थप ६५९ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६५९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ५८ हजार ८४० पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७१८ कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ५० हजार ५८१ पुगेको छ । गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ७ जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ८३२ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरीमा लागूऔषध बरामद र भ्रामक भिडियो प्रकरणमा खास भएको के हो ?