सप्तरी, राजविराज । लागु औषध मुद्दामा दुई वर्षपछि पक्राउ परेका उदयपुरको गढीमाई गाउँपालिका ७ बस्ने पूर्ण बहादुर थापालाई अदालतले जेल चलान गरेको छ ।
मंगलबार पक्राउ परेका ३२ वर्षिय थापालाई सप्तरी जिल्ला अदालतको आदेशमा पूर्पक्षका लागि जेल चलान गरिएको हो ।
२०७५ फागुन २३ गते प्रतिबन्धित लागु औषध गाजासहित पक्राउ परेका उनीमाथी लागु औषध नियन्त्रण ऐन अन्तरगत मुद्दा चलाइएको थियो । अनुसन्धानकै क्रममा फरार रहेका उनलाई खोजतलास गर्दै जाँदा प्रहरीले पक्राउ गरि अदालतसमक्ष उपस्थित गराएको र अदालतको आदेशले पूर्पक्षका लागि कारागार पठाइएको डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् ।
सप्तरी प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका र फैसला नहुँदै फरार रहेका प्रतिवादीहरु पक्राउ गर्न अभियान नै चलाएको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले बताए । प्रहरीले फरार प्रतिवादी पक्रने अभियान चलाएयता डेढ सय भन्दा बढी अभियुक्त पक्राउ गरिसकेको जनाएको छ ।






