प्रचण्ड-नेपाल समूहको जुलुशमा ओली समर्थकको हस्तक्षेप प्रयास

धनकुटा । धनकुटामा शनिवार साँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले निकालेको मशाल जुलुशमा केपी ओली समर्थक समूहले हस्तक्षेप प्रयास गरेको छ । संसद् विघटनको विरोधमा अनेरास्ववियूको प्रचण्ड–नेपाल पक्षको अगुवाईमा धनकुटा बजारमा निकालिएको मशाल जुलुशमा ओली समर्थक युवाहरु प्रवेश गरेर जुुलुश बिथोल्ने प्रयास गरेका हुन् ।

संसद् विघटनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारावाजी गर्दै भीमनारायण चौकवाट जुलुश निश्किएको थियो । मदनचौकतर्फ आउँदै गरेको जुलुशलाई ओली समर्थक युवाहरुले हुलाकटोलस्थित जिल्ला अस्पताल अगाडि रोक्ने प्रयास गरेका हुन् । युवा संघका सचिवालय सदस्य सन्देश आठपहरियाको अगुवाईमा ओली समर्थक युवाहरु जुलुशमा प्रवेश गरेर ‘केपी ओली जिन्दावाद’ को नारा लगाएका थिए ।

प्रचण्ड–नेपाल समूहले केपी ओली मुर्दावाद र ओली समर्थकले जिन्दावादको दोहोरो नारा लगाउँदै जुलुश मदनचौक आईपुगेको थियो । मदनचौकमा पनि दुवै पक्षले दोहोरो नारावाजी गरे । प्रचण्ड–नेपाल समूहले ओलीविरुद्ध नारावाजी गरिरहदा ओली समर्थकले भने ‘केपी ओली जिन्दावाद’ को नारा लगाएका थिए ।

जुलुशमा दुई पक्षवीच बेग्ला बेग्लै नारावाजी भएपछि सुरक्षा सतर्कता बढाएर नियन्त्रण गरिएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारी बताउँछन् । ‘भीमनारायण चौकबाट ४०/५० जनाको समूहले जुलुश निकालेको थियो । अस्पताल अगाडी अर्को पक्षले रोक्ने प्रयास गरे ।’ एसपी अधिकारीले भने–‘पक्ष विपक्षवीच दोहोरो नारावाजी हुँन थालेपछि प्रहरीले समन्वय गरेर अप्रिय घटना हुँनबाट जोगायो ।’

घटनापछि ओली समर्थक युवा संघका सचिवालय सदस्य सन्देश आठपहरियाले प्रचण्ड–नेपाल समूहको जुलुशलाई हस्तक्षेप गरेर ओलीको पक्षमा नारा लगाईएको दावी गरेका छन् । यता, प्रचण्ड–नेपाल पक्षिय अनेरास्ववियूका नेता सुदेश पराजुलीले नशामा लठ्ठीएका सत्ता पक्षका २/४ जनाले छेक्न प्रयास गरेपनि भव्य रुपमा मसाल जुलुश र विरोधसभा सम्पन्न गरिएको प्रतिक्रिया दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 387 times, 1 visits today)

epaper

ताजा समाचार

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रनेलाई ३० हजार अमेरिकी डलर इनाम दिने घोषणा