काठमाडौं । म्युजिक भिडियोबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी तुलसा कटुवाल लामो अन्तरालमा पुनः कलाकारिता क्षेत्रमा फर्किएकी छिन । पाँच दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी कटुवाल तीन बर्षपछि पुनः कलाकारिता क्षेत्रमा फर्किएका हुन ।
गायिका देशु सुहाङ्गको तीज गीतबाट कलाकारिता क्षेत्रमा प्रबेश गरेकी कटुवाल पछिल्लो समय चेतन सापकोटाको शब्द, आनन्द कार्कीको आवाज रहेको आधुनिक गीत ‘जीन्दगी अझै जिउने शीर्ष बोलको गीतबाट पुनः कलाकारिता क्षेत्रमा फर्किएकी हुन् । उक्त गीतमा संगीत भने शक्ति बल्लबले भरेका हुन ।
गत पुस १७ गते काठमाडौंको बिभिन्न स्थानमा छाँयाङ्कन गरिएको आधुनिक गीत ‘जिन्दगी अझै जिउने आश लाग्ने गर्दा जबजब तिमी मलाई खास लाग्ने गर्छ’ गीतको भिडियोबाट पुनः मोडलिङ क्षेत्रमा आएकी हुन ।

बिगत तीन बर्षदेखि आफ्नो पारिवारिक कारणले कलाकारिता क्षेत्रबाट टाढा रहेकी मोडल तथा कलाकार कटुवाल चर्चित गायक आनन्द कार्कीको आवाजमा रहेको गीतबाट पुनः कलाकारिता क्षेत्रमा आएकी हुन । मोडल कटुवालले लामो समयको संघर्षपछि यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन् ।
संखुवासभाको चैनपुरमा जन्मिएकी तुलसाले करिव पाँच दर्जन भन्दा बढी म्युजिक भिडियोमा र दमन रुपाखेतीको हास्य टेलिसिरियल हाक्का हाक्की पक्का पक्कीमा आफ्नो अभिनयकला देखाइसकेकी छिन् । विशेष गरी कलाक्षेत्रमा विभिन्न विधाहरुमा आफूलाई ढाल्नु पर्छ भन्ने मान्यता राख्ने कटुवालले सोचाई जस्तै विभिन्न खालका लोक, आधुनिक र पप गीतका म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी छन् ।
भर्खरै छायांकन सकिएको गीतको म्युजिक भिडियो भने केही समयपछि रिलिज गर्ने तयारीमा रहेको उक्त गीतका कलाकारसमेत रहेका निर्देशक देवराज आचार्यले जनाएका छन् । हाल भिडियो सुटिङ सकिएको र भिडियोको ईडिटिङको काम भइरहेकाले केही समय लाने बताएका हुन् ।
गीतको छायाङ्कन उद्धब ओलीले गरेका हुन भने गीतको भिडियो देब मिडिया नेपालको अफिसियल युबट्युब च्यानलबाट सार्बजनिक गर्ने तयारीमा रहेको समेत निर्देशक आचार्यले जनाएका छन् ।





