काठमाडौं । हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’बाट पाँडे भनेर चिनिएका कलाकार अर्जुन घिमिरे अहिले ‘सक्किगो नि’मा ब्यस्त छन् ।
२०७६ सालमा ‘भद्रगोल’ छोडेर ‘सक्किगो नि’ मा काम सुरु गरेका थिए । उनले अभिनय एवं निर्देशन गरेका टेलिशृङ्खला गाउले परिबेशमा केन्द्रित थियो । पछिल्लो समय ‘सक्किगो नि’मा शाहरिया परिवेश देखिन थालेपछि केही दर्शकले गाउँले परिवेश छाडेर शहरको कथावस्तुमा निर्माण टिम हराउन थालेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।
पाँडे भन्छन् ‘हामीले इरादा बदलिए पनि इलाका बदलेका छैनौ । दर्शकले सक्किगोनीको बिषयलाई लिएर कुनै पनि खालको चिन्ता व्यक्त गर्नुपर्दैन । हामी दर्शकलाई निराश हुन दिदैनौं ।’ कहिलेकाही कथाको माग अनुसार लोकेशन र परिवेश परिवर्तन आवश्यक भएको उनको भनाई छ । सन्तोस पन्तको ‘हिजोआजका कुरा’बाट आफ्नो अभिनय यात्रा सुरु गरेका पाँडे अहिले अभिनयको अतिरिक्त निर्देशनमा समेत व्यस्त छन् ।






