातक हिंसाका घटना भएका हुन् ।

सरकारले ल्याएको नारिकतासँग सम्बन्धित नयाँ विवादास्पद कानुनको समर्थन र विरोध गर्नेहरूबीच गत आइतबार भिडन्त भएको थियो । त्यसयता हिंसाले साम्प्रदायिक स्वरूप लिएको देखिएको छ । मानिसहरूलाई उनीहरुको धार्मिक आस्थाका आधारमा निशाना बनाइएको भन्ने विवरणहरू आएका छन् ।

सामाजिक सञ्जालमा प्रस्तुत भइरहेका फोटो, भिडिओ र अन्य विवरणहरूले दिल्लीले बेहोरिरहेको चरम अवस्थाको चित्रण गरेका छन् । जथाभावी आगजनी, काठ र फलामको लौरो तथा ढुंगा बोकेका मानिसहरूको समूह सडकहरूमा ओहोरदोहोर गरिरहेका र हिन्दू तथा मुस्लिम समुदायका मानिसहरू मुठभेडको अवस्थामा रहेका विवरण बाहिर आएका छन् ।

मारिनेहरूमा हिन्दू र मुस्लिम दुवै समुदायका मानिसहरू छन् । सो हिंसाका क्रममा १ सय ८९ जना घाइते रहेका दिल्लीस्थित गुरु तेगबहादुर अस्पतालका अधिकारीहरूले जानकारी दिएका छन् । सो अस्पतालमा सबैभन्दा बढी घाइतेहरु उपचाररत छन् । विरलै हुने एक घटनामा दिल्लीस्थित उच्च अदालतले मध्यरातमा सुनुवाइ गर्दै हिंसामा घाइते भएकाहरूलाई सुरक्षित रूपमा नजिकका अस्पतालहरू पु¥याउने वातावरण बनाउन सरकार र प्रहरीलाई निर्देशन दिएको छ ।

गुरु तेगबहादुर अस्पतालका प्रबन्ध निर्देशक सुनीलकुमार गौतमलाई उद्धृत गर्दै एएनआइ समाचार एजेन्सीले जनाएअनुसार अस्पतालमा उपचारका लागि ल्याइएकाहरू मध्ये केहीलाई गोली लागेको, केहीको टाउकोमा चोट लागेको र केहीको शरिरमा चक्कुको घाउ रहेको छ । कतिपय हिंसाबाट भाग्ने क्रममा लडेर चोट लागेको हुनसक्ने बताइएको छ ।
तीन दिनदेखि राजधानी दिल्लीको उत्तरपूर्वी क्षेत्रमा हिंसा जारी रहेको अवस्थामा भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले मंगलबारराति जफ्रावाद, सीलमपुरलगायत केही हिंसाग्रस्त इलाकाको भ्रमण गरेरस्थानीय समुदायका नेताहरूसँग कुराकानी गरेका थिए ।

त्यहाँको जानकारी उनले प्रधानमन्त्री नरेन्द्र मोदी र मन्त्रिमण्डललाई गराउने बताइएको छ । उनले देशको राजधानीमा कानुनहीनताको अवस्था जारी रहन दिन नसकिने र प्रहरी तथा प्यारामिलिटरी सैन्य पर्याप्त संख्यामा परिचालन गरिएको बताएको समाचार संस्थाहरुले जनाएका छन् ।

मंगलवार नै दिल्लीका मुख्यमन्त्री अरविंद केजरिवालले हिंसात्मक घटनामा घाइतेहरू उपचाररत अस्पतालहरूको भ्रमण गरेका थिए । त्यसपछि उनले ट्वीटरमा लेखेको सन्देशमा जारी हिंसालाई ‘पागलपन’ भन्दै यो तत्काल अन्त्य हुनुपर्ने बताएका छन् । भारतका गृहमन्त्री अमित शाहले जारी हिंसाका सम्बन्धमा दिल्लीका लेफ्टिनेन्ट गभर्नर, मुख्यमन्त्री र अन्य वरिष्ठ अधिकारीहरू तथा राजनीतिक दलका नेताहरूसँग भेट गरेका थिए ।

उनले दिल्ली प्रहरीलाई सम्बोधन गर्दै स्थानीय शान्ति समितिहरूसँग मिलेर जनतासँग सम्वाद प्रकृया सुरु गर्न र विश्वासको वातावरण बनाउन निर्देशन दिएका छन् । मोदी सरकारले सन् २०१९ को डिसेम्बर ११ मा विवादास्पद नयाँ नागरिकता कानुन राज्यसभाबाट पारित गराएसँगै यसको पक्ष र विपक्षमा भारतीय जनमत बाँडिएको छ । नयाँ नागरिकता कानुनले खासगरी भारतीय मुस्लिम समुदायलाई चिढ्याएको छ ।

नयाँ कानुनअनुसार धार्मिक आस्थाका आधारमा बंगलादेश, अफगानिस्तान र पाकिस्तानमा पीडित भइरहेका हिन्दु, सिख, बौद्धमार्गी, जैन, पारसी र इसाई सम्प्रदायका व्यक्तिलाई भारतमा नागरिकता दिइने व्यवस्था गरिएको छ । तिनै देशमा पीडित भइरहेका कतिपय अल्पसंख्यक मुस्लिमलाई भने यस्तो सुविधा नदिइएको भारतीय मुस्लिम समुदायको गुनासो छ ।



(Visited 289 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ

  पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् । नवनियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासका...

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

  घाेराही ।  घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६...

पाँच मिनेटको फिल्मले २ लाख ५० हजार पुरस्कार पाउने

  काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले बृहत सहभागिताको अपेक्षासहित ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता एनवाईएफ सर्ट...

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

साताका लोकप्रिय समाचार

किन गिजोलियो सविता भण्डारी ‘हत्या’ प्रकरण

  काठमाडौं । दुई साताअघि मृत भेटिएकी सविता भण्डारीको हत्या भएको भन्दै माइती पक्षले प्रहरीमा किटानी जाहेरी दिए । २८ वर्षिया सविताको मृत्यु सम्बन्धी मुद्दा...

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने दाबी गरेका छन् । सर्वाेच्चको आदेशपछि अदालतमा लिखित जवाफ दिएका प्रधानमन्त्री ओलीले अदालतले...

नेपाल एसियन कपको तेस्रो चरणमा, प्ले अफ खेल्नु नपर्ने

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)ले एसियन कपका लागि छनोट प्रक्रियामा परिमार्जन गरेसँगै नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्दा अब प्ले...

आत्मालोचना गर्न प्रदेश सांसद वैद्यलाई कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले बाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको भन्दै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न...

कोरोना संक्रमण दर घटेकै हो त ?

काठमाडौं । पछिल्लो एक साताको संक्रमण दरलाई आधार मान्दा अहिले दैनिक ३ हजार ३ सय ७४ जनामा संक्रमण देखिएको छ । गत बिहीबारदेखि बुधबारसम्म...

ट्रेन्डिङ

बेलायतमा फेरि लकडाउन घोषणा

लण्डन । बेलायतले दोस्रो पटक बन्दीबन्दीको घोषणा गरेको छ । शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार...

विद्युत् डिमान्ड शुल्क छुट आजबाट कार्यान्वयनमा आउने

काठमाडौं । कोरोना भाइरस (कोभिड–(१९) का कारण प्रभावित उत्पादनमूलक उद्योगको लकडाउन अवधिभरको विद्युत् डिमान्ड शुल्क छुट सोमबार ( आज)देखि कार्यान्वयनमा आउने भएको छ ।...

खेतमा जमेको पानीमा डुबेर सर्लाहीमा एक वृद्धको मृत्यु

सर्लाही । सर्लाहीमा खेतमा जमेको पानीमा डुबेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा मलगंवा नगरपालिका वडा नं. ६ सुखैनिया टोल बस्ने ५०...

प्रदेश १ का प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण

मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश प्रमुख अधिकारीलाई शुक्रबार राति सङ्क्रमण देखिएको उनको...

१ सय २० अधिकृत अलपत्र: पत्र लिएर महिनौं भौतारिए

काठमाडौं । स्थानीय तहका लागि लोकसेवा आयोगद्वारा नियुक्त गरिएका १ सय २० जना अधिकृत अझै अलपत्र परेका छन् । लोकसेवा आयोगले नियुक्त गर्नुअगावै संघीय...

डुंगा र अटोरिक्साबाट तस्करी : लाखौंको सामान बरामद, दुई जना पक्राउ

सप्तरी । कुनै बेला सप्तकोशी नदीमा डुंगाको प्रयोग माछा मार्ने र बाढीले बगाएर ल्याउने रुख र काठ संकलन गर्ने कार्यमा प्रयोग हुँदै आएको थियो...

खानेपानी प्रमुखसहित ६ विरुद्ध दुई करोड भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नवलपरासीका प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । साबिक नवलपरासी कार्यालय प्रमुख...

ओ भविन ! गाई बाँधिराख है, म आउँछु, गोठालो जान पर्छ

  ट्वीटरमा नारायण अमृतले लेखे । ओहो संखुवासभाः चैनपुर नगरपालिका–११ सातटारेमा गाई चराइँदै । ग्रामीण समाजमा पशुपालन अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । कृषिबाली उत्पादनका लागि पनि...

सर्त खुकुलो पार

विदेशी भूमिमा रहेका नेपाली स्वदेशमा चार्टर उडानबाट भिœयाइरहेका बेला अन्तर्राष्ट्रिय उडानलाई नियमित बनाउन माग भएपछि सरकारले यसबारे सर्तैसर्त अघि सारेर उडान खुला गरिने सार्वजनिक...

प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहान ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । नयाँ वर्ष २०७८ सालको अवसरमा प्रधानमन्त्री ओलीले...

रहेनन् गायक एसपी बाला सुब्रमण्यम

मुम्बई । बलिउडका एक समयका चर्चित गायक एसपी बालासुब्रमण्यमको ७४ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । केही दिनदेखि अस्पतालमा उपचार गराइरहेका उनको उपचारकै...

निर्वाचन तयारीमा आयोग, ८ अर्ब खर्च अनुमान

काठमाडौं । निर्वाचन आयोगले १७ र २७ बैशाखमा गरी दुर्ई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)