सम्पादकीय : जलवायु अनुकूलतामा स्थानीय सचेतता

जलवायु परिवर्तनको असर जनस्तरमै व्यापक रूपमा परिरहेको अनुभूत हुन पुगेपछि स्थानीय स्तरबाटै यसको ’boutमा आवाज उठ्न थालेको छ । भर्खरै मात्र सिन्धुपाल्चोक जिल्लामा जलवायु सम्बन्धमा गठित जिल्ला समन्वय समिति महासंघले प्रथम राष्ट्रिय जलवायु सम्मेलन सम्पन्न गरेसँगै जलवायु अनुकुलको वातावरण निर्माणका लागि गाउँगाउँमा आवाज पुगेको आभास हुन गएको हो । यो सम्मेलनमा जलवायु विज्ञहरूले कार्यपत्र पेस गरी जलवायु अनुकूलनको योजना बनाउन माग गरेपछि अब स्थानीय स्तरबाटै यसको पहल र प्रतिबद्धता जाहेर हुन पुगेको छ । सिन्धुपाल्चोकको गुफाडाँडामा आयोजित सम्मेलनमा स्थानीय जनताको जागरुकता र सहभागितालाई लिएर निकै आशा व्यक्त गर्न थालिएको छ । जिल्ला समन्वय समितिले हरेक वर्षको जनवरी १ लाई जलवायु दिवस मनाउने निर्णय गरेपछि जलवायुसम्बन्धी कार्यक्रम तथा सम्मेलनहरू सम्पन्न गर्ने क्रम बढेर गएको छ । जनताका समस्या र पीरमर्का सम्बोधनका लागि भनेर स्थानीय सरकार निर्माण गरिएसँगै स्थानीय तहबाटै समस्याहरूको समाधानका लागि पहल हुन थालेका छन् । जलवायु अनुकूलनको वातावरण निर्माणमा स्थानीय जनताको यति ठूलो उत्साह र सहभागिता आफंैमा निकै महŒवपूर्ण रहेको छ ।

गत वर्षदेखि जनवरी १ मा जलवायु सम्मेलन गर्दै आउँदा सबैको जोड जलवायु अनुकूलन नीति निर्माण र त्यसको इमानदारिताका साथ कार्यान्वयनमा रहेको छ । सम्मेलनमा स्थानीय तहबाटै जलवायु परिवर्तनको ढर्रालाई रोक्न स्थानीय जनता नै उठिबस्नुपर्ने कुरामा जोड दिइनाले यसले आशा र हातेमालोको अभियानलाई अघि बढाउने देखिन्छ । स्थानीय जनताले हिमालमा हिउँ देखिन छाडेको, रुख बिरुवा पहिलेका जस्ता नभएको, वातवरणमा व्यापक प्रभाव परिरहेको, दैवी विपत्तिका घटना बढिरहेको र झरना तथा मूलहरू सुक्दै गइरहेका प्रति चिन्ता व्यक्त गर्दै के गर्दा वातावरण अनुकूलन आउन सक्छ, सोको लागि अब स्थानीय स्तरबाटै सबै सर्वसाधारणहरू जागरूप भई वातावरण बिग्रन नदिनेतर्फ विशेष चासो र सर्तकता देखाउनुपर्ने आवश्यकता औंल्याउन थालेका छन् ।

विश्वमा जलवायु परिवर्तनका ’boutमा ठूलाठूला प्रोजेक्ट बन्ने र ठूलाठूला तारे होटेलमा सम्मेलनहरू सम्पन्न हुने तर जलवायु परिवर्तनले सबैभन्दा बढी असर पारिरहेका ठाउँमा कोही पनि नपुग्ने कुरामा स्थानीयले चिन्ता प्रकट गर्न थालेका छन् । लक्षित ठाउँसम्म कार्यक्रम पुग्नुपर्ने मागसमेत हुँदै आएको छ । नेपाल विश्वमा सबैभन्दा पछि बनेको कान्छो भूबनोट हो । हिमालय शृंखला विश्वमा सबैभन्दा कान्छो हिमाली शृंखला हो । यसको निर्माण भारतीय युरेसियन प्लेट र तिब्बतीयन प्लेट भौगर्भिक हलचलका कारण एकआपसमा जुध्न पुग्दा जुटेथिस सागरमाथि उठेर भएको हो । विश्वका सबैभन्दा अग्ला चुचुरा हिमालय पर्वत शृंखलामै छन् ।

तर, अहिले आएर वातावरण बिग्रदै जादा सबैभन्दा बढी प्रभावित हुने क्षेत्रमा यो परिरहेको छ । विश्व जलवायु परिवर्तनका कारण अन्टार्कटिकामा हिउँ पग्लने क्रमसँगै नेपालको हिमालय पर्वत शृंखलामा पनि हिउँको मात्रा घट्दै र कम हुँदै गइरहेको छ । यसले सबैलाई चिन्तित बनाएको छ । हिमालयको हिउँ नेपालका लागि मात्र नभएर सिंगो भारतीय उपमाद्वीपका लागि समेत जलस्रोतको अथाह प्राकृतिक भण्डार हो । यसको संरक्षण भनेको सिंगो दक्षिण एसियाली क्षेत्रको क्षेत्रीय संरक्षण हो । यो क्षेत्रमा रहेका मानवलगायतका सबै जीव र वनस्पतिको प्राणको रक्षा पनि हो । त्यसैले, जलवायु अनुकूल वातावरण निर्माणमा हामी सबै स्थानीय जनता सचेत, प्रतिबद्ध र सक्रिय सहभागी रहनैपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)

epaper

ताजा समाचार

बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्छन् : विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ